china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्वारा राष्ट्रिय दिवसका लागि भव्य सत्कार समारोह आयोजना
    (GMT+08:00) 2009-09-30 20:49:37    

              चीनको राज्य परिषद्ले आज बेलुका पैचिङको बृहत जन सभा भवनमा भव्य सत्कार समारोहको आयोजना गरेको छ। चिनियाँ कमन्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष हु चिन थाउ, चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष उ बाङ को, राज्य परिषद्का प्रधानमन्त्री वन च्या पाउ, चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष च्या छिङ लिनलगायत् नेताहरु तथा चार हजार जना भन्दा बढी चिनियाँ तथा विदेशी व्यक्तित्वहरू सो सत्कार समारोहमा संलग्न हुनुभएको छ।

              जन गणतन्त्र चीनको राष्ट्रिय गानसँगै सो सत्कार समारोह शुरु भएको थियो। चीनका प्रधानमन्त्री वन च्या पाउले यस सत्कार समारोहमा उत्साहजनक सम्बोधन गर्नुभयो। उहाँले सर्वप्रथम चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति तथा चीनको राज्य परिषदको तर्फबाट समस्त मुलुकका विभिन्न जातिका व्यक्तिहरु, हङकङबासी तथा मकाउबासीहरु, विदेशमा बसोबास गर्ने चिनियाँ मूलका विदेशीहरु तथा प्रवासी चिनियाँहरुलाई हार्दिक अभिवादन गर्नुभयो।

             सन् 1949को अक्टोबर एक तारिख जन-गणतन्त्र चीनको स्थापना भयो। साठी वर्षदेखि चीनको आर्थिक तथा सामाजिक निर्माणमा विश्वलाई आकर्षक उपलव्धि हासिल भएको छ। यस्तो छोटो अवधिमा नै कसरी ठूलो उपलव्धि हासिल भयो त भन्ने कुराबारे चर्चा गर्दा प्रधानमन्त्री वन च्या पाउले जवाफ दिनुभयो,

             माउ च तुङ विचारधारा, तङ श्याउ फिङ सिद्धान्त तथा "तीनवटा प्रतिनिधित्व" विचारको निर्देशनमा चिनियाँ जनताले सोच-विचारलाई मुक्ति गरी वास्तविकताबमोजिम काम गरेर चीनको परिस्थितिसँग अनुकूल रहेको समाजवादी आधुनिकीकरणको बाटो फेला पारेको छ।

             उहाँले महान चिनियाँ जनता, महान चिनियाँ कमन्युनिष्ट पार्टी, जीवन्त शक्ति भरिएका चिनियाँ विशेषतायुक्त समाजवादले बितेका साठी वर्षमा उत्कृष्ट उपलव्धि हासिल गरेको कुरा बताउनुभयो।

             श्री वन च्या पाउले हामीले समग्र आर्थिक नीतिको निरन्तरता तथा स्थिरतालाई कायम राख्नुपर्ने, अर्थतन्त्रको स्थिर तथा तीब्र विकास गर्नुपर्ने, विश्व अर्थतन्त्रको दिगो प्रबर्द्धनका लागि योगदान पुर्‍याउनुपर्ने कुरा पनि बताउनुभयो।

             भविष्यबारे उन्मुख हुँदै प्रधानमन्त्री वन च्या पाउले हाम्रो भावी मार्ग लामो हुने तथा धेरै कठिनाइ हुनेछ भन्दै हामीले स्पष्ट विचार, आत्म-विश्वास तथा दृढता कायम राखी चीनलाई अघि बढाउने कुरा व्यक्त गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040