china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नयाँ चीनको स्थापनाको साठीऔँ वार्षिकोत्सव समारोहद्वारा चीनको सफलता प्रमाणित्
    (GMT+08:00) 2009-10-01 18:45:42    

               चिनियाँहरुका लागि अक्टोबर एक तारिख एउटा असाधारण दिन हो।

               सन् 1949को अक्टोबर एक तारिख चीनका स्वर्गीय नेता माउ च तुङले पैचिङ शहरको केन्द्रमा रहेको थेन आन मन चोकमा विश्वलाई जन-गणतन्त्र चीनको स्थापना भएको घोषणा गर्नुभयो। साठी वर्षपछिको सोही दिन पैचिङको थेन आनमा चोकमा चीनले भव्य सैनिक परेड तथा सर्वसाधारणको प्रदर्शनी आयोजना गरी यो महान दिवस मनाएको छ।

                पैचिङ समयअनुसार अक्टोबर एक तारिख विहान दशबजे जनगणतन्त्र चीन स्थापना भएको साठीऔँ वर्षको अर्थ रहेको उत्सब मनाउँदा आएको साठीवटा तोपहरुको आवाजले थेन आन मन चोक गुञ्जयमान् भएको छ। जनगणतन्त्र चीन स्थापनाको साठीऔँ वार्षिकोत्सव समारोह औपचारिक रुपमा शुरु भयो।

                 चीनका राष्ट्राध्यक्ष हु चिन थाउ चीनद्वारा उत्पादित रातो झण्डा मार्काको कारमा बसेर थेन आन मन द्वार-स्तम्भअगाडि रहेको चिन श्वै पुलबाट भर्खरै मर्मत गरिएको नयाँ छाङ आन सडकको पश्चिमी भागदेखि पूर्वी भागसम्म चिनियाँ सेनाको निरीक्षण गर्नुभयो।

                 निरीक्षणपछि स्थलसेना, वायुसेना तथा नौसेना तीन सेनाको सुरक्षा दल चिनियाँ जनमुक्ति सेनाको "अगष्ट एक" नामक सैनिक झण्डाको संरक्षण गरी छपन्नवटा वर्गाकार समूहलाई डोर्‍याएर थेन आन मन चोकको केन्द्रीय क्षेत्र गएको छ। जसबाट नयाँ चीनको चौधौँ पटकको सैनिक परेड थालिएको छ।

                  चिनियाँ सेनाका तीसवटा प्रबन्ध वर्गाकार समूह तथा बाह्रवटा विमान समूहले चीनको सैनिक परेडको इतिहासमा सबैभन्दा बढी संख्या तथा सबैभन्दा उनान्तिशील गुणस्तरको सिर्जना गरेको छ। ती वर्गाकार समूहहरुमा देखाइएका बाउन्न प्रकारका सबै प्रबन्ध चीनद्वारा उत्पादित हुन्। पूर्वसंकेत दिने नयाँ खालको विमान, नयाँ खालको रेडार, मानवरहित विमान तथा उपग्रहद्वारा दूर-सञ्चारसम्बन्धी प्रबन्ध सो परेडमा देखाइएको छ।

                आजको थेन आन मन चोक एउटा सैनिक परेड स्थान मात्र होइन, त्यहाँ एउटा खुसीयाली ठाउँ पनि हो।

                 छैसठ्ठी मिनेटसम्मको परेडपछि "राष्ट्रिय झण्डा", "राष्ट्रिय दिवस", "राष्ट्रिय चिन्ह" बाट गठित दुईवटा सुरक्षा दलले सर्वसाधारणको प्रदर्शन डोर्‍‍याएको छ। "लाल झण्डा" गानको साथमा एक हजार नौ सय उनान्चासजना युवाहरु राष्ट्रिय दिवसको प्रदर्शनीको इतिहासमा सबैभन्दा ठूलो चिनियाँ राष्ट्रिय झण्डा-पाँच तारे लाल झण्डा बोकेर प्रदर्शन समूहको अग्रस्थानमा पाइला चलाएका छन्। विभिन्न क्षेत्रका एक लाख जना सर्वसाधारण, साठी रंगीचंगी मोटर-गाडी पालोपालै गरी थेन आन मन चोकको केन्द्रीय क्षेत्र गएका छन्। तत्स्थानमा गाइएको "मातृभूमि गीत"ले सम्पूर्ण कार्यक्रमलाई उत्साहजनक पारेको छ।

                  थेन आन मन चोकमा आयोजित सैनिक परेड तथा सर्वसाधारणको प्रदर्शन नयाँ चीन स्थापनाको साठीऔँ वर्षका लागि मात्र नभई सम्पूर्ण चिनियाँहरुका लागि एउटा भव्य समारोह हो।

                   तत्स्थानमा वार्षिकोत्सव समारोह प्रत्यक्ष हेर्न पाउने चिनियाँहरु आज सबैभन्दा सुखी छन्। थेन आन मन चोकमा रहेको दर्शक दिर्घामा राज्य परिषद्का काउन्सुलर वै चिन शङले हरेक नयाँ सैनिक प्रबन्ध आफ्ना आँखाअगाडिबाट पार भएको देखेर परेडमा अभिव्यक्त गरिएको चीनको राष्ट्रिय प्रतिरक्षा शक्तिप्रति गौरव व्यक्त गर्नुभयो।

                    नयाँ चीनको स्थापना भएको पचासौँ वार्षिकोत्सवको उपलक्ष्यमा मैले तत्स्थानमा सैनिक परेड हेरेको थिएँ। अहिले दश वर्षअगाडिभन्दा ठूलो फरक छ। हाम्रो सैनिक प्रबन्ध, हाम्रो वर्गाकार समूह पहिलेको तुलनामा ठूलो पैमानामा फरक देखिन्छ। जसबाट हाम्रो जनमुक्ति सेना शक्तिशाली तथा विश्वासिलो रहेको प्रमाणित् गरिएको छ।

                   आज अरु बढी चिनियाँ सर्वसाधारणले टेलिभिजन, रेडियो तथा वेभसाइटको प्रत्यक्ष प्रसारणमार्फत् थेन आन मन चोकमा आयोजित वार्षिकोत्सव समारोहको अनुभव गरेका छन्। तत्स्थानमा नभएता पनि प्राप्त गरेको खुसी उस्तै उस्तै छ। पैचिङको एउटा पसलमा हाम्रा सम्वाददाताले ठूलो पर्दाबाट सैनिक परेड तथा प्रदर्शन हेर्ने पैचिङबासी ली त युसँग अन्तर्वार्ता लिनुभयो।

                  यस पटकको वार्षिकोत्सव समारोह धेरै रोचक तथा उत्कृष्ठ छ। जसबाट चिनियाँ सर्वसाधारण तथा चिनियाँ जनताका लागि ठूलो प्रेरणा प्राप्त भएको छ।

                 व्यापक चिनियाँ मूलका विदेशी तथा प्रवासी चिनियाँहरुलाई मातृभूमिको समृद्धिले प्रेरणा दिएको छ। क्यानडामा बसोबास गर्ने चिनियाँ छन वान ह्वाले नयाँ चीनको स्थापनाको साठीऔँ वार्षिकोत्सव समारोह हेर्नुभयो।

                 नयाँ चीन स्थापनाको साठीऔं वार्षिकोत्सव समारोहमा भाग लिएकोमा मलाई धेरै खुसी लागेको छ। वितेका केही वर्षमा चीनको विकास धेरै राम्रोसँग भएको छ। चीनले विश्वशान्ति, वातावरणीय संरक्षणलगायत् विभिन्न क्षेत्रमा अरु महत्वपूर्ण भूमिका खेल्नसक्ने आशा मैले लिएको छु।

             सन् 1949 देखि 2000 सम्म चीनको राष्ट्रिय शक्तिमा फड्कोमार्नेगरी प्रगति हासिल भएको छ।

               नयाँ चीनको स्थापना भएको बेलामा "एउटा पनि मोटर-गाडी उत्पादन गर्न सकिएको थिएन"। त्यस बेलाको पिछडिएको कृषिप्रधान मुलुकबाट साठी वर्षसम्म विकास भएपछि चीन विश्वको तेश्रो ठूलो आर्थिक मुलुक बनेको छ।

                 चीनका सैनिक विशेषज्ञ ताइ श्वैका अनुसार, यस पटकको परेडले नयाँ चीनको सैनिक विकास अभिव्यक्त गरेको छ। यो सन् 1949मा नयाँ चीनको पहिलो परेडको तुलनामा ठूलो परिवर्तन भएको देखिन्छ।

                 सन् 1949मा भएको परेडमा भएका हतियारहरु युद्ध स्थलबाट बुझाइएका थिए। ती दर्जनौं मुलुकद्वारा उत्पादित थिए।

                   नयाँ चीन स्थापना भएको दश वर्षभित्र चीनमा हरेक वर्ष सैनिक परेड आयोजना भएको थियो। गत शताव्दीको साठीऔं दशकपछि चीनले कठिन अवधिमा प्रवेश गरी हरेक पाँच वर्ष अथवा हरेक दश वर्षमा एक पटक सैनिक परेड गर्ने निर्णय गरेको थियो। तथापि सोही बेला स्वदेशको धेरै कारण रहेकोले त्यसको निरन्तरता भएको थिएन। सन् 1978 मा सुधार तथा खुलापन भएपछि चीनले सन् 1984मा तथा सन् 1999मा दुइ पटकसम्म सैनिक परेडको आयोजना गरेको थियो।

                   वितेका दशवर्ष चीनको राष्ट्रिय शक्ति तीब्र गतिले विकास भएको दश वर्ष थियो। जसले नयाँ चीन स्थापनाको साठीऔं वार्षिकोत्सवका लागि सैनिक परेड सबैभन्दा बढी आकर्षण भएको एउटा सैनिक परेड भएको छ। चिनियाँ सैन्य बैज्ञानिक प्रतिष्ठानका अनुसन्धानकर्ता लो युआनले यस पटकको पैमाना तथा सैनिक प्रबन्धले चिनियाँ सेनाको आधुनिकिकरणको निर्माणमा देखापरेका दुइवटा प्रगति अभिव्यक्त गरेको छ।

                  हाम्रो सेनामा उच्च विज्ञान तथा प्रबिधिको भाग धेरै मात्रामा बढेको छ। सैनिक प्रबन्धबाट हेर्दा हाम्रो सेना यन्त्रिकदेखि सूचनाकरणतर्फ परिवर्तन भएको छ।

                विश्वका धेरै मुलुकहरुले स्मृति दिवस तथा भव्य दिवसमा सैनिक परेडको आयोजना गर्ने चलन छ। सैनिक परेडमा सशस्त्र शक्ति तथा हतियारको प्रदर्शनी गर्नु सैनिक परेडको विशेषता नै हो। श्री लो युआनका अनुसार, चीनले सैनिक परेडको आयोजना गर्नुको उद्देश्य भनेको सशस्त्र शक्तिको धुमधामसँग प्रचार-प्रसार गर्नु होइन, बरु चिनियाँ सेना राष्ट्रिय सार्वभौमिकता, राष्ट्रिय सुरक्षा तथा प्रादेशिक अक्षुण्णताको संरक्षण गर्ने महत्वपूर्ण शक्ति हुनुका साथै विश्व शान्तिका लागि दृढ शक्तिसमेत् रहेको कुरा हो।

                सैनिक परेड एक किसिमको सैनिक पारदर्शीता पनि हो। जसमा हाम्रो उद्देश्यको पारदर्शीता तथा क्षमताको पारदर्शीता समावेश गरिएको छ। अन्तर्राष्ट्रिय समाजलाई सैनिक पारदर्शीता देखाउनुका साथै एउटा निकै महत्वपूर्ण कुरा भनेको चिनियाँहरुलाई पनि सैनिक पारदर्शीता देखाउनुपर्छ।

               एउटा मुलुकको सैनिक प्रबिधिमा प्रगति हासिल भएको पृष्ठभूमिले यस मुलुकको समग्र शक्ति उकासिएको अभिव्यक्त भएको छ। यस अर्थबाट हेर्दा अक्टोबर एक तारिख थेन आन मन चोकमा आयोजना गरिएको वार्षिकोत्सव समारोहको अरु गहन अर्थ रहेको छ। प्रसिद्ध विद्वान छिन श्याउ यीङका अनुसार, यस पटकको भव्य सैनिक परेड तथा सर्वसाधारणको प्रदर्शन एक अर्ब तीस करोड चिनियाँहरुलाई देखाएको एक उत्कृष्ट प्रदर्शनी हो। त्यसको उद्देश्य चिनियाँहरुको विश्वास बढाउनु हो।

                  आज आयोजित वार्षिकोत्सव समारोहको एउटा ठूलो विशेषता भनेको मानव हितलाई केन्द्रीय स्थानमा राखिनु हो। त्यसले चीनको भावी विकासका लागि प्रेरित शक्ति पुर्‍‍‍याउने भूमिका निर्वाह गरेको छ।

                   चिनियाँहरुलाई मातृभूमिको साठीऔं जन्म दिवसका लागि गौरवको अनुभव भएको छ। वितेका साठी वर्षदेखि चीनले एउटा पिछडिएको मुलुकबाट एउटा महत्वपूर्ण ठूलो मुलुकतर्फ सफलताका साथ परिणत भएको छ। चीनले बाहिरी क्षेत्रमा पारेको असर झन झन स्पष्ट हुंदै आएको छ। चिनियाँ नेताले भन्नुभएको झैं, चीनले विश्वलाई चाहेको छभने विश्वले चीनलाई पनि चाहेको छ। चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आज थेन आन मन द्वार-स्तम्भमा भविश्यमा चीनको सफलताले विश्वका लागि अरु बढी लाभ ल्याउने वचन दिनुभयो।

                     चिनियाँ जनताको स्वदेशको निर्माण गर्ने विश्वास तथा क्षमता छ। विश्वका लागि आफ्नो योगदान पुर्‍याउने विश्वास तथा क्षमता पनि छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040