china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय समाजद्वारा नयाँ चीनको स्थापनाको साठीऔँ वार्षिकोत्सव कार्यक्रम तथा चीनका राष्ट्राध्यक्ष हु चिन थाउको सम्बोधनको उच्च मूल्याङ्कन्
    (GMT+08:00) 2009-10-02 17:24:02    

         जनगणतन्त्र चीन स्थापनाको साठीऔँ वार्षिकोत्सव समारोह हिजो पैचिङको थेन आन मन चोकमा आयोजना भयो। भव्य कार्यक्रम तथा चीनका राष्ट्राध्यक्ष हु चिन थाउले गर्नुभएको सम्बोधनले अन्तर्राष्ट्रिय समाजलाई आकर्षण गरेको छ। अब यससम्बन्धी एउटा विस्तृत विवरण सुन्नुहोस्।

              सर्वप्रथम हाम्रो छिमेकी मुलुक जापान हेरौँ। जापानको "आशाही शिमबुन" लगायत मुख्य सञ्चार माध्यमले प्रथम त सैनिक परेड तथा चीनका राष्ट्राध्यक्ष हु चिन थाउको सम्बोधन सम्बन्धी रिपोर्ट गरेको छ। जापानका लागि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका पत्रकार चाङ को छिङले जानकारी दिँदै भन्नुभयो,

              "आशाही शिमबुन"का अनुसार, दश वर्षपछि चीनले पैचिङमा अहिलेसम्म सबैभन्दा ठूलो पैमानामा सैनिक परेडको आयोजना गरी बाहिरी क्षेत्रलाई पछिल्ला क्षेप्यास्त्र तथा लडाकु विमान देखाएको छ। जसले चिनियाँ सेनाको हतियारको आधुनिकीकरण अभिव्यक्त भएको छ। एन.एच.के.को दिउँसोको कार्यक्रममा चीनको सैनिक परेड तथा चीनका राष्ट्राध्यक्ष हु चिन थाउको सम्बोधन प्रसारण गरेको छ। श्री हु चिन थाउले आफ्नो सम्बोधनमा समाजवाद, सुधार तथा खुलापनले मात्र चीनको विकास हुनसक्ने कुरामा जोड दिनुभएको कुरालाई नयाँ चीन स्थापनाको साठी वर्षको प्रक्रियाले प्रमाणित् गरेको ठहर एन.एच.के.ले गरेको छ।

             हाम्रो अर्को छिमेकी मुलुक गणतन्त्र कोरियाका मुख्य सञ्चार माध्यमले आज नयाँ चीनको स्थापना भएको साठीऔँ वार्षिकोत्सव समारोहबारे रिपोर्ट गरेको छ। गणतन्त्र कोरियास्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियोकी पत्रकार चाङ लिङले जानकारी दिँदै भनेकी छिन्,

             गणतन्त्र कोरियाको कोरियाली दैनिक समाचार पत्रका अनुसार, चीनले अक्टोबर एक तारिख आयोजना गरेको सैनिक परेडमा पहिलो पटक स्वदेशबाट अनुसन्धान तथा उत्पादन गरिएको पूर्व संकेत दिने विमानलगायत् बाउन्न प्रकारका नयाँ हतियार देखाएको छ। चीनको राष्ट्रिय दिवसको कार्यक्रमले विश्वको नजर आकर्षित पारेको छ।

             भारतमा चिनियाँ जनतासँगै जनगणतन्त्र चीनको स्थापना भएको साठीऔँ वार्षिकोत्सवमा भएको खुसी उपभोग गर्नका लागि भारतका केही मैत्रीपूर्ण व्यक्तिहरुले कठिनाइको समाधान गरी इन्टरनेटमार्फत् चीनको सैनिक परेड तथा राष्ट्राध्यक्ष हु चिन थाउको सम्बोधनको विषयबारे जानकारी दिएपछि त्यसको उच्च मूल्याङ्कन् गर्नुभयो। भारत-चीन मैत्री संघका सदस्य, दीर्घकालीन अवधिदेखि चीन-भारत मैत्री कार्यमा प्रयासरत एस.टयाकिले भारतको सञ्चार माध्यमले चीनको सैनिक परेडबारे रिपोर्ट नगरेता पनि आफूले इन्टरनेटमार्फत् सैनिक परेड तथा राष्ट्राध्यक्ष हु चिन थाउको सम्बोधनबारे जानकारी लिएको कुरा बताउनुभयो। उहाँले शक्तिशाली चिनियाँ सेना विश्व शान्तिको संरक्षण गर्ने एउटा महत्वपूर्ण शक्ति रहेको ठहर लिनुभयो।

             अमेरिकाका मुख्य सञ्चार माध्यमहरुले पनि नयाँ चीनको स्थापनाको साठीऔँ वार्षिकोत्सव कार्यक्रमबारे विस्तृत रिपोर्ट गरेका छन्। अमेरिकास्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका पत्रकार हान शुले जानकारी दिँदै भनेकी छिन्,

             अमेरिकाको सबैभन्दा ठूलो समाचार समिति एपिको ठहरअनुसार, वार्षिकोत्सबमा देखाइएको गतिबिधिको पृष्ठभूमि चीनमा फड्को मार्नेगरी भएको परिवर्तन हो। पहिले एउटा गरिब मुलुकबाट अहिले विश्वको तेस्रो ठूलो आर्थिक समूह बनेको छ। यसका साथै चीनले विश्वको बैंकिंङ संकट तथा इरानको आणविक समस्याको सामना गर्ने समेत चर्चित विषयमा महत्वपूर्ण भूमिका खेलेको छ। राष्ट्रिय शक्ति सबल हुँदै आएको शिलशिलामा चीनका सर्वसाधारणको जीवनयापनमा पनि ठूलो परिवर्तन भएको छ। अहिले विश्वमा मोटर-गाडी किन्ने सबैभन्दा ठूलो मुलुक चीन हो। यसका साथै इन्टरनेट तथा मोइबाइलका ग्राहकहरुको संख्या पनि विश्वको पहिलो स्थानमा रहेको छ।

             बि.बि.सि.का अनुसार, चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आफ्नो सम्बोधनमा माउ च तुङ, तङ श्याउ फिङ तथा च्याङ च मिनलगायत् तीन जना भूतपूर्व नेताको प्रशंसा गर्नुभयो। यसका साथै उहाँले चीनले "शान्तिपूर्ण एकीकरण, एक देश दुई व्यवस्था"को कार्यनीतिमा डटिरहने, शान्तिपूर्ण सह-अस्तित्वसम्बन्धी पाँच सिद्धान्तको आधारमा विश्वका जनतासँग मानव जातिको शान्ति तथा विकासलाई अघि बढाउने कुरा बताउनुभयो।

             इटलीमा इटलीको "गणतन्त्र समाचार पत्र" लगायत मुख्य सञ्चार माध्यमले नयाँ चीनको स्थापनाको साठीऔँ वार्षिकोत्सव कार्यक्रमबारे रिपोर्ट गरेको छ। इटलीस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका पत्रकार वाङ पाउ छ्वेनले जानकारी दिँदै भन्नुभयो,

            "गणतन्त्र समाचार पत्र"ले त्यसको वेभसाइटमा प्रथम तः चीनको राष्ट्रिय दिवसमा आयोजित कार्यक्रमका साथै चीनका राष्ट्राध्यक्ष हु चिन थाउको महत्वपूर्ण सम्बोधन पनि रिपोर्ट गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040