
हङकङ र मकाउका सञ्चार माध्यमले आज ठूलो मात्रामा हिजो पैचिङ्गमा आयोजित नयाँ चीन स्थापनाको साठीऔं वार्षिकोत्सवसम्बन्धी कार्यक्रम प्रसारण गरेर साठी वर्षयता चीनद्बारा प्राप्त गरिएको ठूलो उपलब्धिको उच्च मूल्याङ्कन गरेका छन्।

हङकङ टाखुङ्ग समाचार-पत्रमा राष्ट्रिय दिवस कार्यक्रमबाट चीनको दिन प्रतिदिन बढ्दै आएको अन्तर्राष्ट्रिय प्रभाव र चीनले अन्तर्राष्ट्रिय समाजमा प्राप्त गरेको चौतर्फी नयाँ प्रतिष्ठा प्रतिबिम्बित भएको धारणा देखापरेको छ। हङकङ मिङ्ग समाचार-पत्रले एउटा लेख प्रकाशित गर्दै राष्ट्राध्यक्ष हु चिन थाउले विशेष भाषणमा हङकङ र मकाउको दीर्घकालीन समृद्धि र स्थिरता कायम राख्दै जाने कुराबाट मु्ख्यभूमिले हङकङ र मकाउमा निकै ध्यान दिएको कुरा प्रतिबिम्वित भएको कुरा व्यक्त गरेको छ।

मकाउको नागरिक दैनिक समाचार-पत्रका अनुसार यस पटकको सैनिक परेड र जन-प्रदर्शन इतिहासमा सबैभन्दा ठूलो परिमाण हो भन्दै जसबाट चीनको शक्तशाली सैनिक शक्ति र केही वर्षयता प्राप्त गरिएको ठूलो विकास प्रतिबिम्वित भएको छ।
|