china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    प्रधानमन्त्री वन च्या पाउको उत्तर कोरिया भ्रमण फलदायी र अर्थपूर्ण रहेको चीनका परराष्ट्रमन्त्रीको भनाइ
    (GMT+08:00) 2009-10-06 19:07:41    
             यसै महीनाको चार तारिखदेखि छ तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका स्थायी सदस्य एवं चीनको राज्य परिषद्का सदस्य वन च्या पाउले उत्तर कोरियाको औपचारिक मैत्रीपूर्ण भ्रमण गर्नुभयो। उहाँको भ्रमणमा साथै रहनुभएका चीनका परराष्ट्र मन्त्री याङ चे छले प्रधानमन्त्री वन च्या पाउको यस पटकको भ्रमण फलदायी र अर्थपूर्ण रहेको कुरा वताउनुभयो। अब यस सम्बन्धी एउटा विस्तृत विवरण सुन्नुहोस्।

             आजकाल कोरियाली प्रायद्वीप तथा उत्तर-पूर्वी एशियाको परिस्थिति धेरै जटिल रहेको छ। कोरियाली प्रायद्वीपलाई आणविकरहित क्षेत्र बनाउने बिषयलाई अन्तर्राष्ट्रिय समाजले धेरै ध्यान दिएको छ। जन गणतन्त्र चीनको स्थापना भएको साठीऔं वार्षिकोत्सवको उपलक्षमा चीनका प्रधानमन्त्री वन च्या पाउले उत्तर कोरियाको भ्रमण गरी चीन र उत्तर कोरिया बीचको दौत्य सम्बन्ध स्थापना भएको साठीऔं वार्षिकोत्सव तथा चीन-उत्तर कोरिया मैत्री वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रमहरुमा संलग्न हुनुभयो। जसले चीन र उत्तर कोरिया बीचको सम्बन्धलाई उच्च महत्व दिँदै क्षेत्रीय शान्ति तथा स्थिरताको संरक्षण गर्न प्रयास गर्ने दृढत अभिव्यक्त दिएको ठहर चीनका परराष्ट्रमन्त्री याड चे छले गर्नुभयो।

              परराष्ट्रमन्त्री याङ चे छका अनुसार, प्रधानमन्त्री वन च्या पाउको यस पटकको भ्रमणले चीन र उत्तर कोरिया बीचको असल छिमेकी मैत्रीपूर्ण सहयोगलाई अघि बढाउने उद्देश्यलाई पूरा गरेको छ। प्रधानमन्त्री वन च्या पाउले उत्तर कोरियाका नेता किम जोंग इल लगायत उत्तर कोरियाका नेताहरुहरुसँग भेटघाट गरी वितेका साठी वर्षमा चीन र उत्तर कोरियाबीचको सम्बन्ध विकासको इतिहासबारे सिंहाव्लोकन गर्नुका साथै दुई मुलुकबीचको सुमधुर सम्बन्धको भविश्यको परिकल्पना गर्नुभयो। दुई पक्षको ठहर अनुसार, चीन र उत्तर कोरिया बीचको मित्रता दुई मुलुकका पूराना पुस्ताको क्रान्तिकारीताले स्थापना गरेको हो। यो दुई मुलुकको मूल्यवान सम्पति हो। त्यो दुई मुलुकका जनताको इच्छा तथा आधारभूत हितसँग अनुकूल रहेको छ। दौत्य सम्बन्धको स्थापना भएको साठीऔं वर्षलाई नयाँ शुरुवात बनाएर आपसी सम्मान तथा आपसी समानताको आधारमा उच्च तहबीचको आदान-प्रदानलाई निरन्तरता दिने, आर्थिक तथा व्यापारिक लगायतका क्षेत्रको व्यावहारिक सहयोगलाई सुदृढ पार्ने, महत्वपूर्ण विषयमा दुई पक्ष बीचको सम्पर्क तथा समन्वयलाई मजबुत पार्ने एवं चीन र उत्तर कोरियाबीचको मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धको निरन्तर विकासलाई अघि बढाउने ठहर दुवै पक्षले गरेका छन्। यसका साथै दुवै पक्षले आर्थिक तथा प्राबिधिक सहयोग सम्बन्धी सम्झौता लगायत बिभिन्न सम्झौता पत्रमा हस्ताक्षर गर्नुका साथै चीन र उत्तर कोरियाबीचको सिमानामा रहेको यालु नदीमा पूलको निर्माण गर्ने घोषणा गरेका छन्।

              उत्तर कोरिया भ्रमणको अवधिमा प्रधानमन्त्री वन च्या पाउ उत्तर कोरियाको श्रमिक पार्टीका महासचिव किन जोङ इलसँग उत्तर कोरियाद्वारा बनाइएको ओपेरा रातो सप्न चेम्वरको"को अवलोकन गरी चीन र उत्तर कोरिया बीचको दौत्य सम्बन्ध स्थापना भएको साठीऔं वार्षिकोत्सवको उपलक्षमा आयोजित अनेकन् कार्यक्रम तथा चीन-उत्तर कोरिया वर्षको विसर्जन समारोहमा सहभागी हुनुभयो। परराष्ट्रमन्त्री याङ चे छले ती कार्यक्रमहरु रोचक तथा सफल रहेको छ भन्दै दुई मुलुकका नेताहरुले द्वीपक्षीय मानवीय तथा युवा-युवतीहरुबीचको आदान-प्रदानलाई अघि बढाउने, परम्परागत मित्रतालाई अरु गहन पार्ने तथा युगौं युगदेखि रहिआएको मित्रतालाई कायम राख्ने कुरा व्यक्त गर्नुभएको जानकारि दिनुभयो।

               कोरियाली प्रायद्वीपको आणविक बिषयबारे चर्चा गर्दा श्री याङ चे छले प्रधानमन्त्री वन च्या पाउको यस पटकको भ्रमणले कोरियाली प्रायद्वीपलाई आणविक रहित क्षेत्र बनाउने लक्ष्यलाई अघि बढाउन तथा क्षेत्रीय शान्ति तथा स्थिरताको संरक्षण गर्न उपयोगी हुने ठहर गर्नुभयो। श्री याङ चे छका अनुसार, उत्तर कोरिया भ्रमणको अवधिमा प्रधानमन्त्री वन च्या पाउले कोरियाली प्रायद्वीपलाई आणविक रहित क्षेत्र बनाउने लक्ष्यलाई कायम राख्नुका साथै कोरियाली प्रायद्वीप तथा उत्तर-पूर्वी एशियामा शान्ति तथा स्थिरताको संरक्षण गर्नु उत्तर कोरिया लगायत विभिन्न क्षेत्रको हितसँग अनुकूल रहेको कुरामा जोड दिनुभयो। छलफल तथा वार्तामार्फत कोरियाली प्रायद्वीपलाई आणविक रहित क्षेत्र बनाउने लक्ष्यलाई साकार तुल्याउन अन्तर्राष्ट्रिय समाज एकमत हुनुका साथै कोरियाली प्रायद्वीपको आणविक बिषयको समाधान गर्ने आवश्यक तरिका हो। छ पक्षीय वार्ता उक्त लक्ष्यलाई साकार तुल्याउने प्रभावकारी व्यवस्था हो र त्यसलाई निरन्तरता दिनुपर्छ। उत्तर कोरिया तथा अरु पक्षसँगै मिलेर कोरियाली प्रायद्वीपलाई आणविक रहित क्षेत्र बनाउने लक्ष्यलाई साकार तुल्याउन, एशियाको उत्तर-पूर्वी भागमा शान्ति, स्थिरता तथा विकासका लागि सक्रिय योगदान दिन चीन इच्छुक रहेको छ।

               प्रत्युत्तरमा उत्तर कोरियाले उत्तर कोरिया र अमेरिकाबीचको वार्ताको नतिजा बमोजिम छ पक्षीय वार्ता लगायत बहुपक्षीय वार्ताको आयोजना गर्न उत्तर कोरिया इच्छुक रहेको जनाएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040