china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    1 अगस्त 1955का लागि हार्दिक मंगलमय शुभकामना तेस्रो भाग
    (GMT+08:00) 2009-10-06 18:32:39    

              यसका साथै सन् दुई हजार तीनको अगष्टदेखि दुई हजार आठको जून महिनासम्म चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवामा काम गर्नुभएका नेपाली विशेषज्ञ श्री कमल लम्सालले चीन र नेपालको दौत्य सम्वन्ध स्थापित भएको चौवन्नौ वार्षिकोत्सवको उपलक्ष्यमा नेपाली सेवालाई इमेल पठाएर आफ्नो हार्दिक शुभ कामना पनि व्यक्त गर्नुभएको छ।

             श्री कमलजीबाट आएको शुभ कामना यस प्रकार छन् ।

              नेपाल हिमालय पर्वत श्रृंखलाका दुईपट्टी अवस्थित दुईवटा निकट छिमेकी राष्ट्रहरु नेपाल र चीनका जनता बीचको मित्रवत सम्बन्धको इतिहास निकै लामो छ । प्रकृतिको सबैभन्दा चीसो हिमालय पर्वत श्रृंखलाले छुट्ट्याएको भए पनि हाम्रा दुई देशबीचको सम्बन्ध भने सधैं अति न्यानो र सौहार्दपूर्ण रहिआएको छ ।आजभन्दा दुई हजार वर्षभन्दा पनि अघि चीनका भिक्षु मन्जुश्री चीनको उथाइ पर्वतबाट काठमाडौं आएर आफ्नो दैवी शक्तियुक्त तरबारले पहाड काटेर काठमाडौं उपत्यकाको पानी बगाई त्यहाँ बस्ती बसाएको भन्ने किंबदन्ती छ । यसबाट दुई देशका जनताबीचको मित्रताका लागि दुबै देशका जनताको उत्साहित प्रयास प्रतिविम्वित हुन्छ । ऐतिहासिक तथ्यहरुका अनुसार, चीन र नेपालबीचको सम्बन्धको इतिहासको शुरुवात सातौं सताव्दीको मध्यदेखि भएको पाइन्छ ।

              नेपाल र चीनले त्यति बेलादेखि नै राजदूतहरुको आदान प्रदान गर्न शुरु गरिसकेका थिए । चीनको चीन राजवंशकालका ख्यातिप्राप्त भिक्षु फाहियान र थाङ राज्यकालका अर्का प्रख्यात भिक्षु ह्वेन साङ गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणका लागि नेपाल आएका थिए । थ्याङ राजवंशकालमा थुबो राज्यका राजा सोङचेन गोम्पोले नेपालकी राजकुमारी भृकुटीसँग विवाह गरेका थिए । नेपाली कलाकार अरनीकोले युवान राजवंशकालमा ल्हासामा बौद्ध मन्दीरको निर्माण गरेका थिए । चीनको राजधानी पैचिङ्गमा निर्मित म्याओ यिङ मन्दिर अर्थात सेतो प्यागोडा अरनीकोकै सुपरीवेक्षणमा बनाइएको थियो । यी सबै ऐतिहासिक तथ्यहरुले नेपाल तथा चीनबीचको सम्बन्ध एउटा सशक्त आधारमा स्थापित भएको कुरा प्रमाणित हुन्छ ।

               सन् उन्नाइस सय पच्पन्नमा नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापित भएदेखियता नेपाल र चीनबीचको सम्बन्धको नयाँ अध्याय शुरु भयो जसका लागि कैयौं पुस्ताका चिनियाँ र नेपाली नेताहरुको प्रतिबद्धता र समर्पणले सशक्त जगको काम गरेको छ । त्यसैले यो मित्रता नेपाल र चीन दुबै देशका जनताका लागि कहिल्यै ननाशिने विशाल निधि हो । नेपाल र चीन दुबै देशका पूराना र नयाँ नेताहरुले आ-आफ्नो बुद्धि, विवेक, दर्शन र अनवरत प्रयासबाट नेपाल र चीनबीचको सम्बन्धलाई फल्ने फुल्ने अवसर दिलाएका छन् । दुबै देशका नेताहरुको आधा सताब्दीभन्दा लामो समयसम्मको अथक प्रयासको परिणम स्वरुप राजनीतिक, आर्थिक तथा ब्यापारिक, सांस्कृतिक, शैक्षिक र अन्य क्षेत्रमा नेपाल र चीन बीचको सहयोग र आदान - प्रदानको प्रतिफलबाट दुबै देशका जनता लाभान्वित भएका छन् ।

                यस अथक प्रयासको प्रतिफलस्वरुप हाम्रा दुबै देशका जनताले प्रत्येक्ष लाभभन्दा पनि ठूलो कुरा हासिल गरेका छन्, त्यो हो दुईवटा फरक फरक राजनीतिक सामाजिक व्यवस्था भएका छिमेकी मुलुकहरुबीच विश्वमै उदाहरणिय बनेको मित्रवत सहयोग र शान्तिपूर्ण सह अस्तित्वको वातावरण । नेपाल र चीनबीचको मित्रतालाई वर्षौदेखि गति दिइरहेको चीन - नेपाल सम्बन्धको इतिहासलाई नियाल्दा तीनवटा स्पष्ट पक्षको पहिचान सजिलै गर्नसकिन्छ । ती तीनवटा कुराहरु एक अर्काप्रति विश्वास, समानतामा आधारित व्यवहार र वफादारिता हुन । यी दुईवटा देश एक अर्कालाई सधैं सम्मान गर्छन, विश्वास गर्छन र सहयोग गर्छन । चीन सरकार अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति अवलम्बन गर्दछ जसको परिणमस्वरुप चीनले जहिले पनि नेपालले आफै छानेको विकासको बाटोको सम्मान गर्दैआएको छ ।

               चीनको यस्तो अहस्तक्षेपकारी नीतिका कारण पनि हाम्रा दुई देशबीचको सम्बन्ध सधैं सुमधूर र विकसित अवस्थामा रहेको हो । पछिल्ला वर्षहरुमा चीन र नेपालबीचको सम्बन्ध अझ द्रूत गतिमा विकास भैरहेको छ । दुबै मुलुकका उच्च स्तरका नेताहरुले निरन्तर रुपमा एक अर्का मुलुकको भ्रमण गरेबाट आपसी सहयोगको वातावरणमा अरु सहजता देखापरेको छ, आपसी विश्वास र मित्रता अरु प्रगाढ बनेको छ । चीन र नेपालबीचको हार्दिक र मित्रवत सम्बन्धको फलस्वरुप द्बिपक्षीय आर्थिक तथा ब्यापारिक सम्बन्धको विकासले स्वस्थ गति पाएको छ । पछिल्ला वर्षहरुमा नेपाल र चीनका जनताबीचको सम्बन्ध अझ सहज हुनुका साथै यो सम्बन्ध अरु तिव्र गतिमा विकसित भैरहेको छ । सन् दुई हजार दुईमा हाम्रा दुई देशबीच सम्पन्न पर्यटनसम्बन्धी सहमतिको परिणम स्वरुप चीन सरकारले चिनियाँ पर्यटकहरुका लागि नेपाललाई गन्तव्यको सूचीमा समावेश गरेपछि हाम्रा दुई देशबीचका जनता जनताबीचको सम्बन्ध अझ विकास हुने वातावरण बनेको छ । त्यसैगरी सन् दुई हजार चारदेखि नै चीन र नेपाललाई प्रत्यक्ष हवाई सेवाबाट जोडिएको छ भने शान्ति, विकास, मानव अधिकार र राष्ट्र संघमा सुधार जस्ता क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषय लगायत आपसी चासोका विषयमा नेपाल र चीनबीच सधैं सहयोग र समन्वय हुँदैआएको छ ।

             वर्तमान विश्वको मागलाई हेर्दा शान्ति, स्थायित्व, आपसी सहयोग र विकास आजका आवश्यकता हुन भन्ने कुरामा दुईमत हुनसक्दैन । यीनै आवश्यकतालाई आधार बनाएर दुई देशबीचको सम्बन्धको विकास भैरहेको छ जसले दुबै देशलाई विकासका लागि ऐतिहासिक अवसर प्रदान गरेको छ । यसै अवसरको फाइदा उठाई असल छिमेकीपन, मित्रता र सहयोगको सिद्धान्तमा आधारित हाम्रा दुई देशबीचको सम्बन्धलाई अरु अघि बढ्ने अवसर प्रदान गर्नुपर्छ । हाम्रा एक अर्का देशमा जे जस्ता परिवर्तन भए पनि एक अर्का देशप्रतिको मित्रवत व्यवहार र साझा विकासको नीतिमा कुनै परिवर्तन आउनुहुँदैन र आउने छैन पनि जसको परिणमस्वरुप दुई देशबीचको समग्र सम्बन्ध अझै फल्ने फुल्ने छ, झांगिने छ, विकसित हुने छ । नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापित भएको चौवनौ वार्षिकोत्सवका उपलक्ष्यमा यहीं मेरो हृदयदेखिको शुभ कामना छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040