 नयाँ चीन स्थापना भएको साठी वर्षयता चीनको आर्थिक र सामाजिक विकासमा ठूलो उपलब्धि प्राप्त हुनुका साथै जनताको जीवन-स्तर पनि स्पष्टसँग माथि उठेको छ। चीनमा पहिलेको विपन्न स्थितिबाट अहिलेको समष्टिगत सम्पन्न स्थितिसम्मको ऐतिहासिक प्रगति साकार भएको छ।
चीनको राष्ट्रिय विकास तथा सुधार समितिका अध्यक्ष चाङ्ग फिङ्गका अनुसार, सन् 1949मा शहर तथा गाउँबस्तीका बासिन्दाहरुको औसत आम्दानी एक सय युआनभन्दा कम थियो भने गत वर्ष त्यो आम्दानी पन्ध्र हजार चिनियाँ युआनभन्दा बढी पुगेको छ। सन् 1949मा ग्रामीण क्षेत्रका बासिन्दाहरुको औसत आम्दानी पचास युआनभन्दा कम थियो भने गत वर्ष चार हजार सात सय युआनभन्दा बढी पुगेको छ।
यसबाहेक, चीनको गरिबी निवारण कार्यमा पनि ऐतिहासिक प्रगति प्राप्त भएको छ।
|