
अहिले मेरो हातमा झापाको सिमलचोकका शिवगंज-आठमा बस्ने हाम्रा नियमित श्रोता डोरप्रसाद नेपालको एउटा पत्र छ। उहाँले सोध्नुभएको छ:चीनमा रहेको पुरातात्विक एतिहासिक महत्वका उत्कृष्ठ नमूहनाहरु के के छन
चीनको पुरातत्व अनुसन्धान कार्यमा महत्वपूर्ण उपलव्धिहरु धेरै छन। अव केही महत्वपूर्ण उपलव्धिहरुबारे जानकारी गर्नेछ।
चीनको प्राचीन "रेशम मार्ग"
दुइ हजार वर्षभन्दा बढी समयसम्म चालु रहेको पूरानो व्यापारिक बाटो- "रेशम मार्ग" विश्वमा निकै प्रसिद्ध छ। सो मार्गले चीन र यूरोप, एशिया तथा अफ्रिकाका मुलुकहरु बीच पुलका रुपमा प्राचीन कालमा विश्वका पूर्वी र पश्चिमी क्षेत्र बीचको भौतिक आवत-जावत तथा सभ्यताको आदान-प्रदानका लागि महत्वपूर्ण योगदान गरेको थियो।

यो "रेशम मार्ग" प्राचीन कालमा चीनबाट दक्षिण एशिया, पश्चिम एशिया, यूरोप र उत्तर अफ्रिकातर्फ जाने स्थलगत व्यापारिक मार्ग थियो। ठूलो मात्रामा चीनको रेशम र रेशमबाट बनाइएका वस्तुहरु सो मार्गबाट पश्चिमका अन्य मुलुकहरुसम्म पुर्याइएकाले यस मार्गलाई "रेशम मार्ग" भनिएको हो। पूरातत्वविद्हरुले इशापूर्व पहिलो शताव्दीमा "रेशम मार्ग"को विकास भएको कुरालाई प्रमाणित गरेका छन। तिनताका "रेशम मार्ग" बाट दक्षिणतिर जाने हालको अफगानिस्तान, उज्बेकिस्तान, इरान र सबैभन्दा टाढा इजिप्टको अलेक्जान्ड्रिया पुग्न सकिन्थ्यो भने अर्को बाटो भएर पाकिस्तान र अफगानिस्तानको काबुल हुँदै पर्सियाको खाडीसम्म पुग्न सकिन्थ्यो। काबुलबाट दक्षिणतिर लाग्दा हालको पाकिस्तानको कराँची पुग्न सकिन्थ्यो भने कराँचीबाट समुद्री मार्गबाट पर्सिया र रोम आदि ठाउँहरुमा पनि पुग्न सकिन्थ्यो।
चीनको माई ची शान गुफा र लुँग मन गुफा

माई ची शान गुफा उत्तर-पश्चिमी चीनको कान्सु प्रान्तको थ्येन श्वे शहरदेखि पैचालिस किलोमिटर दक्षिण-पूर्वको पहाडी क्षेत्रमा पर्दछ। सो गुफाको उचाइ एक सय पचास मिटरभन्दा बढी छ। ऐतिहासिक सामग्री अनुसार, माई चीन शान गुफाको निर्माण चीनको छिन वंशको पछिल्लो अवधि (लगभग इशापूर्व तेस्रो शताव्दी) मा थालिएको थियो। त्यसपछि क्रमशः तीस मिटर र सत्तरी मिटर अग्लो ठाडो भीरमा बुद्धका मूर्तिहरु कुँदिएको थियो।
|