china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शाङ्गहाई विश्व एक्स्पो 2010 - काउन्टडाउनमा दुई सय दिन बाँकी
    (GMT+08:00) 2009-10-13 17:56:13    

           सात वर्ष जतिको तयारीमा सन् 2010 शाङ्गहाई विश्व एक्स्पोको तयारी कार्य पूर्ण रुपमा अन्तिम चरणमा प्रवेश भएको छ। अक्टोबर तेह्र तारिख अर्थात् विश्व एक्स्पोसम्बन्धी काउन्टडाउनमा दुई सय दिन बाँकी हुने परिप्रेक्ष्यमा शाङ्गहाई शहरले "विश्व एक्स्पोतर्फ जाऔं"शीर्षकको बिशाल प्रदर्शनीको आयोजना गरेको छ। यसका साथै "हरित आवत-जावत" र "मोबाइल टिकट बिक्री" आदि गतिबिधिहरु पनि शाङ्गहाईमा शुरु भएका छन्। विश्व एक्स्पोको संयोजन पक्षले के देखाएको छ भने चीनले सक्दो ठूलो प्रयासमार्फत् विश्वसमक्ष एउटा सफल, रमाइलो र बिर्सननसक्ने विश्व एकस्पोको आयोजना गर्नेछ।

               हाल विश्व एक्स्पो उद्यानको आधारभूत निर्माण अन्तिम चरणमा प्रवेश भएको छ। आउँदा दिनहरुमा हामीले मुख्यतया विश्वका विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संगठनको प्रदर्शनीका लागि तयारी गर्नेछौं। साथै हाम्रो आफ्नो प्रदर्शनी र चीनका विभिन्न प्रान्त र शहरका प्रदर्शनीको पनि तयारी गर्नेछौं। हामीले विश्व एक्स्पोमा सहभागी हुने सबै सदस्यलाई उच्चस्तरीय सेवा प्रदान गर्ने भएका छौं।

              अहिले तपाईँले सुनिरहनुभएको आवाज शाङ्गहाई शहरका स्थायी उप मेयर एवम् विश्व एक्स्पोको कार्यकारी समितिका स्थायी उप प्रमुख याङ्ग स्योङ्गले दिनुभएको जानकारी हो। उहाँका अनुसार, यसवर्षको अन्तसम्म विश्व एक्स्पो उद्यानमा रहेका संयोजन पक्षद्बारा बनाइएका स्थायी तथा अस्थायी हल-भवनको निर्माण कार्य मोटामोटी रुपमा सम्पन्न हुनेछ। त्यति बेला अन्य मुलुक, क्षेत्र तथा व्यवसायद्बारा निर्मित भवनहरुको निर्माण पनि जारी नै हुनेछ। हाल आफ्नो देशको भवनको निर्माण गरिने जम्मा बयालीसवटा मुलुकले विश्व एक्स्पोमा सहभागी हुने करारमा हस्ताक्षर गरिसकेका छन्। तीमध्ये अड्तीसवटाको निर्माण कार्य शुरु भइसकेको छ। यसवर्षको अन्तसम्म बीसवटाको निर्माण सम्पन्न हुने अनुमान गरिएको छ।

               अमेरिकी पत्रकार जिम तोम्प्सन विश्व पर्यटन पत्रकार संघका सदस्य हुनुहुन्छ। उहाँले एक वर्षअघि विश्व एक्स्पो उद्यानमा समाचार संकलन गर्नुभएको थियो। एक वर्षपछि उहाँले के फेला पार्नुभएको छ भने यहाँको परिवर्तनलाई "आश्चर्य"भन्न सकिन्छ।

               यहाँले मलाई ज्यादै आश्चर्य पारेको छ। एक वर्षअघि म यहाँ आएको थिएँ। त्यतिबेला यहाँ प्रबन्धहरु पट्टकै थिएनन्। तर एकवर्षकै छोटो अवधिमा यहाँ बदलिँदो परिवर्तन देखापरेको छ। यस्तो ठूलो परिवर्तनलाई "एक किसिमको आश्चर्य"भन्न सकिन्छ। चिनियाँ हल भन्ने वास्तुले मलाई गहिरो छाप पारेको छ। आउँदो वर्ष म यहाँ फेरि आएर ती भवनहरुको निर्माण सम्पन्न हुने दृश्यको अवलोकन गर्नसक्ने मेरो आशा छ।

               यस पटकको विश्व एक्स्पो विकासोन्मुख मुलुकमा आयोजना हुने पहिलो पटक भए तापनि अन्तर्राष्ट्रिय सहभागीताहरुको संख्याले इतिहासको नयाँ किर्तिमानको पनि सिर्जना गरेको छ। हालसम्म जम्मा एक सय बयानब्बेवटा मुलुक तथा पचासवटा अन्तर्राष्ट्रिय संगठन विश्व एक्स्पोमा सहभागी हुन निश्चित भएका छन्। किनकि सारा विश्वको अर्थतन्त्र निराश भैरहेको सन्दर्भमा अधिकांश मुलुकले शाङ्गहाई विश्व एक्स्पोलाई विश्व विकास हुने भविष्य देखाइने मञ्चको रुपमा व्यवहार गरेमार्फत संकटलाई पराजित गर्न जनतालाई प्रेरणा दिने भएका छन्।

               विश्व एक्स्पो दिनप्रति दिन नजिकिंदै गएको सिलसिलामा पर्यटकको स्वागत् कार्य राम्रोसँग गर्नु नै शाङ्गहाई विश्व एक्स्पोको सञ्चालन कार्यमा रहेको मुख्य विन्दु बनेको छ। हाल सम्बन्धित पक्षले जोडतोडसँग विश्व एक्स्पोसम्बन्धी सुरक्षा, यातायात, खाद्यान्नको स्वास्थ्य, स्वयम सेवक र पर्यटकको स्वागत आदि विभिन्न कार्यको तर्जुमा गरिरकेको छ।

              शाङ्गहाई विश्व एक्स्पो ब्युरोका प्रमुख होङ्ग हाउका अनुसार, हाल शाङ्गहाई विश्व एक्स्पोको अवलोकन गर्ने विषयबारे सोधबुझ गर्ने विदेशी पर्यटकहरुको संख्या झन् झन् बढ्दैगएको देखिन्छ। यसो हुनाले त्यससम्बन्धी वास्तविक उपायको तर्जुमा पनि भैरहेको छ। श्री होङ्ग हाउले जानकारी दिंदै भन्नुभयो:

              विदेशी पर्यटकद्बारा शाङ्गहाई विश्व एक्स्पोको अवलोकन गरिने विषयबारे हामी निष्ठापूर्वक अनुसन्धान गरिरकेका छौँ। विश्वका विभिन्न स्थानका पर्यटकहरुले शाङ्गहाई विश्व एक्स्पोको अवलोकन गर्ने कुराको हामी हार्दिक स्वागत् गर्दछौं।

               यस वर्षको मे एक तारिख विश्व एक्स्पोका स्वयम सेवकसम्बन्धी निवेदन कार्य सुरु भएयता नाम दर्ता गरिएका जनसंख्या चार लाख बीस हजारभन्दा बढी पुगेको छ। तीमध्ये त्रीयासीवटा मुलुक तथा क्षेत्रका एक हजार पाँच सय जनाभन्दा बढी विदेशी स्वयम सेवकहरु पनि समावेश छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040