china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शाङ्गहाई सहयोग संगठनका सदस्य मुलुकका प्रधानमन्त्रीस्तरीय आठौँ सम्मेलनमा सहयोगसम्बन्धी अनेकन् उपलब्धि प्राप्त
    (GMT+08:00) 2009-10-14 19:29:10    

            शाङ्गहाई सहयोग संगठनको प्रधानमन्त्रीस्तरीय आठौँ सम्मेलन आज पैचिङ्गमा आयोजना भएको छ। चीनका प्रधानमन्त्री श्री वन च्या पाउले त्यस सम्मेलनको अध्यक्षता गर्नुभयो। सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा श्री वन च्या पाउले सम्मेलनमा बहुपक्षीय आर्थिक सहयोगलाई मजबुत पार्ने, वित्तीय वार्ता र सहयोगलाई समर्थन दिने, व्यापारिक सुविधा बढाउने र कृषि वैज्ञानिक तथा प्राविधिक सहयोगलाई गहन पार्ने यी चारवटा विषयबारे मतैक्य प्राप्त भएको जानकारी दिनुभयो।

                यस सम्मेलन सारा विश्वको अर्थतन्त्रमा मन्दी भइरहेको पृष्ठभूमिमा आयोजना गरिएको हो। बौद्धिक तथा आर्थिक सहयोगलाई मजबुत पारी संयुक्त रुपमा बैकिङ्ग संकटको सामना गर्नु नै यस सम्मेलनको मुख्य विषय रहेको छ। सम्मेलनपछि प्रकाशित "संयुक्त विज्ञप्ति"मा जनाइएअनुसार, शाङ्गहाई सहयोग संगठनले सक्दो ठूलो प्रयासमार्फत् अर्थतन्त्र, व्यापार, उर्जा-स्रोत, कृषि, यातायात, सूचना, गुणस्तरको अनुगमन, संस्कृति र वातावरणीय संरक्षण आदि क्षेत्रमा रहेको आदान-प्रदान तथा सहयोगलाई सबल पार्नुका साथै अर्थसम्बन्धी प्रतिस्पर्धात्मक क्षमतालाई उकासेर खतराको प्रतिरोध गर्ने स्तरलाई पनि माथि उकास्दैजानेछ।

               चीनका प्रधानमन्त्री श्री वन च्या पाउले सम्मेलनपछि छ मुलुकका प्रधानमन्त्रीद्बारा आयोजित पत्रकार सम्मेलनमा विभिन्न मुलुकका प्रधानमन्त्रीको तर्फबाट सम्मेलनमा प्राप्त चारबुँदे उपलब्धिबारे जानकारी दिँदै भन्नुभयो:

               सम्मेलनमा बहुपक्षीय आर्थिक सहयोगलाई सबल पार्ने, सारा विश्वको बैकिङ्ग संकटको सामना गर्ने र अर्थतन्त्रको दिगो विकासलाई सुनिश्चित पार्ने कदमहरुको तर्जुमा गरिएको छ। साथै सम्मेलनमा शाङ्गहाई सहयोग संगठनको आर्थिक विकाससम्बन्धी अनुगमन व्यवस्थाको स्थापना गरिने कुरामा पनि सहमति जनाइएको छ।

               प्रधानमन्त्री श्री वनका अनुसार, शाङ्गहाई सहयोग संगठनका सदस्य मुलुकहरुले वित्तीय वार्ता तथा सहयोगलाई समर्थन दिनुका साथै निरन्तर रुपमा लगानीको वातावरण अझ अनुकूल पारी कृषि सहयोगलाई गहन पार्नुका साथै वैज्ञानिक र प्राविधिक सहयोगलाई सबल पार्दैजानेछन्।

                शाङ्गहाई सहयोग संगठन सन् 2001को जून महिनामा गठन भएको थियो। जुन चीनभित्र स्थापित चिनियाँ शहरको नाउँ राखिएको पहिलो अन्तर्राष्ट्रिय संगठन पनि हो। त्यस संगठनका सदस्य मुलुकहरुमध्ये चीन, रुस, कजाकिस्तान, किर्गिस्तान, ताजकिस्तान र उज्वेकिस्तानलगायत् जम्मा छवटा मुलुक समावेश छन्। स्थापित भएका आठ वर्षयता चीनले शाङ्गहाई सहयोग संगठनको विकासका लागि अथक प्रयास गर्दैआएको छ। यस सम्मेलनमा प्रधानमन्त्री वन च्या पाउले शाङ्गहाई सहयोग संगठनको भावी विकासलाई समर्थन दिँदैजाने कुराको पुन:र्पुष्टि गर्नुभयो। उहाँका अनुसार, वास्तविक गतिविधिमार्फत् व्यापार र लगानीसम्बन्धी संरक्षणवादको विरोध गर्नुका साथै सदस्य मुलुकबीचको व्यापारमा जोड दिएर सदस्य मुलुकहरुको आर्थिक तथा सामाजिक विकासलाई प्रबर्द्धन गर्दैजानेछ। उहाँ यसरी भन्नुहुन्छ:

               मैले शाङ्गहाई सहयोग संगठनको आर्थिक तथा बौद्धिक सहयोगलाई अघि बढाउने चीन पक्षको अडानलाई प्रकाश पारेको छु। चीनले वित्तीय तथा बैकिङ्ग सहयोगलाई मजबुत पारेमार्फत आपसी सहयोग हुने बाटोलाई अझ फराकिलो पार्ने सुझाव प्रस्तुत गरेको छ।

               श्री वनका अनुसार, हाल धेरै कठिनाइ मौजुद भए तापनि विभिन्न सदस्य मुलुकले घनिष्ट सहयोग गर्दै यस क्षेत्रको शान्ति, स्थिरता र विकासलाई अघि बढाउन सक्नेछन्। उहाँ भन्नुहुन्छ:

               चीनले छिमेकी मुलुकसँग असल व्यवहार गर्ने कूटनैतिक नीतिलाई कायम राख्नुका साथै यस क्षेत्रका विभिन्न मुलुकहरुसँगको सहयोगलाई गहन पारी आपसी हित र साझा समृद्धिलाई साकार तुल्याउँदैजानेछ।

               सम्मेलनपछि चीनका राष्ट्राध्यक्ष हु चिन थाउले सम्मेलनमा सहभागी हुनुभएका विभिन्न मुलुकका प्रधानमन्त्रीसँग भेटघाट गर्नुभएको छ। श्री हुका अनुसार, अन्तर्राष्ट्रिय बैकिङ्ग संकटको प्रतिरोध गरी विश्व अर्थतन्त्रको पुन:रुत्थानलाई साकार तुल्याउन होस् वा क्षेत्रीय समस्याको समाधान गर्नका लागि शाङ्गहाई सहयोग संगठनको निर्माण तथा सहयोगलाई सबल पार्नुपर्छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040