china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सी.आर.आई. र सीं.आर.आई. नेपाली सेवाको बारेमा संक्षीप्त परिचय तेस्रो भाग
    (GMT+08:00) 2009-10-15 09:03:25    

            बिगत केही वर्ष देखियता नेपाली सेवाले नेपालका तत्कालिन माहाराजधिराज, प्रधानम्नत्री, विभिन्न राजनैतिक दलका नेतागण, संसदका सभामुख, परराष्ट्रमन्त्री, चीनका लागि नेपाली राजदूतहरु, विनहरु , वकिलहरु, खेलाडीहरु, चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरु तथा चीनका विभिन क्षेत्रमा कार्यरत वरिष्ठ नेपालीहरु सित अन्तवार्ता गरी प्रसार गर्ने गरेको छ । चिनिया अन्तर्राष्ट्रिय रेडियोले सन् 2003 को सिम्बर महिनामा चीन भित्रको पहिलो नेपाली सामाग्रीहरुले सजाइएको यस वेभ साइटले नेपाल सरकारका पदाधिकारीहरु लगायतका विभिन्न क्षेत्रका नेपाली नेट ग्राहकहरुलाई आकर्षित गरेको छ । अझ कहासम्म भने, बेल्जियम, जापान र अमेरिका जस्ता विकसित मुलुकहरुमा बसोवास गरिरहेका धेरै नेपाली मित्रहरुले पनि सी.आर.आई नेपाली सेवाको वेभ साइटमाफत सूचना प्राप्त गर्ने बानी बसालि सक्नु भएको छ ।

             सन् 2003 को अपि्रल महिनामा नेपाली सेवाले चीनमा नेपाली भाषाको एक मात्र समाचारपत्र "मितेरी पुल" को त्रैमासिक प्रकाशन शुरु गरेको छ जसलाई व्यापक नेपाली श्रोताहरुले मन पराएको पाइएको छ ।

             बितेका तीस वर्षभन्दा बढी समयमा नेपाली प्रसारण सुन्ने श्रोताहरुको संख्या दिन दिनै बढ्दो छ ।

             श्रोतहरुको तत्परतामा स्थापित सी.आर.आई. श्रोत क्लवहरुको राष्टि्रय परिषद, नेपालले श्रोताहरुलाई नेपाली सेवासित सम्पर्क गराउने र नेपाली प्रसारणको प्रसार प्रसार गर्ने दिशामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । हाल नेपालमा सी.आर.आई का करिब 7 सयवटा श्रोता क्लवबहरु छन् । नेपाली श्रोताहरुबाट हरेक वर्ष प्राप्त पत्रहरुको संख्या एक लाखभन्दा बढी पुग्ने गरेको छ । सन् 1990 देखि यता जम्मा बारजना नेपाली श्रोताले सी.आर.आइ.द्बारा संचालित ज्ञान विज्ञान प्रतियोगितामा विशेष पुरस्कार जितेर चीनको भ्रमण गरिसक्नु भएको छ । नेपाली श्रोताहरुले भित्री ह्दयदेखि नै चिनिया अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवालाई हिमालय पार गर्ने मितेरी पुलको संज्ञा दिदै त्यसको उच्च प्रशंसा गर्नु भएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040