china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    वैज्ञानिक विकास हुनुका साथै साझा प्रयासमार्फत् मेलमिलाप निर्माण
    (GMT+08:00) 2009-10-15 19:15:12    

             नयाँ चीन स्थापनाको साठी‌औँ वार्षिकोत्सवको भब्य समारोहमा चीनका राष्ट्राध्यक्ष हु चिन थाउले महत्वपूर्ण मन्तव्य दिनुभएको थियो। चिनियाँ विशेषज्ञका अनुसार, विकासमा जोड दिनु नै राष्ट्राध्यक्ष हुको मन्तव्यमा रहेको केन्द्रीय विषयहरुमध्येको एक हो। विकासमा जोड दिनु नै चिनियाँ इतिहासको अनुभव र सामाजिक विकासको निचोड भएको मात्र नभई चीनको निर्माण तथा सुधार कार्यको शुरुवात तथा अन्तिम लक्ष्य पनि हो।

                  सन् 1992मा चीनको सुधार तथा खुलापनका महा डिजाइनर श्री तङ्ग स्याउ फिङ्गले "विकास हुनु ज्यादै आवश्यक हो"भन्ने धारणा प्रस्तुत गर्नुभएको थियो। चीनको सामाजिक विज्ञान एकेडेमीअन्तर्गत् निकट इतिहास अनुसन्धान विभागका उपप्रमुख यु ह फिङ्गका अनुसार, उक्त धारणा प्रस्तुत गरिएको कुरा चीनको अवस्था र सामाजिक विकाससम्बन्धी ऐतिहासिक निचोड हुनुका साथै चीनको सत्तारुढ पार्टीको हैसियतले चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ विशेषतायुक्त समाजवादको कसरी निर्माण गर्ने परिकल्पना पनि प्रष्ट भएको छ। श्री यु यसरी भन्नुहुन्छ:

                 श्री तङ्ग स्याउ फिङ्गले प्रस्तुत गर्नुभएको धारणा समष्टिगत दृष्टिकोणबाट हेर्दा समस्त मानव जाति अनुकुल हुनेछ। किनकि सबै मुलुकका लागि विकास हुनुपर्छ। तर उक्त धारणा प्रस्तुत गरिएको बेला हाम्रो देश अपेक्षाकृत पिछडिएको अवस्थामा थियो। अन्य मुलुकको तुलनामा चीनको अर्थतन्त्र पिछडिएको र जनसंख्या निकै बढी भएकाले अझ विकास हुनुपर्छ। के भन्नसकिन्छ भने विकसित मुलुकको दाँजोमा चीनको विकास झन् महत्वपूर्ण हुने भएको छ।

                श्री युका अनुसार, सुधार तथा खुल्लापन भन्ने कुरा विकासका लागि एक तरिका अथवा उपाय नै हो। आर्थिक विकास हुनका लागि विश्व विकास हुने पाइला अघि हुनुपर्छ। बाह्य जगतमा अधिकांश अग्रगामी वस्तुहरु भएकाले हामीले धेरै स्रोत-साधनको प्रयोग गर्नसक्नेछौं। हामीले उपयुक्त रुपमा बाह्य स्रोतको प्रयोग गर्ने कुरा हामी तीव्र र प्रभावकारी रुपमा उपलब्धि प्राप्त गर्नका लागि सघाउ पुग्नेछ।

                सुधार तथा खुल्लापन लागू भएका तीस वर्षभन्दा लामो समययता चीनमा उल्लेखनीय उपलब्धि प्राप्त भएको छ। राष्ट्रिय अर्थतन्त्र ठूलो पैमानामा वृद्धि भएको, जनताको जीवन-स्तर स्पष्टसँग माथि उठेको, सामाजिक प्रत्याभूति प्रणाली क्रमश: पूर्णता भएको र आधुनिकिकरण निर्माणमा टड्कारो उपलब्धि प्राप्त भएको देखिन्छ। नयाँ ऐतिहासिक वातावरणमा चीनमा वैज्ञानिक विकास हुने र मेलमिलापयुक्त विकास हुने धारणा पनि प्रस्तुत गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत् पार्टी विश्वविद्यालय मातहतको पार्टीको इतिहास अनुसन्धान विभागका प्राध्यापक श्री चु येनका अनुसार, वैज्ञानिक विकास हुने दृष्टिकोणबाट चीनको आर्थिक तथा सामाजिक विकास हुने विशेषताको निचोड गरिनुका साथै भावी चीनको विकास हुने ढाँचालाई पनि स्पष्टसँग देखाइएको छ। श्री चु येनले यसरी जानकारी दिँदै भन्नुभयो:

                हाम्रो चीन छयानब्बे लाख वर्गकिलोमिटर क्षेत्रफल रहेको विशाल मुलुक हो। सारा विश्वको नक्सामा हाम्रो चीनले ओगटेको क्षेत्रफल पनि कम छैन। स्रोत-साधनको प्रयोग गर्ने स्तर राम्रो कि नराम्रो भन्ने कुराले प्रत्यक्ष रुपमा समस्त विश्व अर्थात् पृथ्वी-गाउँको वातावरणलाई असर पार्ने भएको छ। यसै कारण हाम्रा राष्ट्राध्यक्ष हु चिन थाउले चीनको विकास हुनका लागि वैज्ञानिक विकास हुनुपर्ने कुरामा जोड दिनुभएको छ। उहाँको कुरा समस्त विश्व वातावरणका लागि एक किसिमको संरक्षण हुनुका साथै सारा विश्वमा उर्जा-स्रोतको किफायत गर्ने एक किसिमको आव्हान् पनि हो।

                चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत् पार्टी विश्वविद्यालय मातहतको पार्टीको इतिहास अनुसन्धान विभागका प्राध्यापक श्री चु येनका अनुसार, चीनले वैज्ञानिक विकास हुने र मेलमिलापयुक्त विकास हुने धारणा प्रस्तुत गरेको कुराबाट विश्व शान्ति तथा विकास कार्यमा चीनले लिएको दायित्वपूर्ण धारणा पनि प्रतिबिम्बित गरिएको छ। सर्वप्रथम चीनको विकासबाट विश्वमा छ खण्डको एक खण्डका जनताको बाँच्ने समस्याको समाधान गरिएको छ। जुन विश्व शान्ति तथा स्थिरताका लागि दिएको महत्वपूर्ण योगदान पनि हो। श्री चु येन यसरी भन्नुहुन्छ:

              चीनले सारा विश्वसँग विकास हुने र प्रगति हुने कुरामा पनि जोड दिएको छ। यो चीनले समस्त अन्तर्राष्ट्रिय समाजका लागि दायित्वपूर्ण धारणा देखाएको प्रतीक पनि हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040