china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन सरकारद्बारा पश्चिमी क्षेत्रलाई नयाँ विकास हुने रणनैतिक मुख्य विन्दुको रुपमा व्यवहार गरिने श्री वन च्या पाउको भनाइ
    (GMT+08:00) 2009-10-16 18:48:41    

            दशौँ चीनको पश्चिमी क्षेत्रको अन्तर्राष्ट्रिय मेला अर्थात् पश्चिमी क्षेत्रको दोस्रो अन्तर्राष्ट्रिय सहयोग मञ्च आजदेखि स छ्वान प्रान्तको छङ्ग तुमा सुरु भएको छ। चीनका प्रधानमन्त्री वन च्या पाउले मेलाको उद्धाटन् समारोहलाई सम्बोधन गर्दै हाल चीन सरकार पश्चिमी क्षेत्रको ठूलो विकासलाई गहन पारिने नीतिको तर्जुमा गरिरहनुका साथै पश्चिमी क्षेत्रलाई नयाँ अवधिमा विकास हुने रणनैतिक मुख्य विन्दुको रुपमा व्यवहार गर्ने जानकारी दिनुभयो।

                सन् 2000 को आरम्भमा चीनले पश्चिमी क्षेत्रको ठूलो विकास गर्ने महत्वपूर्ण रणनैतिक निर्णय गरेको थियो। त्यसपछि चीन सरकारले नीतिगत समर्थन, पूँजी लगानी, योजना बन्दोबस्त र श्रेष्ठ व्यक्तिको आदान-प्रदान आदि विषयमा पश्चिमी क्षेत्रलाई झन् झन् ठूलो समर्थन दिँदैआएको छ। दश वर्षसम्मको ठूलो विकासमार्फत चीनको पश्चिमी क्षेत्रमा बदलिँदो परिवर्तन देखापरेको छ। आजै सुरु भएको दशौँ चीनको पश्चिमी क्षेत्रको अन्तर्राष्ट्रिय मेलामा चीनका प्रधानमन्त्री वन च्या पाउले यसरी जानकारी दिँदै भन्नुभयो:

               आजको पश्चिमी क्षेत्रमा अर्थतन्त्र विकसित भैरहेको, सामाजिक प्रगति हुँदैगएको, जातिहरु एकताबद्ध भैरहेको र सीमा क्षेत्रमा स्थिरता हुँदै गएको देखिन्छ। पश्चिमी क्षेत्र चीनको महत्वपूर्ण पर्यावरणीय सुरक्षा नाका, रणनैतिक स्रोतको उद्गम स्थल र सीमा क्षेत्र खुला हुने अग्रस्थलको रुपमा पनि बन्दै जानेछ। हाल पश्चिमी क्षेत्र वृद्धि हुने गति सबैभन्दा छिटो, विकासको गुणस्तर सबैभन्दा राम्रो, शहर तथा गाउँबस्तीको परिवर्तन सबैभन्दा ठूलो र जनताहरु सबैभन्दा लाभान्वित हुने अवधिमा प्रवेश भएको छ। तथ्य कुराबाट के प्रमाणित छ भने चीन सरकारले अपनाएको पश्चिमी क्षेत्रको ठूलो विकास हुने रणनैतिक निर्णय एकदमै ठीक छ।

               सन् 2000 देखि सन्2008सम्मको अवधिमा चीनको पश्चिमी क्षेत्रको कूल गार्हस्थ्य उत्पादन मात्रा पहिलेको सोह्र खर्ब साठी अर्ब चिनियाँ युआनबाट बढेर अन्ठाउन्न खर्ब बीस अर्ब चिनियाँ युआनसम्म पुगेको छ। हरेक वर्षको औसत वृद्धि दर एघार दशमलब सात प्रतिशत रहेको छ।

               तर गत वर्षयता पश्चिमी क्षेत्रमा बिनाशकारी प्राकृतिक प्रकोप तथा अन्तर्राष्ट्रिय बैकिङ्ग संकटको दुवै प्रहार परेकाले दोस्रो दश वर्षको अवधिमा प्रवेश हुनलागेको पश्चिमी क्षेत्रको ठूलो विकास बाध्य भएर कठिन अवस्थामा आइपरेको देखिन्छ। यसै कारण अन्तर्राष्ट्रिय बैकिङ्ग संकटको सामना गर्ने एकमुष्ठ योजनाहरुमध्ये चीन सरकारले निरन्तर रुपमा दृढताका साथ पश्चिमी क्षेत्रको ठूलो विकासलाई गहन पार्दैजाने कुरामा जोड दिएको छ।

               दशौं चीनको पश्चिमी क्षेत्रको अन्तर्राष्ट्रिय मेलाको उद्धाटन समारोहमा प्रधानमन्त्री वन च्या पाउले "सम्पूर्ण रुपमा चीनको पश्चिमी क्षेत्रको विकास हुने स्तरलाई माथि उकास्ने"शिर्षकको महत्वपूर्ण मन्तव्य दिँदै पश्चिमी क्षेत्रको ठूलो विकास हुने चीन सरकारको अठोट पनि पुन:र्पुष्टि गर्नुभयो:

               म यहाँ के बताउँन चाहन्छु भने पश्चिमी क्षेत्रको ठूलो विकास हुने चीन सरकारको अठोटमा हलचल हुनु नहुने, नीतिमा कुनै पनि परिवर्तन नहुने र शक्ति कमजोर नहुने भएको छ।

               श्री वनका अनुसार, चीन सरकारले अन्तर्राष्ट्रिय जगत र देशभित्र यी दुवै दृष्टिबाट हेर्दा पश्चिमी क्षेत्रको विकासको स्तरलाई माथि उकास्ने कुरालाई अझ महत्वपूर्ण रणनैतिक स्थानमा राख्नेछ। साथै चीन सरकारले पश्चिमी क्षेत्रलाई आधुनिक व्यवसायको विकास हुने महत्वपूर्ण केन्द्रको रुपमा निर्माण गर्ने भएको छ।

               उक्त लक्ष्यलाई साकार तुल्याउनका लागि श्री वन च्या पाउले चीन सरकारले पश्चिमी क्षेत्रलाई नयाँ अवधिमा विकास तथा खुल्ला हुने रणनैतिक मुख्य विन्दुको रुपमा व्यवहार गर्ने कुरा बताउँदै भन्नुभयो:

               हाल हामी नयाँ दश वर्षको अवधिमा पश्चिमी ठूलो विकासलाई गहन पारिने नीतिको तर्जुमा गरिरहेका छौँ। चीन सरकारले दृढताका साथ विदेशतर्फ खुल्ला हुने आधारभूत राष्ट्रिय कार्यनीति अपनाउनुका साथै आपसी हितयुक्त र साझा समृद्धि हुने खुल्लात्मक आर्थिक प्रणालीको स्थापना गर्ने भएका छौँ। साथै हामीले पश्चिमी क्षेत्रलाई नयाँ अवधिमा विकास हुने रणनैतिक मुख्य विन्दुको रुपमा व्यवहार गरेर पश्चिमी क्षेत्र तथा वरिपरि मुलुक बीचको पूर्ण सहयोगलाई अघि बढाउनुका साथै चीन तथा विश्वका विभिन्न मुलुक बीचको साझा विकास तथा समृद्धिमा पनि जोड दिँदै जानेछौँ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040