china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय कर्तव्यलाई व्यहारमा उतारी चीनले विभिन्न मुलुकसँग मेलमिलापयुक्त संसारको निर्माण गर्ने
    (GMT+08:00) 2009-10-19 19:36:38    

               गत अक्टोबर एक तारिख जनगणतन्त्र चीन स्थापना भएको साट्ठीऔं वार्षिकोत्सव थियो। त्यस उपलक्ष्यमा आयोजित भव्य समारोहमा चीनका राष्ट्राध्यक्ष हु चिन थाऊले आठ मिनेट लामो भाषण दिनुभएको थियो। आफ्नो भाषणमा उहाँले चीन तथा विदेशबीचको सम्बन्धबारे चर्चा गर्दै शान्ति शब्दलाई धेरै पटक उच्चारण गर्नुभयो। चीनले विश्वका विभिन्न मुलुकका जनतासँगसँगै मिलेर दीर्घकालीन शान्ति तथा साझा समृद्ध संसारको निर्माण गर्ने इच्छा पनि राष्ट्राध्यक्ष हुले व्यक्त गर्नुभयो। यसबारे चर्चा गर्दै सम्बन्धित विशेषज्ञले यसबाट चीनले आफ्नो अन्तर्राष्ट्रिय कर्तव्यलाई सक्रियताका साथ व्यवहारमा उतारेको प्रतिविम्वित भएको ठहर गरेका छन्। अब सुनौं, हाम्रा रेडियो सम्बाददाताले पठाउनुभएको यस सम्बन्धी विस्तृत विवरणः

                राष्ट्राध्यक्ष हुले दिनुभएको भाषणले विदेशी संचारमाध्यमको ध्यान व्यापक रुपमा आकर्षित गरेको छ। ब्लुम्वर्ग समाचार समितिले विश्वका लागि आफ्नो योगदान गर्ने विश्वास तथा क्षमता चिनियाँ जनतासँग भएको कुरा उद्धृत गर्‍यो। चीनको यस्तो आत्म-विश्वासबारे चर्चा गर्दै चीन आधुनिक अन्तर्राष्ट्रिय सम्बन्ध अनुसन्धानालय अन्तर्गत विश्व अर्थतन्त्र अनुसन्धान केन्द्रका प्रमुख श्रीमती छङ फङ यीङले भन्नुभयोः "पहिले हामी विश्वको आर्थिक बृद्धिमध्येको एक सदस्य थियौ भन्यौं भने यस पटकको मौद्रिक संकट तथा भविष्यको विकासलाई अघि बढाउने मुख्य शक्ति बन्ने सम्भावना रहेको छ। दश वर्षअघि हामीले चीनको शक्ति त्यति ठूलो थिएन भन्ने महसुस गर्‍यौं भने आजकाल चीन विश्वको तेस्रो स्थानमा पुगेको छ र संकटपछि दोस्रो स्थानमा पुग्ने सम्भावना पनि छ। यसले गर्दा चीनले विश्वका लागि अझ ठूलो योगदान प्रदान गर्ने निश्चित छ। यसै कारण हाम्रो अन्तर्राष्ट्रिय कर्तव्य पनि स्पष्टसँग ठूलो बनेको छ र विश्वको विकास चीनका लागि महत्वपूर्ण छ भने चीनको विकास विश्वका लागि पनि।"

                   वास्तवमा चीन विश्वसँग खुला हुँदै आएदेखि यता सन् 1997 को एशियाली मौद्रिक संकट तथा यस पटकको विश्वव्यापी मौद्रिक संकटलाई सहज रुपमा पार गरी चीनले आफू एक भरपर्दो साझेदार मुलुक भएको कुरा विश्वसमक्ष प्रमाणित गरेको छ। अर्थतन्त्रको क्षेत्र मात्र नभइ राजनैतिक क्षेत्रमा पनि चीनले विश्वका मुख्य मुलुकसँग स्वस्थ तथा स्थिर सम्बन्ध स्थापित गरेको छ। सैनिक क्षेत्रमा अन्तर्राष्ट्रिय शान्ति संरक्षण कार्वाहीमा भाग लिने चिनियाँहरुको संख्या छिटो गरी बढनुका साथै कार्यभार तथा संलग्न क्षेत्र पनि विस्तार हुँदै आएको छ। आजआएर चीन संयुक्त राष्ट्र संघका पाँच स्थायी सदस्य मुलुकमध्ये सबभन्दा बढी शान्ति संरक्षण कार्यमा सैनिक पठाउने मुलुक बनेको छ। नयाँ शताब्दीमा प्रवेश भएयता, आतंकबाद विरोधी, आणविक प्रसारको प्रतिरोध, मौसम परिवर्तनको सामना लगायतका विश्वव्यापी समस्याको छलफल तथा समाधानमा चीनले भाग लिँदै आएको छ।

                 माथि उल्लेखित सबै कार्वाही चीनको शान्तिपूर्ण विकासको सिद्धान्तका आधारमा गरिएका हुन्। चीनको अर्थतन्त्रको बृद्धिले विश्वमा त्रास देखापर्ने भनाइ पनि आयो। यस्तो पृष्ठभूमिमा चीनका राष्ट्राध्यक्ष हु चिन थाऊले आफ्नो भाषणमा धेरै पटक चीनले स्वतन्त्र शान्तिपूर्ण कूटनैतिक नीति अडिगताका साथ अंगाल्दै जाने र शान्तिपूर्ण विकासको बाटोमा हिंड्दै जाने कुरा दोह्याउनुभयो। यसबारे आफ्नो विचार व्यक्त गर्दै विश्व अर्थतन्त्र अनुसन्धान केन्द्रका प्रमुख श्रीमती छङ फङ यीङले भन्नुभयोः "विश्वमा चीन त्रास हो भन्ने भनाइ छ। किनभने ठूलो मुलुकको विकासले अन्तर्राष्ट्रिय सम्बन्धको सामन्जस्य, अन्तर्राष्ट्रिय परिपाटीको परिवर्तन तथा श्रृंखलाबद्ध समस्या उत्पन्न गराउने छ। यसै कारणले शान्ति शब्दको प्रतिक्रिया जनाउनुपर्छ। हामी शान्तिपूर्ण विकास गर्दछौं। चीनले द्बन्द्ब खोजेमा चीन लगायत विश्वको विकास पनि हुँदै हुँदैन। यो निकै महत्वपूर्ण कुरा हो। हामीले विश्वलाई विश्वास दिलाउनुपर्छ कि हाम्रो विकासले विश्वको परिपाटीलाई गड्बड् गर्दैन। हामी शान्ति प्रेमी हौं र हामीलाई शान्ति चाहन्छौ।"

                    शान्तिको साथै अर्को शब्द अर्थात मेलमिलापयुक्त संसार उल्लेख गरिएको छ। मेलमिलापयुक्त संसारको निर्माण क्रममा चीनले निर्वाह गरेको भूमिकाबारे चर्चा गर्दै श्रीमती छङले भन्नुभयोः "यस प्रक्रियामा चीनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। दक्षिण-उत्तर सहयोग, पूर्व-पश्चिमको विकासका क्रममा चीनको भूमिका पुलको रुपमा देखिन्छ। जस्तै भनौं, विश्वका बीस मुलुक समूहमा चीन तथा ब्राजिल, रुस तथा भारतसँगको सहयोग राम्रो भयो र यो विश्वको आर्थिक पुनरुत्थान तथा बृद्धिका लागि निकै महत्वपूर्ण छ। यसका अतिरिक्त, भविष्यमा अझ निष्पक्ष तथा न्यायोचित अन्तर्राष्ट्रिय परिपार्टीको निर्माणका क्रममा चीनले रचनात्मक भूमिका निर्वाह गर्ने छ र चीनको त्यसमा सक्रिय सहभागीता रहने छ।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040