china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका उप-राष्ट्रपति सि चिनफिङको यूरोप भ्रमण उपलब्धिमूलक
    (GMT+08:00) 2009-10-21 17:59:20    

                  गत अक्टोबर सातदेखि एक्काईस तारिखसम्म चीनका उप-राष्ट्रपति सि चिनफिङले बेल्जियम, जर्मनी, बुल्गेरिया, हंगेरी तथा रोमैनियाको औपचारिक भ्रमण गर्नुभयो। साथै उहाँले यूरोपेली-चाइना कला दिवस, फ्रयाङ्गफट पुस्तक प्रदर्शनीको उद्धाटन समारोह एवं मुख्य अतिथि मुलुक भएको चीनको विविध कार्यक्रममा पनि भाग लिनुभएको थियो। उहाँको साथमा रहनुभएका चीनका उप-परराष्ट्र मन्त्री चाङ च च्युनले भ्रमण उपलब्धिमूलक रहेको र भ्रमणबाट चीन तथा ती पाँच मुलुकबीचको राजनैतिक विश्वास तथा परम्परागत मित्रतालाई बढाएको बताउनुभयो। उहाँको भ्रमण मैत्री तथा सहयोगको वृद्धि गर्ने माध्यम एवं सांस्कृतिक यात्रा रहेको ठहर पनि श्री चाङले व्यक्त गर्नुभयो।

                   उप-राष्ट्रपतिको यो यूरोप भ्रमण चीन तथा यूरोपबीचको सम्बन्धमा राम्रो विकासको प्रवृत्ति देखा परेको पृष्ठभूमिमा गरिएको एक महत्वपूर्ण कूटनैतिक कार्य हो। यसै कारणले ती पाँचवटा मुलुकले उहाँको भ्रमणलाइ महत्व दिँदै उच्चस्तरिय व्यवहार गरे। भ्रमणताका उप-राष्ट्रपति सि चिनफिङले ती पाँच मुलुकका नेतासँग भेट-वार्ता गरी द्बिपक्षीय तथा चीन-यूरोप सम्बन्धको विकासबारेमा बैचारिक छलफल गर्नुभयो। श्री सिले समान आधारमा एक-अर्काको आन्तरिक मामिलामा हस्ताक्षेप नगर्ने सिद्धान्तको पालना गरी चीन तथा ती मुलुकबीचको राजनैतिक विश्वास तथा मैत्रीपूर्ण सम्बन्धलाई बलियो पार्नु पर्ने वताउनुभयो।

                   वर्तमानको अन्तर्राष्ट्रिय मौद्रिक संकटबाट विश्वका विभिन्न मुलुकको आर्थिक विकासमा गम्भीर प्रभाव परेको छ। श्री सिले भ्रमण गर्नुभएका ती पाँचै मुलुकले मौद्रिक संकटको सामना गर्दा चीनले चालेको कदम तथा तीनको प्रभावमा ध्यान पु्र्‍याइ चीनको आर्थिक विकासमा देखा परेको राम्रो प्रवृत्तिको उच्च मूल्याङ्कन गर्नुभयो। भ्रमण क्रममा श्री सिले व्यापार तथा लगानीको संरक्षणबादको विरोध गर्ने चीनको अडानलाई स्पष्ट गर्दै चीनले यूरोपसँगसँगै मिलेर अन्तर्राष्ट्रिय मौद्रिक संकटको सामना गर्ने सक्रिय संकेत दिनुभयो। साथै उहाँले ती मुलुकसमक्ष व्यवहारिक सहयोगलाई वढाई आपसी व्यापारलाई विस्तार गर्नु पर्ने लगायतका विभिन्न सुझाव दिनुभयो। भ्रमणताका चीनले सम्बन्धित मुलुकसँग सरकारी सम्झौता सम्पन्न गर्नुका साथै उप-राष्ट्रपति सिको साथमा गएका चिनियाँ व्यवसायीहरुले पनि ती पाँचवटा मुलुकका आर्थिक क्षेत्रसँग त्रियान्नब्बे वटा सहयोग सम्झौता तथा विचार सम्झौतामा हस्ताक्षर गरे। ती सम्झौता अनुसार सात अर्ब चालिस करोड अमेरिकी डलर लगानी हुनेछ। जसमा चीन-यूरोपबीचको आर्थिक तथा व्यापारिक हितयुक्त सहयोगको शक्ति तथा फराकिलो भविष्य निहित रहेको प्रतिविम्वित भएको छ।

                    सांस्कृतिक आदान-प्रदान उप-राष्ट्रपति सि चिनफिङको भ्रमणको आकर्षण मानियो। यूरोपियन कला दिवस तथा फ्रयाङ्गफट पुस्तक प्रदर्शनी यूरोपमा लामो इतिहास भएको र प्रभावकारी सांस्कृतकि कार्यक्रम हुन। फ्रयाङ्गफट पुस्तक प्रदर्शनी विश्वको सांस्कृतिक आदान-प्रदान कार्यक्रमको दिशा देखाउने माध्यम मानिन्छ र यसलाई विश्वको प्रकाशन उद्योगको ओलम्पिक खेलकूद पनि भनिन्छ। यी दुईवटा सांस्कृतिक कार्यक्रमको मुख्य अतिथि मुलुकको हैसियतले चीनले राम्ररी तयार गरी चीनको परम्परागत संस्कृति, विचार तथा जनगणतन्त्र चीन स्थापना भएयताको संस्कृतिक क्षेत्रमा हासिल गरिएका ठूला उपबल्धिहरुबारे जानकारी दियो। फ्रयाङ्गफट पुस्तक प्रदर्शनीको उद्धाटन समारोहमा उप-राष्ट्रपति सि चिनफिङले सांस्कृतिक आदान-प्रदानको बृद्धिबारे भाषण दिनुभयो। आफ्नो भाषणमा सांस्कृतिक आदान-प्रदान गर्दा समझदारी तथा आदर चाहिन्छ र पक्षपात तथा गलत बुझाइको उलंघन गर्नुपर्ने ठहर व्यक्त गर्नुभयो। चीनले श्रेष्ट जातिय संस्कृतिको पालना गर्दै विश्वका विविध सभ्यताको श्रेष्ठता सिकेर मानसिक संसारलाई अझ यथेष्ट पार्ने इच्छा चीनले लिएको कुरा पनि श्री सिले वताउनुभयो।

                    चीनका उप परराष्ट्रमन्त्री चाङ च च्युनले उप-राष्ट्रपतिको यूरोप भ्रमणबाट चीन-यूरोप सम्बन्धलाई सुद्दृढ वनाउनुका साथै आपसी सांस्कृतिक आदान प्रदानलाई पनि प्रवर्द्धन गरेको बताउनुभयो। उहाँको भ्रमणले चीन तथा यूरोपका जनता बीचको समझदारीलाई बढाएको र आपसी सम्बन्धलाई पनि यथेष्ट पारेको बताइएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040