china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतमा राम्रो विकासको शुरुवात
    (GMT+08:00) 2009-10-22 21:20:01    

                विश्वसमक्ष चीनको तिब्बतको वर्तमान अवस्था तथा विकासको भविष्य एवं सहयोगको अवसरबारे जानकारी गराउनका लागि दोस्रो चीन तिब्बत विकास मञ्च आज इटलीको राजधानी रोममा शुरु भएको छ। हिजो आयोजित एउटा पत्रकार सम्मेलनमा तिब्बत स्वायत्त प्रदेशका उपाध्यक्ष टोथोले चिनियाँ तथा विदेशी संचारमाध्यमसमक्ष तिब्बतको वर्तमान अवस्थाबारे जानकारी दिनुभयो। अब सुनौं, हाम्रा रेडियो सम्बाददाताले पठाउनुभएको यस सम्बन्धी विस्तृत विवरणः

                हिजो आयोजित पत्रकार सम्मेलनमा टोथोले तिब्बतको आधारभूत अवस्था विशेष गरी तिब्बतमा प्रजातान्त्रिक सुधार लागू भएको पचास वर्षमा तिब्बतको विकास प्रक्रियाका साथै विविध ढङ्गले तिब्बतको विकासमा हासिल गरिएका उपलब्धिबारे जानकारी दिनुभयो। यसबारे विस्तृत रुपमा व्याख्या गर्दै उहाँले भन्नुभयोः "बितेका पचास वर्षको विकास प्रक्रियामा तिब्बतले दुईवटा फड्को मारेको छ। एउटा भनेको सामाजिक अवस्थाको फड्को हो। सन् 1959 अघि दास दासीको युगभन्दा झन गाह्रो अवस्थामा तिब्बत थियो। उनान्सट्ठी वर्षको प्रजातन्त्रिक सुधार पछि तिब्बत समाजबादी समाजमा प्रवेश गर्‍यो। दोस्रो फड्को भनेको आर्थिक फड्को हो। पिछडिएको र गरिब तिब्बतलाई सम्पन्न तुल्याइएको छ। यहाँनिर म एउटा कुराको ब्याख्या गरुँ। सन् 1959मा तिब्बतको कूल गार्हस्थ्य उत्पादन परिमाण सत्र करोड चालिस लाख थियो । सन् 2008मा आएर तिब्बतको कूल गार्हस्थ्य उत्पादन परिमाण उन्नाचालिस अर्ब पचास करोड चिनियाँ युआन पुग्यो। यो परिमाण सन् 1959को तुलनामा पैंसट्ठी गुणाले बृढि हो।"

                उहाँका अनुसार, गत वर्ष ल्हासामा भएको मार्च चौध घटनाले तिब्बतको स्थिरतामा मात्र नभइ तिब्बतको आर्थिक विकासमा पनि प्रभाव पारेको छ। उक्त घटना भएपछि केन्द्रिय सरकारको नेतृत्वमा स्थानीय सरकारले तुरुन्तै कदम चाली ल्हासाको जन जीवनलाई सामान्य तुल्यायो। जसका कारण तिब्बतको राम्रो विकास प्रवृत्ति कायमै रहेको छ। गत वर्ष तिब्बतको आर्थिक बृद्धि दश दशमलब एक प्रतिशत पुगेको थियो भने किसान एवं पशुपालकको औसत आम्दानी प्रतिव्यक्ति तीन हजार एक सय छयहत्तर युआन पुग्यो। यो संख्या पोहोर सालको सोही अवधिको तुलनामा तेह्र दशमलब छ प्रतिशतले वढि हो। तिब्बतको विकासको वर्तमान अवस्थाबारे जानकारी दिँदै उपाध्यक्ष टोथोले भन्नुभयोः "चालू वर्षको बृद्धि दर अझ धेरै हुने सम्भावना छ। हाम्रो यस वर्षको दश प्रतिशतको लक्ष्यलाई प्रत्याभूत गरेर बाह्र प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यतिर कोशिश गर्नु रहेको छ। सन् 2007मा तिब्बत गएका चिनियाँ पर्यटकहरुको संख्या चालिस लाख पुगेको थियो र गत वर्षको मार्च चौधमा भएको घटनाको प्रभावका कारण उक्त संख्यामा ठूलो मात्राले कमि आयो । तर चालू वर्षको जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिमा तिब्बतमा गएका पर्यटकहरुको संख्या सत्तचालिस लाख पचास हजार पुगेकोछ। यस आधारमा वर्तमान तिब्बतको राजनैतिक अवस्था स्थिर तथा समाज मेलमिलापयुक्त भएको, आर्थिक विकास राम्रो हुँदै गएको र विभिन्न जाति एकताबद्ध भएर राम्रोसँग बसोबास गर्दछन् भन्न सकिन्छ। तिब्बत हाल विकासको सबैभन्दा राम्रो अवस्थामा प्रवेश गरेको भन्नुपर्छ।"

                  इटलीका पत्रकारद्बारा सोधिएको केन्द्रिय सरकारले तिब्बतका लागि अंगालेको सुविधाजनक कदम तथा तिब्बतको खुलापन सम्वन्धी प्रश्नको जवाफ दिँदै उपाध्यक्ष टोथोले भन्नुभयोः "केन्द्रिय सरकारले तिब्बतको विकासमा महत्व तथा ध्यान दिँदै आएको छ। बितेका केही वर्षमा तिब्बतको आर्थिक विकासका लागि केन्द्रिय सरकारले चालिस वटा सुविधाजनक नीति लियो। ती नीतिहरुमा कर, मौद्रिक, ऋण तथा व्यवसायको विकासको प्रोत्साहनलाई समावेश गरिएको छ। तिब्बतको अर्थतन्त्र खुला भएको छ र हामी चिनियाँ तथा विदेशी व्यवसायीहरुलाई तिब्बतमा लगानी गार्न स्वागत गर्दछौं। हालसम्म केही विदेशी व्यवसायीहरुले तिब्बतमा लगानी लगाएका छन्। ल्हासा वियर कारखाना तीमध्येको एक हो।"

                 केही समयदेखि यता, दलाइ गूटले तिब्बतमा केही विकास भएतापनि विकासको अवसर तथा विकासको उपलब्धिबाट लाभान्वित हुने सबै हान जातिका व्यक्ति हुन भन्ने भनाइ छर्दै आएको छ। टोथोले यसको प्रतिक्रिया जनाउँदै भन्नुभयोः "सन् 2006देखि यता, तिब्बत स्वायत्त प्रदेशको स्थायी सरकारले तेह्र अर्ब साट्ठी करोड चिनियाँ युआन बराबरको रकम छुट्याइ किसान तथा पशुपालक आवास परियोजनालाई व्यवहारमा उतारेको छ। यस परियोजनाको उदेश्य ग्रामीण तथा पशुपालन क्षेत्रका किसान तथा पशुपालककालागि घर बनाउनु रहेको छ। हालसम्म दुई लाख उन्नाइस हजार परिवारका बाह्र लाखले सुरक्षित घर प्राप्त गरिसकेका छन्। भविष्यमा सरकारले तिब्बतमा रहेका सबै किसान तथा पशुपालकलाई सुरक्षित घरमा बसाउने योजना लिएको छ। हालसम्म तिब्बतमा किसान तथा पशुपालकको प्रतिव्यक्ति बस्ने क्षेत्रफल बाइस मिटर पुगेको छ। तिब्बतको विकास तथा परिवर्तन सबैलाई स्पष्टसँग थाहा छ ।तिव्वती जनताको विगतको कहाली लाग्दो आर्थिकस्थीती र अहीलेको सुविधामय जीवनकावीच कसैले तुलना नै गर्न सक्दैन ।विदेशमा रहेका पृथकतावादी तत्व पनि विकासको कुरालाई नकार्न सक्दैनन् र उनीहरुसँग त्यस बिषयमा बोल्ने आटनै छैन।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040