china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पश्चिमा सञ्चार माध्यमहरुबाट तिब्बतबारे जनाइएका समाचारहरुसँग निष्पक्षताको अभाव भएको -भारतीय विशेषज्ञ
    (GMT+08:00) 2009-10-23 19:21:57    

               विश्वका सामु चीनको तिब्बतको वर्तमान परिस्थिति र त्यसको विकासको भविष्य एवम सहयोगको अवशरबारे जानकारी दिने चीनको तिब्बतको दोस्रो विकास मञ्च" हिजो बाईस तारिखका दिन इटालीको राजधानी रोममा शुरु भएको छ। त्यस अवसरमा विभिन्न मुलुक र सरकारका चार सय जति विशेषज्ञ र प्रतिनिधिहरु उपस्थित भएका छन्। यसमा द हिन्दूका प्रधान सम्पादक नारासिम्खान रामले त्यस मञ्चमा " तिब्बतको अर्थतन्त्र र विकास" नाउँको सम्बोधन गरी बेलिविस्तार तथ्यहरुको प्रयोग गरी पश्चिमी माध्यम सञ्चारबाट तिब्बत समस्याबारे जनाइँदै आएका दुस्माचारहरुको खण्डन गर्नुका साथै मानव अधिकार त स्थानीय बासिन्दाहरुको वास्तविक जीवन स्तरबाट अलग हुनुहुँदैन भन्ने कुरामा पनि जोड दिनुभएको छ। उहाँको सम्बोधनले त्यहाँ उपस्थित प्रतिनिधिहरु र विभिन्न पक्षका व्यक्तिहरुलाई व्यापक आकर्षित पारिदिएको छ। अब पत्रकारले त्यहाँबाट पठाउनुभएको एउटा रिपोर्ट सुन्नुहोस्-

               पश्चिमी सञ्चार माध्यमहरुले तथाकथित " तिब्बतको मानव अधिकार समस्या" बारे धुमधाम गरी कुसमाचार दिंदै आएका थिए। तिनमा पुरानो तिब्बतमा जनताको आधारभूत मानव अधिकारको खराब अवस्थाबारे एक शब्द पनि भनिएका थिएनन्। तर तिनीहरुले नयाँ तिब्बतका विकास र प्रगतिहरुमाथि जानजानी हिलो छ्याप्दै आएका छन्। रामज्यूले के कुराको ठहर लिनुभएको छ भने पश्चिमी सञ्चार माध्यमहरुले तिब्बती मानव अधिकारबारे समाचार दिंदाखेरी " बंगालिंदै आएको " दृष्टिकोणको छनौट गर्दै आएका छन्। वास्तवमा मानव अधिकारमाथि हेर-विचार गर्नु त सार्वजनिक साधारण मानिसहरुको जीवनस्तरमाथि ठूलो नजर पुर्‍याउनुपर्छ। उहाँले भन्नुभयो- सामाजिक सदस्यहरुका आधारभूत वा अझै बढी मानव अधिकारलाई पूरा गर्न निर्णयात्मक समस्या चाहिं समाजको राजनैतिक परिपाटी, सकारको नीति, समाजमा प्रयोग गर्न सकिने श्रोत साधन एवम समाजका स्थायित्व र मेलमिलापयुक्त परिमाणको आधारमा हुनुपर्छ भन्ने कुरा स्पष्ट छ।

                सन् 2008 मा चीन र विश्वमा स्तब्धता भएको " मार्च चौध" हुलदङ्गा जस्ता गम्भीर हिंसात्मक आपराधिक घटना उत्पन्न भएको थियो। त्यसका लागि अनेकौं पश्चिमी अखवार, नेटवर्क, टी भी आदि सञ्चार माध्यमहरुले पटक पटक गरी कुसमाचारहरु जनाएका थिए। त्यसबारे श्री रामज्यूले तीमध्येका अनेकौं सञ्चार माध्यहरुबाट समाचार जनाइँदा निष्पक्षताको अभाव छ र पूराका पूरै दलाइबाट प्रदान गरिएका नक्कली समाचारहरुको भर पर्दै आएका थिए। त्यति मात्र नभई उनीहरुले तिब्बतमा विद्यमान समस्याहरुमाथि जोड वा तिनलाई ठूलो पार्दै हिंडेका थिए। यस कुराबाट पत्रकारहरुको पेशायुक्त सिद्धान्तबाट विपरीत हुन गएको देखिन्छ। उहाँको भनाइअनुसार वास्तवमा तिब्बतको शान्तिपूर्ण मुक्ति भएपछि चीन सरकारले सधैँ नै तिब्बतको विकासमा सँलग्न गर्दै आएको छ। हाल तिब्बत स्वायत्त प्रदेशको समाज स्थिर छ र नागरिकहरुको राजनैतिक सहभागिताको परिमाण निकै उच्च छ। उहाँले भन्नुभयो- तिबब्तमा गएका हरेक व्यक्त सबै नै के कुरा स्पष्ट छ भने समस्त पृथ्वीको मौद्रिक संकटको धक्का र " मार्च चौध" घटनाबाट गरिएका नराम्रो प्रभाव देखा परे पनि तिब्बत स्वायत्त प्रदेशको अर्थन्त्र सधैं नै स्थिर वृद्धि हुँदै आएको देखिन्छ। आर्थिक विकास, राजनैतिक स्थिरतालाई सबल पारी मेलमिलापयुक्त समाजको निर्माण गर्ने क्षेत्रलगायत् चीनको केन्द्रीय सरकारबाट प्राप्त गरिएका उपलब्धिहरुमाथि कुनै पनि मानिले हिलो छ्याप्न सक्दैन।

                त्यस अवसरमा श्री रामज्यूले तिब्बतको छिटो विकसित इतिहासको सिन्हावलोकन गर्नुभयो। उहाँको भनाइअनुसार छिङ्ग हाइदेखि तिब्बतसम्मको रेल मार्गको निर्माण पूरा भएपछि तिब्बत र चीनभित्री प्रदेशबीचको सम्पर्क फड्को मारेर विकसित हुँदै आएको छ। तिब्बतको विकासका उपलब्धिहरुबाट निकै आकर्षित भएको छ भनेर उहाँले जोड दिनुभयो।

                 पहिलो त द्रुतगतिले विकसित हुँदै आएको अर्थतन्त्र। दोस्रो चाहिँ तिब्बतले जोडतोडसित आधारभूत प्रबन्धको निर्माण, भौतिक पदार्थहरुको समृद्धि, जनसँख्याको स्थिर वृद्धि, जीवनस्तर र शिक्षा-दीक्षा र प्रविधि बारेको तालिम माथि बढ्दै आएको र तेस्रो तिब्बतको भित्री र बाहिर राजनैतिक वातावरणमा निकै सुधार भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040