
अहिले मेरो हातमा चाँगुनारायण-एकमा बस्ने हाम्रा नियमित श्रोता ललिता श्रेष्ठको एउटा पत्र छ। उहाँले सोध्नुभएको छ:चीनको सि आन शहरमा कतिवटा वंशले राज्य गरे?उनीहरुको को हुन?
सिआन शहर चीनको प्रसिद्ध पुरानो शहर हो। सि आन शहरमा दश वटा भन्दा बढी बंशहरुको राज्य भएको छ। सन 1126देखि पश्चिमी चौ वंश, छिंग वंश, हान वंश, स्वै तथा थाङ राज्य वंश आदि दश वटा भन्दा बढी वंशहरु सिआनमा स्थापना भएको छ।

श्या वंश र शाङ्ग वंशपछि चीनको प्राचीन कालको तेश्रो शासक वंश— चौ वंश थियो जसको शासनकाल इशापूर्व 1027 देखि इशापूर्व 256 सम्म थियो। इशापूर्व 256 मा छिंग वंशले चौ वंशलाई आफूमा समाहित नगरेसम्मको अवधि जम्मा 770 हुनआउँछ। चौ वंशको राजधानी अन्तै सरेको दिनलाई एउटा समय-विन्दु ठानेर राजधानी सर्नुभन्दा पहिलेको चौ वंशलाई पश्चिमी चौ वंश भनिन्थ्यो भने राजधानी सरेपछिको चौ वंशलाई पूर्वी चौ वंश भनिन्थ्यो। पूर्वी चौ वंशलाई फेरि वसन्त-शरद्काल र युद्ध-राज्यकालमा विभाजित गरिएको थियो।

पश्चिमी चौ वंश इशापूर्व 1027 मा स्थापित भएको थियो र त्यो इशापूर्व 771 सालमा पतन भयो। त्यसको इतिहास 257 वर्ष थियो। चौ वंशका प्रथम सम्राट चौ ऊ वाङ्गले राजधानीलाई काउ भन्ने ठाउँ (जुन अहिलेको पल्लो शान सी प्रान्तको सी आन शहरदेखि उत्तर पश्चिमी भागमा पर्छ।) मा सारिसकेपछि गठबन्धन सेनाको नेतृत्व गर्दै शाङ्ग वंशमाथि आक्रमण गर्नुभयो र यसमा विजय पनि पाउनुभयो। उहाँ बित्नुभएपछि उहाँका उत्तराधिकारी— छोरा चौ छंग वाङ्ग सम्राट बन्नुभयो। तर कलिलै उमेरका कारण उहाँ राज्यको शासन चलाउन असक्षम हुनुभयो। त्यसैले उहाँका काका चौ कोंग तानले राज्यको वास्तविक अधिकार आफ्नो हातमा लिएर शासन गर्नुभएको थियो। चौ कोंग तानले आन्तरिक स्थितिलाई स्थिर पार्नुभएपछि प्रशस्त सैनिकहरुलाई लिएर पूर्वतिर धावा बोल्दै विद्रोह त्यहाँ भएको विद्रोह साम्य पार्न सफल हुनुभयो। चौ कोंग तानले विजयका उपलव्धिहरुलाई मजबुत पार्ने अनेकन् महत्वपूर्ण पाइलाहरु चाल्नुभएको थियो। त्यसपछि मुलुकमा शान्त र फलिफापयुक्त स्थिति देखा परेको थियो। यसैकारण सो अवधिलाई इतिहासकारहरुले "सफल शासनकाल"को संज्ञा दिएका छन।
|