china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका परराष्ट्र मन्त्रीद्वारा प्रधानमन्त्री वन च्या पाउ पूर्वी एशियाली मुलुकहरुका नेताहरुको शिखर सम्मेलनमा सहभागी हुनुभएको बारे जानकारी
    (GMT+08:00) 2009-10-26 19:54:41    
            चीनका प्रधानमन्त्री वन च्या पाउ यसै महिनाको तेइस तारिखदेखि पचीस तारिखसम्म थाइल्याण्डको ह्वा हिनमा चीन र आशियानका नेताहरु बीचको बाह्रौं शिखर सम्मेलन, आशियान तथा चीन, जापान, गणतन्त्र कोरियाका नेताहरु बीचको बाह्रौं सम्मेलन तथा पूर्वी एशियाको चौथो शिखर सम्मेलनमा सहभागी हुनुभयो। हिजो बेलुका प्रधानमन्त्री वन च्या पाउ विशेष विमानद्वारा पैचिङ फर्कनुभयो। उहाँको साथमा रहनुभएका चीनका परराष्ट्र मन्त्री याङ चे छका अनुसार, सो सम्मेलन अवधिमा प्रधानमन्त्री वन च्या पाउले हातमा हात मिलाएर संकट तथा चुनौतिको संयुक्त रुपमा सामना तथा क्षेत्रीय सहयोगलाई गहन पार्ने विषयमा नयाँ कदम तथा नयाँ प्रस्ताव प्रस्तुत गर्नुभयो। प्रधानमन्त्री वन च्या पाउले मित्रता, सदिच्छा, सहयोग तथा विश्वास अभिव्यक्त गर्नुका साथै सो सम्मेलनको सफलताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। अब यस सम्बन्धी एक विस्तृत् विवरण ।

            परराष्ट्र मन्त्री याङ चे छका अनुसार, वितेका केही वर्षदेखि पूर्वी एशियाका मुलुकहरु बीचको सहयोग तिब्र गतिले अघि बढेको छ भने विभिन्न मुलुकको हित घनिष्ठसँग गाँसिएको छ। चीनले स्वदेशको अर्थतन्त्रको स्थिर तथा द्रुत विकासलाई अघि बढाउनुका साथै पूर्वी एशियाका मुलुकहरु बीचको सहयोगमा जोड दिएको छ। अन्तर्राष्ट्रिय बैंकिंग संकटको सामना गर्ने निर्णायक बेलामा यस पटकको सम्मेलनको आयोजना हुनु अर्थपूर्ण रहेको छ।

            यस पटकको सम्मेलनमा प्रधानमन्त्री वन च्या पाउले महत्वपूर्ण सम्बोधन गर्नुभयो। उहाँले मौसम परिवर्तन तथा बैंकिंग संकटको सामना गर्न, पूर्वी एशियाका शिखर सम्मेलनका सदस्य मुलुकहरु बीचको आदान-प्रदान तथा सहयोगलाई सबल पार्नु पर्ने चीनको सुझाव प्रष्टसँग राख्नुभयो। उहाँको सम्बोधनलाई विभिन्न पक्षले उच्च मूल्याँकन गरेका छन्। चीनले एशियामा एकता, सहयोग तथा विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याएको ठहर उनीहरुको छ।

             चालू वर्षको अप्रिल महिनामा चीन सरकारको तर्फबाट प्रधानमन्त्री वन च्या पाउले दश अर्ब अमेरिकी डलरको चीन-आशियान लगानी सहयोग सम्बन्धी कोषको स्थापना गर्ने घोषणा गर्नुभयो। जसले आशियानलाई पन्ध्र अर्ब अमेरिकी डलरको ऋण उपलव्ध गराउनुका साथै आशियानका विपन्न मुलुकहरुलाई सत्ताइस करोड चिनियाँ युआनको विशेष सहायता लगायतको सहायता पुर्‍याउनेछ। चीन-आशियान स्वतन्त्र व्यापार क्षेत्रको निर्माण पूर्वनिर्धारित समय अनुसार सन् 2010मा चौतर्फी रुपमा पूरा हुनेछ।

             पूर्वी एशियाका मुलुकहरु बीचको सहयोगबारे चर्चा गर्दै परराष्ट्र मन्त्री याङ चे छले चीन पूर्वी एशियाको सहयोगको सबैभन्दा चाँडै समर्थन गर्ने मुलुकहरुमध्येको एक भएको वताउनुभयो। प्रधानमन्त्री वन च्या पाउका अनुसार, अन्तर्राष्ट्रिय बैंकिंग संकटको सामना गर्नु अबको पनि जरुरी बिषय हो। पूर्वी एशियाका मुलुकहरुले व्यापार तथा लगानीका लागि अरु बढी सुविधा उपलव्ध गराउनुपर्ने, यस क्षेत्रमा व्यापार तथा लगानीलाई बढाउन प्रयास गर्नुपर्ने, विश्वमा नयाँ चरणको औद्योगिक क्रान्तिसँग मेल खाने हरित अर्थतन्त्र लगायतका क्षेत्रमा रहेको सहयोगलाई सबल पार्नुपर्नेछ।

             सो सम्मेलन अवधिमा प्रधानमन्त्री वन च्या पाउ अनेकन द्वीपक्षीय वार्तामा सहभागी हुनु भयो। अस्ट्रेलियाका प्रधानमन्त्री केभिन रुदसँगको भेटमा प्रधानमन्त्री वन च्या पाउले भन्नुभयो,  

             चीन र अस्ट्रेलियाबीचको सम्मान, विश्वासिलो तथा सहयोगात्मक सम्बन्ध दुई मुलुक तथा दुई मुलुकका जनताको आधारभूत हितसँग अनुकूल रहेको छ। त्यो एशिया प्रशान्त क्षेत्रको शान्ति, स्थिरता तथा समृद्धका लागि पनि उपयोगी हुनेछ। तपाईंसँगै मिलेर उक्त उद्देश्यलाई साकार तुल्याउन संयुक्त प्रयास गर्न म इच्छुक छु।

             भारतका प्रधानमन्त्री मनमोहन सिंहसँगको भेटमा दुई मुलुकबीचको सिमा समस्याबारे चर्चा गर्दै सहमती भएको राजनीतिक सिद्धान्त बमोजिम हार्दिक वार्तामार्फत दुवै पक्षले स्वीकार गर्नसक्ने प्रस्ताववाटै समस्याको समाधान निस्कने आशा प्रधानमन्त्री पाउले लिनुभयो। श्री याङ चे छले छिमेकी मुलुकहरुसँग असल छिमेकी मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धको विकास गर्न चीनले उच्च महत्व दिंदै आएको वताउनुभयो। प्रधानमन्त्री वन च्या पाउले सो सम्मेलनमा सहभागी हुनुभएका केही नेताहरुसँग भेटघाट गरेपछि धेरै महत्वपूर्ण मतैक्य हासिल गर्नुभयो।

             प्रधानमन्त्री वन च्या पाउले यस सुअवसरलाई छोपेर भारतका प्रधानमन्त्री मनमोहन सिंह तथा अस्ट्रेलियाका प्रधानमन्त्री केभिन रुदसँग भेट-वार्ता गर्नुभयो। जसले चीन-भारत सम्बन्ध तथा चीन-अस्ट्रेलिया सम्बन्धको विकास गर्न तथा अरु सम्बन्धित मुलुकहरुसँगको सम्बन्ध विकासका लागि नयाँ शक्ति प्रदान गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040