china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नयाँ चीन स्थापनाको 60 औँ वार्षिकोत्सवका अवसरमा चीन अध्ययन केन्द्रले विशेष स्मारिका प्रकाशन गरको छ
    (GMT+08:00) 2009-10-27 19:27:17    
            नेपाल र चीनबीचको मैत्री सम्बन्धमा काम गरिरहेको चीन अध्ययन केन्द्रले विशेष स्मारिका प्रकाशन गरेको छ । अध्ययन केन्द्रले नियमित प्रकाशन गर्दै आएको मितेरी पत्रिकालाई नयाँ चीन स्थापनाको 60 औँ वर्ष पुगेको उपलक्ष्यमा विशेषाका रुपमा प्रकाशन गरेको हो ।

            चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मी र महासचिव डा. उपेन्द्र गौतमले 60 औँ वार्षिकोत्सवका अवसरमा अक्टोबरको 1 तारिख बेइजिङ्गमा आयोजित विशेष समारोहमा नेपाली गैर सरकारी प्रतिनिधिका रुपमा भाग लिनु भएको थियो । सोही समारोहको फोटोलाई स्मारिकाको आवरण पृष्ठमा सजाइएको छ । त्यसैगरी नेपालका प्रधानमन्त्री तथा मुख्य राजनीतिक दलका नेता र नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गको शुभकामना सन्देसलाई पनि सो स्मारिकामा समावेश गरिएको छ ।

            स्मारिकामा नेपाल र चीनबीचको मैत्री सम्बन्ध तथा विगत 60 वर्षमा चीनले उपलब्धी गरेका प्रगतिका नेपालका प्रख्यात् नेपाली विद्वानहरुका लेख राखिएका छन् । चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मी, राजनीतिज्ञ कीर्तिनिधि विष्ट, प्राध्यापक मोहन लोहनी, प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार राजन भट्टराई, कृष्ण विलास, डा. उपेन्द्र गौतम प्राध्यापक डा. विश्वेश्वरमान श्रेष्ठ र वाइबी थापाका लेखहरु रहेका छन् ।

             चीन अध्ययन केन्द्रले आजै प्रकाशन गरेको सो स्मारिकामा विश्व अर्थतन्त्रमा चीनको उदयले पारेको प्रभाव र दक्षिण एसियामा चीनले गरेको सहयोगमाथि पनि प्रकाश पारिएको छ । नयाँ चीन स्थापनाको 60 औँ वार्षिकोत्सवका अवसरमा बेइजिङ्गमा आयोजित विशेष समारोहमा चिनियाँ राष्ट्रपति हु चिनथाओले दिनुभएको मन्तव्यलाई पनि सो स्मारिकामा विशेष महत्व दिएर प्रकाशन गरिको छ ।

            चेतनाथ आचार्य

            सि.आर.आई.

            काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040