china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    दक्षिण एसियाली मैत्री संघहरुको सम्मेलनमा भाग लिनका लागि नेपाली प्रतिनिधिहरु बेइजिङ्ग आइपुगेका छन्
    (GMT+08:00) 2009-10-28 20:12:14    
             भोलिदेखि चीनको राजधानी बेइजिङ्गमा सुरु हुने दक्षिण एसियाली राष्ट्रहरुमा सञ्चालित चिनियाँ मैत्री संघहरुको सम्मेलनमा भाग लिनका लागि नेपाली प्रतिनिधिहरु हिजो काठमाडौँबाट चीन बेइजिङ्ग प्रस्थान गरेको छन् । बेइजिङ्गमा आयोजना हुने सो सम्मेलनमा नेपालका विभिन्न चारवटा संस्थाले भाग लिएका छन् ।

             बेइजिङ्ग प्रस्थान गगर्नुपूर्व त्रिभुवन अन्तर्राष्टि्रय विमानस्थलमा सि.आर.आई.सँग कुरा गर्दै नेपाल चीन युवा मैत्री संघका अध्यक्ष प्रकाशबाबु पौडेलले सम्मेलनमा नेपालको उपस्थिति महत्वपूर्ण रहने बताउनुभयो । अध्यक्ष पौडेलका अनुसार दक्षिण एसियामा चीनको संस्कृति र चिनियाँ भाषाको विस्तार गरी जनतासम्म मैत्री सम्बन्धलाई पुर्याउनु सम्मेलनको प्रमुख उद्देश्य रहेको छ । चीनसँग असल सम्बन्ध राख्ने दक्षिण एसियाली राष्ट्रहरुबीचको अनुभव आदानप्रदान तथा मैत्री भावनालाई साझा मञ्चबाट उठाएर अन्तर्राष्टि्रय मैत्री भावनाको विकास गराउने सम्मेलनको दोस्रो उद्देश्य रहेको अध्यक्ष पौडेल बताउनुहुन्छ ।

            नेपालबाट नेपाल चीन युवा मैत्री संघका अतिरिक्त अरनिको समाज, नेपाल चीन समाज र नेपाल चीन कार्यकारी परिषदका दुई दुईजना पदाधिकारीले सो सम्मेलनमा भाग लिँदैछन् । नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई जनस्तरसम्म पुर्याउन दर्जनौँ संघसंस्थाहरु सक्रिय रहेका छन् । सामाजिक क्ष्ोत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका ती संस्थाहरुले आ-आफ्नो गतिविधिलाई समेत बेइजिङ्गमा आयोजित सो सम्मेलनमा प्रस्तुत गर्नेछन् ।

             चीनको राजधानी बेइजिङ्गमा पहिलो चोटि आयोजना हुँदै गरेको सो सम्मेलनमा नेपालका अतिरिक्त भारत, वंगलादेश, पाकिस्तान र श्रीलंकाका विभिन्न मैत्री संघहरुले भाग लिँने भएको छन् ।

            चेतनाथ आचार्य

            सि.आर.आई.

            काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040