china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय समाजद्वारा ए.एच.वान.एन.वान फ्लुको फैलावटबारे सतर्कता कायम राखिएको
    (GMT+08:00) 2009-10-28 20:11:49    

              उत्तरी ध्रुवमा शरद तथा हिउँद ऋतु आएको शिलशिलामा ए.एच.वान.एन.वान फ्लुको फैलावट अहिले अन्तर्राष्ट्रिय समाजको ध्यानाकर्षण भएको विषय बनेको छ। अक्टोबर प्रवेश भएपछि अमेरिकाले समस्त मुलुक ए.एच.वान.एन.वान फ्लुसम्बन्धी "राष्ट्रिय जरुरी अवस्था"मा प्रवेश भएको कुरा जनाएको छ। अमेरिका, जापान, फ्रान्स, बेलायतलगायतका मुलुकहरुले ए.एच.वान.एन.वान फ्लुको सुइ लगाइने कार्यक्रम अघि पछि गरी थालेका छन्। चिनियाँ रोग नियन्त्रण केन्द्रको सरुवा रोगसम्बन्धी प्रथम विशेषज्ञ चङ क्वाङका ठहरअनुसार, ए.एच.वान.एन.वान फ्लुको फैलावटको प्रवृति देखापरेको छ। भयङ्कर रोगीहरु बढेको कारण सुइको उत्पादन अभाव देखिएको छ। अन्तर्राष्ट्रिय समाजले ए.एच.वान.एन.वान फ्लुको फैलावटबारे सतर्कता कायम राखेको छ। अब यससम्बन्धी एउटा विस्तृत विवरण सुन्नुहोस्।

             ए.एच.वान.एन.वान फ्लु चालुवर्षको अप्रिल महिनामा मेक्सिकोमा सर्वप्रथम देखिएयता द्रूत गतिले विश्वमा त्यसको फैलावट भएको छ। श्री चङ क्वाङका अनुसार, ऋतु परिवर्तन भएको शिलशिलामा दक्षिणी ध्रुवमा फ्लुको फैलावट गइसकेपछि उत्तरी ध्रुवमा फैलावट सुरु भएको छ।

             दक्षिणी ध्रुवमा ए.एच.वान.एन.वान फ्लुको फैलावट भइसकेको छ। तथापि अहिले उत्तरी ध्रुवमा त्यसको दोस्रो चरणको फैलावट सुरु भएको छ। अहिले यस फ्लुको फैलावटको गति पहिलेभन्दा धेरै छिटो भएको छ। केही भयङ्कर रोगीहरु देखापरेका छन्।

            श्री चङ क्वाङका जानकारीअनुसार, अहिले चीनमा फ्लुको अवस्था केही नयाँ परिवर्तन भए तापनि अरु मुलुकहरुको तुलनामा त्यसभन्दा अगाडि चीनले राम्रोसँग फ्लुको प्रतिरोध तथा नियन्त्रण गरेको कारण चीनको समग्र अवस्था अरु देशभन्दा राम्रो देखिन्छ।

             किनभने हामीले पहिले राम्रोसँग काम गरेका कारण फ्लुको फैलावट पछि सारिएको छ। फ्लुको जांचबुझमा ए.एच.वान.एन.वान फ्लु ओगट्ने अनुपात झन् झन् बढ्दै आएको छ। अहिले त्यो पचास प्रतिशत भन्दा बढी पुगेको छ।

             ए.एच.वान.एन.वान फ्लुको सामना गर्नका लागि अमेरिकी सरकारले यस महिनाको तेइस तारिख अमेरिकाले समस्त मुलुक ए.एच.वान.एन.वान फ्लु सम्बन्धी "राष्ट्रिय जरुरी अवस्था"मा प्रवेश भएको कुरा घोषणा गरेको थियो। श्री चङ क्वाङका अनुसार, अमेरिकाको उक्त गतिबिधिले पुरानो नियमलाई तोडेर ए.एच.वान.एन.वान फ्लुको उपचार तथा नियन्त्रणका लागि सकारात्मक कारकतत्व ल्याएको छ।  

             अमेरिका विश्वमा सबैभन्दा पहिले ए.एच.वान.एन.वान फ्लु देखापरेका मुलुकहरुमध्येको एक हो। अमेरिकाले यस्तो कदम चालेको कुराले अहिले फ्लुसम्बन्धी अवस्था निकै गम्भीर रहेको प्रष्ट पारेको छ। पुराना नियमलाई नतोडेमा प्रशस्त रोगीहरुले सम्बन्धित उपचार पाउने छैनन्। अरु देशहरुले यस समस्याप्रति सम्बन्धित कदम चाल्नुपर्ने मलाई लागेको छ।

             अहिले ए.एच.वान.एन.वान फ्लुको अवस्थामा केही परिवर्तन भएको परिस्थितिमा विश्व स्वास्थ्य संगठनका निर्देशक छन फङ फु चनले यस महिनाको बाइस तारिख बोल्दै फ्लुको सुइ लगाउनु त्यसको प्रतिरोध गर्ने सबैभन्दा प्रभावकारी कदम हो भन्ने कुरा वताउनुभयो। हाल केही मुलुकहरुले अघिपछि गरी सुइ लगाउने गतिबिधि थालेका छन्। यसबारे चर्चा गर्दा श्री चङ क्वाङले अहिले ए.एच.वान.एन.वान फ्लुसम्बन्धी परिस्थितिमा नयाँ परिवर्तन भएको हुनाले विभिन्न मुलुकहरुले सक्रिय गतिबिधि चलाएर भयँकर रोगीहरुलाई प्राथमिक स्थानमा उपचार गर्नुपर्ने कुरा बताउनुभयो। सुइको उत्पादनको अभाव हुनाले विश्वका मुलुकहरुले त्यसको उत्पादनलाई धुमधामसँग गर्नुपर्ने कुरा पनि उहाँले बताउनुभयो।  

              अहिले निर्णायक कुरा भनेको समयमै भयङ्कर रोगीलाई फेला पार्नुपर्ने हो। भयङ्कर रोगीहरुलाई उचित अस्पतालमा पुर्‍याइनु सबैभन्दा निर्णायक कुरा हो। विश्वमा अहिले कुनै पनि देशको सुइको संख्या पुगेको छैन। फ्लुको फैलावट छिटो भएको हुनाले त्यसको सुइको उत्पादनको अभाव छ। कतिपय विकासोन्मुख मुलुकहरुले अन्तर्राष्ट्रिय समाजले सुइको उत्पादनलाई गतिशील तुल्याउने प्रक्रिया पर्खनुपर्ने भएको छ। विश्व स्वास्थ्य संगठनले उनीहरुलाई सहायता पुर्‍याएको छ। केही प्रगति भएतापनि विकासोन्मुख मुलुकको जनसंख्या बढी भएको कारण विकसित मुलुकले झैँ धेरै जनताले सुइ लगाउन सक्दैनन्।

             थाहा भएअनुसार, एशिया, अफ्रिका तथा ल्याटिन अमेरिकाका केही विकासोन्मुख मुलुकहरुले विश्व स्वास्थ्य संगठनमा निबेदन पेश गरी ए.एच.वान.एन.वान फलुको सुइसम्बन्धी सहायता तुरुन्तै पाउन सक्ने आशा लिएका छन्। यसबारे चर्चा गर्दा श्री चङ क्वाङले अन्तर्राष्ट्रिय समाजले विपन्न मुलुकहरुलाई अरु बढी ख्याल विचार गर्नुपर्ने कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040