
चीन-अमेरिका 20औं संयुक्त व्यापार तथा वाणिज्य आयोगको सम्मेलन आज हाङ्ग चौमा शुरु भएको छ । चीनका उप प्रधानमन्त्री वाङ्ग छी शान, अमेरिकी वाणिज्य मन्त्रालयका प्रमुख केरि र अमेरिकी व्यापारिक प्रतिनिधी क्रिकले उक्त सम्मलनको संयुक्त रुपमा अध्यक्षता गर्नुभयो ।
उप प्रधानमन्त्री वाङ्गले यस वर्ष चीन र अमेरिकाबीचको दौत्य सम्बन्ध कायम भएको 30औं वर्ष हो भन्दै चीन र अमेरिकाबीचको सम्बन्ध ऐतिहासिक घडिमा रहेको बताउनुभयो । अमेरिकी राष्ट्रपति ओबामाले आगामी माहिना गर्नुहुने चीनको पहिलो भ्रमणले दुई मुलुकको सहयोगका लागि थप अवसर उपलव्ध गराउने उहाँले वताउनुभयो ।

उप प्रधानमन्त्री वाङ्गले उक्त सम्मेलनवाट खुला, व्यवहारिक र आपसी सम्झदारीका आधारमा दुई मुलुकले साझा अभिरुची तथा विध्यमान समस्याको समाधानका लागि प्रयास गर्ने आशा प्रकट गर्नुभयो ।
|