china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाललाई दिइँदै आएको चिनियाँ सहयोगलाई बढाउँदै लाने नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले बताउनु भएको छ
    (GMT+08:00) 2009-10-29 19:20:12    
            अन्य मुलुकलाई दिने अनुदान रकम घटाए पनि चीनले नेपाललाई दिने अनुदान वृद्धि गर्ने जनाएको छ । विश्वव्यापी आर्थिक मन्दीका कारण चीन सरकारको आय घटेको हुनाले विदेशमा दिइन अनुदान घटाए पनि नेपाललाई दिने अनुदान भने 50 प्रतिशत वृद्धि गरिएको नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले बताउनु भएको छ ।

            नेपाल चाइना हिमालयन फ्रेण्डशीप सोसाइटीले हिजो मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै चिनियाँ राजदूत छ्वुले भन्नुभयो "यसअघि वार्षिक एक सय मिलियन युआन अनुदान दिँदै आएकोमा यो वर्ष एकसय पचास मिलियन युआन अनुदान दिने भएका छौँ ।" सोसाइटीले नेपालको आर्थिक विकासमा चीनको भूमिका विषयक कार्याशाला आयोजना गरेको थियो ।

            गत वर्ष आफ्नै आर्थिक वृद्धि घटेको कारण चाहे अनुसार नेपाललाई दिइँदै आएको सहयोग रकमलाई बढाउन नसकिएको राजदूत छ्वुले स्पष्ट पार्नुभयो । चीनले नेपाललाई गर्ने सहयोगका लागि प्राथमिक क्षेत्र पनि छुटाएको बताउँदै गरिबी निबारण, सडक, पर्यटन, सुख्खा वन्दरगा जस्ता कुरा प्राथमिकतामा परेको उहाँले बताउनुभयो ।

            चिनियाँ कम्पनीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरेको पनि उहाँले सो अवसरमा जानकारी गराउनुभयो । राजदूत छ्वुले भन्नुभयो "हामीले चिनियाँ कम्पनीको संयुक्त लगानीका लागि सहुलियतपूर्ण कर्जा समेत उपब्ध गराउँछौँ ।"

           सो अवसरमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेकपा एमालेका नेता प्रदीप नेपालले पनि नेपालको विकासमा चिनियाँ सहयोगका बारेमा बोल्नु भएको थियो ।

           चेतनाथ आचार्य

           सि.आर.आई.

            काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040