china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पाकिस्तानमा गम्भीर बम बिस्फोट
    (GMT+08:00) 2009-10-29 19:19:50    
             पाकिस्तानी उत्तर-पश्चिमी भागमा पर्ने सिमातटवर्ती प्रान्तको सदरमुकाम पेशावरमा हिजो एउटा बस बिस्फोट गराइएको छ। यसबाट हालसम्म कम्तीमा एक सय मानिसको ज्यान जानुका साथै दुई सयभन्दा बढी मानिस घाइते भएका छन्। मृत्यु भएका मानिसको सङ्ख्या अझ बढी हुने सम्भावना रहेको छ।

            हिजो दिउँसो एक बजेर चालीस मिनेटतिर पेशावर शहरको एउटा रमाइलो क्षेत्रमा एउटा बम बिस्फोट गराइएको थियो त्यसमा परी धेरै प्रबन्धहरू गम्भीर रुपमा ध्वस्त भएका छन्। बिस्फोट भएपछि उद्धारकर्मीहरु तुरुन्तै त्यसतर्फ गएका थिए।

             पाकिस्तानी राष्ट्रपति असिफ अलि जार्दारी र प्रधानमन्त्री युसुफ राजा गिलानीले सोही दिन बेग्ला बेग्लै वक्तव्य प्रकाशित गर्दै उक्त बम बिस्फोट गराउने आतंकवादी तत्वहरुको कडा निन्दा गर्नुका साथै छिटोभन्दा छिटो यस घटनाबारे जाँचबुझ गराउने आदेश दिनुभएको छ। साथै संयुक्त राष्ट्र संघीय महासचिव बान कि मूनले उक्त आक्रमणको घटनाबाट नागरिकहरुको ठूलो परिमाणको हताहतीको कडा निन्दा व्यक्त गर्नुभएको छ। उहाँका अनुसार कुनै पनि निहुँले यस किसिमको हिँसात्मक गतिविधिलाई पन्छाउन सक्दैन।

             यस बम विस्फोटपछि पाकिस्तानी नागरिकहरुमा सुरक्षाको चिन्ता बढ्दै आएको छ। उनीहरूले पाकिस्तान सरकारले निरन्तर रुपमा सुरक्षित कदमलाई बलियो गरी सुरक्षालाई प्रत्याभूत गर्न आव्हान् गरेका छन्। जनमतको ठहरअनुसार आतंकवादी आक्रमणको उद्देश्य समस्त नागरिकलाई त्रसित बनाउनु हो। तर यस आतंकवादविरुद्धको युद्धमा पाकिस्तानले अवश्य पनि सफलता प्राप्त गर्नेछ भन्ने नागरिकहरुले ढृढता व्यक्त गरेका छन्। यसका साथै पाकिस्तानमा अमेरिकाविरोधी भावना पनि दिनप्रति दिन बढ्दै आएको छ। अधिकांश उच्च तहका व्यक्तिहरुलगायत् पाकिस्तानी नागरिकहरुले के ठहर गरेका छन् भने पाकिस्तानले अमेरिकाको नेतृत्वमा भएको आतंकवादविरोधी युद्धमा ठूलो मूल्य चुकाउदै आएको छ।

              उक्त आक्रमणको घटना भएलगत्तै अमेरिकी परराष्ट्रमन्त्री हिलारी क्लिन्टन पाकिस्तानको राजधानी इस्लामाबाद पुगी त्यहाँको तीन दिने भ्रमण शुरु गर्नुभएको छ। यो भ्रमण श्रीमती हिलारीको अमेरिकी परराष्ट्रमन्त्रीको पदमा आसिन भएपछिको पहिलो हो । यस घटनापछि उहाँले हिँसात्मक आतंकवादी तत्वको कडा निन्दा गर्नुका साथै अमेरिकाले पाकिस्तानमा स्थिरता र शान्ति ल्याउनका लागि सहयोग गर्ने कुरा बताउनुभएको छ। साथै उहाँले उर्जा-स्रोतमा कमी भएको समस्याले पाकिस्तानको आर्थिक विकासमा गम्भीर प्रभाव पारेको र अमेरिकाले पाकिस्तानलाई सम्बन्धित् सहायता दिने कुरा व्यक्त गर्नुभएको छ।

              हालैसम्म कुनै पनि संगठन वा व्यक्तिले उक्त घटनाको जिम्मेवारी लिएका छैनन्। केही जनमतका अनुसार उक्त घटना पाकिस्तानी सेनाले दक्षिण वाजिरीस्तान क्षेत्रमा गराएको सैनिक गतिविधिको जवाफी हमला भएको जनाएका छन्। पाकिस्तानी सेनाद्बारा प्रकाशित तथ्याङ्कअनुसार यस महिनाको सत्र तारिखका दिन त्यहाँ तालिवान सशस्त्र शक्तिलाई सखाप पारेको समययता पाकिस्तानी सेनाले जम्मा दुई सय सत्तरी जना सशस्त्र तत्वलाई मारेका छन्। हिजो पाकिस्तानी सेनाले इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गत चौबीस घण्टाभित्रमा पाकिस्तानी सेनाले दक्षिण बाजिरिस्थानको जातीय क्षेत्रमा जम्मा पच्चीसजना सशस्त्र तत्वलाई मारेका छन्। यसका साथै सशस्त्र तत्वले पाकिस्तानभित्र गम्भीर जवाफी गतिविधि गरेका छन्। यस महिनामा पाकिस्तानमा गराइएको आतंकवादी घटनाबाट कम्तिमा दुई सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040