china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    धरानमा आयोजित तिब्बती फोटो प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ
    (GMT+08:00) 2009-10-30 18:40:03    
            अक्टोबरको गत 22 तारिखदेखि 24 तारिखसम्म इटहरी जिल्लाको धरानमा आयोजित तिब्बत विगत र वर्तमान फोटो प्रदर्शनी भव्यतापूर्वक सम्पन्न भएको छ । तिब्बती फोटोग्राफरहरुले खिचेका दुई सय फोटोलाई प्रदर्शनीमा राखिएको थियो । फोटो प्रदर्शनी उद्योग वाणिज्य संघ सुनसरी र चिनियाँ दूताबासको संयुक्त आयोजनामा भएको थियो ।

            नेपालका लागि चिनियाँ राजदूत छ्वु कोहोङ्गले गत 22 तारिखमा फोटो प्रदर्शनीको उद्घाटन गर्नु भएको थियो । नेपाल सरकारका मन्त्री, सभासद, पत्रकार तथा सर्वसाधारणले रुचिका साथ सो फोटो प्रदर्शनको अवलोकन गरेका थिए । नेपालको पूर्वी भेगमा रहेका लाखौँको संख्याले फोटो प्रदर्शनीबाट तिब्बतमा भएको प्रगतिलाई नियाल्ने मौका पनि पाए ।

             सन् 1959 अगाडि तिब्बतमा भूदाष्ाप्रथा कायम थियो । 1959 को मार्च 28 तारिखमा तिब्बतमा चिनियाँ केन्द्रीय सरकारले शान्तिपूर्ण रुपमा प्रजातान्त्रिक सुधार गरी आधुनिक सभ्य समाजिक परिपाटीको बिकास गराएको थियो । बितेका 50 वर्षमा चीनको तिब्बतले विश्वलाई नै आश्चर्यचकित पार्नेगरी विकास गरेको छ । फोटोमा 50 वर्ष अगाडिको तिब्बत र वर्तमान तिब्बतलाई स्पष्टसँग तुलना गरिएको थियो ।

             चिनियाँ दूताबासको आयोजनामा सोही फोटो प्रदर्शनी गत अगष्टको 5 देखि 9 तारिखसम्म काठमाडौँ सम्पन्न भएको थियो ।

            चेतनाथ आचार्य

            सि.आर.आई.

            काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040