china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन-अमेरिका बीसौँ वाणिज्य तथा व्यापार आयोग सम्मेलनमा सकारात्मक उपलब्धि हासिल
    (GMT+08:00) 2009-10-30 18:40:51    

           चीन-अमेरिका बीसौँ वाणिज्य तथा व्यापार आयोग सम्मेलन उनान्तीस तारिख पूर्वी चीनको च च्याङ प्रान्तको हाङ चौ शहरमा आयोजना भयो। चीनका उप प्रधानमन्त्री वाङ छि शान र अमेरिकी वाणिज्य मन्त्री गेरी लोक, अमेरिकी व्यापार प्रतिनिधि रोन किर्कले उक्त सम्मेलनको संयुक्त रुपमा अध्यक्षता गर्नुभयो।

           उक्त सम्मेलनको हस्ताक्षर समारोहमा चीन र अमेरिका दुबै पक्षले 《चीन र अमेरिकाबीचको लगानीको प्रबृद्धनसम्बन्धी स्मृत्ति पत्र》, 《उच्च प्रविधि तथा रणनैतिक व्यापारसम्बन्धी सहयोगको कारवाही योजना》लगायतका एघारवटा आर्थिक तथा व्यापारिक सहयोग प्रतिवेदनमा हस्ताक्षर गरेका थिए। चिनियाँ वाणिज्य मन्त्री छन् त मिङले उक्त सम्मेलनपछि आयोजित् पत्रकार सम्मेलनमा बोल्दै उक्त सम्मेलनमा धेरै सहमति हासिल गरिएको कुरा बताउनुभयो। श्री छन् त मिङले भन्नुभयो:

            "चीनका उप प्रधानमन्त्री वाङ छि शान र अमेरिकी वाणिज्यमन्त्री गेरी लोक, अमेरिकी व्यापार प्रतिनिधि रोन किर्कद्बारा अध्यक्षता गरिएको चीन-अमेरिका बीसौँ वाणिज्य तथा व्यापार आयोग सम्मेलन भर्खरै सम्पन्न भयो। चीन र अमेरिकाको संयुक्त प्रयासमा उक्त सम्मेलनले विजय प्राप्त गरेको, धेरै सहमति हासिल गरेको र सकारात्मक उपलब्धि हासिल गरेको छ। "

             चीन-अमेरिका वाणिज्य तथा व्यापार आयोग सन् 1983मा स्थापना गरिएको थियो र दुई मुलुकबीच द्बिपक्षीय आर्थिक तथा व्यापारिक सहयोग र व्यापारिक विवादसम्बन्धी छलफल प्रणालीमध्येको एक हो।

             विगत बीस वर्षदेखि यता उक्त आयोगले द्बिपक्षीय आर्थिक तथा व्यापारिक क्षेत्रको पारस्परिक सहयोग सवल पार्न र द्बिपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्धको स्थिर र स्वस्थ विकासको संरक्षण गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। उक्त सम्मेलनमा प्राप्त गरिएको ठोस उपलब्धिबारे चर्चा गर्दै चिनियाँ वाणिज्य मन्त्री छन् त मिङले बोल्दै चीन र अमेरिकाले व्यापार र लगानीमा संरक्षणवादको संयुक्त रुपमा विरोध गर्ने र जी बीस शिखर सम्मेलनमा हासिल गरिएको सहमति पालना गर्ने कुरा बताउनुभयो।

             चालुवर्ष चीन र अमेरिकाबीचको दौत्य सम्बन्ध स्थापना भएको तीसौँ वार्षिकोत्सव हो। विगत तीस वर्षदेखि यता विभिन्न क्षेत्रमा चीन र अमेरिकाको सहयोग द्रूत गतिले विकास भइरहेको छ। उनान्तीस तारिख बिहान आयोजित् चीन-अमेरिका बीसौँ वाणिज्य तथा व्यापार आयोग सम्मेलनको उदघाटन समारोहमा चीनका उप प्रधानमन्त्री वाङ छि शानले बोल्दै चीन र अमेरिका दुबै पक्षले चीन-अमेरिका वाणिज्य तथा व्यापार आयोगको महत्वपूर्ण भूमिका निरन्तर रुपमा निर्वाह गर्नुपर्ने कुरा बताउनुभयो। उप प्रधानमन्त्री वाङ छि शानले भन्नुभयो:

              "एक्काईसौँ शताव्दीलाई संयुक्त रुपमा निर्माण गर्ने सम्बन्धमा चीनका राष्ट्राध्यक्ष हु चिन थाउ र अमेरिकी राष्ट्रपति बाराक ओबामाद्बारा निश्चित गरिएको चीन र अमेरिकाबीचको सकारात्मक, सहयोगात्मक र चौतर्फी सम्बन्धको भविष्यको दिशा स्पष्ट भएको छ। दुई मुलुकका सरकारबीचको उच्चस्तरीय सहयोग प्रणालीको रुपमा चीन-अमेरिका वाणिज्य तथा व्यापार आयोग क्रमशःपूर्ण हुने र सम्बन्धित क्षेत्रहरु झन् व्यापक हुनेछन्। चीन र अमेरिकाले उक्त चौतारोमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने छ।"

              अमेरिकी वाणिज्य मन्त्री गेरी लोकले उद्घाटन समारोहमा चीन-अमेरिका वाणिज्य तथा व्यापार आयोग प्रणालीको उच्च मूल्यांकन गर्नुभयो। यसका साथै उहाँले उक्त प्रणाली दुई मुलुकको समृद्धि तथा प्रगति बढाउनका लागि हितकर हुनुका साथै दुई मुलुकले सन्तुलित र दिगो व्यापारिक सम्बन्धको सिर्जना गर्नका लागि हितकर हुने कुरा बताउनुभयो। श्री गेरी लोकले भन्नुभयो:

             "चीन-अमेरिका वाणिज्य तथा व्यापार आयोगले समस्याको समाधान गर्ने अवशर उपलब्ध गराएको छ। अमेरिकी सरकारले सहयोगात्मक र रचनात्क भावनाको आधारमा चीनद्बारा प्रस्तुत समस्याको समाधान गर्नेछ। किनकि दुवै पक्षले पारस्परिक सम्मान, सदिच्छा र सहयोगी भावनामा दुई पक्षका सामु देखापरेका सबै चुनौतिको सामना गर्न सक्नेछन्। "

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040