हालै तिब्बतको लिङ च क्षेत्रमा आयोजित पत्रकार सम्मेलनमा सन् 1986 देखिको 23 वर्षमा कूल गार्हस्थ उत्पादन रकममा लगभग 60 गुणाले वृद्धि भएको जनाइएको छ।
तिब्बत स्वायत्त प्रदेशको लिङ च क्षेत्र सन् 1986 को फेब्रुअरी महिनामा औपचारिक रुपमा पुनःस्थापना भयो। हाल लिङ च क्षेत्र तिब्बतको आर्थिक विकासमा तीब्र विकास भएका क्षेत्रहरुमध्ये एक हो। थाहा भएअनुसार, सन् 2008 मा लिच क्षेत्रमा गार्हस्थ उत्पादन कूल रकम तीन अर्ब नब्बे करोड चिनियाँ युआन पुगेको छ र प्रतिव्यक्ति गार्हस्थ आय एक्काईस हजार छ सय चिनियाँ युआन पुगेको छ।
|