
जनगणतन्त्र चीनका राष्ट्राध्यक्ष तथा चिनियाँ सैन्य आयोगका अध्यक्ष हु चिन थाउको निमन्त्रणामा आज बिहान पैचिङ्गमा चिनियाँ जनमुक्ति सेनाअन्तर्गत् वायुसेना स्थापनाको 60औं वार्षिकोत्सवसम्बन्धी "शान्ति र विकास अन्तर्राष्ट्रिय मञ्च"मा भाग लिन आउनुभएका तीस मुलुकका वायुसेना प्रतिनिधि मण्डलका प्रमुखसँग भेट-घाट गर्नुभएको छ।

चीन सरकारले शान्ति,विकास र सहयोगको विचारधारा निरन्तर रुपमा लिँदै अन्तरिक्षको शान्तिपूर्ण प्रयोग र विकासलाई कायम राखेर अन्तर्राष्ट्रिय सुरक्षा सहयोगमा सकारात्मक रुपमा संलग्न हुनुका साथै परास्परिक हित र साझा सफलताको वातावरणको स्थापनालाई अघि बढाउने कुरा श्री हु चिन थाउले जोड दिनुभयो।

चीन सरकारले शान्ति र विकासको बाटोलाई कायम राख्दै जाने र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा सबै मुलुकहरुसँग मैत्रिपूर्ण सहयोगमा जोड दिँदै मेलमिलायुक्त विश्व निर्माण गर्ने कुरामा श्री हु चिन थाउले पुनर्पुष्टि गर्नुभयो।
|