
चीनका प्रधानमन्त्री वन च्या पाउले आज चीन-अफ्रिका सहयोग मञ्चको चौधो मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै आगामी तीन वर्षभित्रमा चीनले अफ्रिकासँगको सहयोगलाई बढाउने सम्बन्धी आठ वुदा प्रस्तुत् गर्नुभयो। ती आठ वटा नयाँ कदममा चीन-अफ्रिकाबीचको मौसम परिवर्तनको सामना गर्ने साझेदारी सम्बन्धको स्थापना,चीनद्बारा केही अफ्रिकी मुलुकलाई दिइएको ऋणलाई निरन्तर रुपमा मिनाहा गर्ने,अफ्रिकी मुलुकको सामानमा अझ वढी भन्सार दर घटाउने आदी समावेश छन्।

मौसम परिवर्तन समस्याको सामना गर्नका लागि चीनले अफ्रिकासँग नयाँ उर्जा-श्रोतको विकास र लगानी,शहरको वातावरणको सँरक्षण आदी क्षेत्रको सहयोगलाई बढाउने परियोजना रहेको छ।

त्यस बाहेक आगामी तीन वर्षभित्रमा चीन र अफ्रिकाले आपसी बैज्ञानिक र कृषी सहयोगलाई अझ बढाउने, चिकित्सा र स्वास्थ्य सहयोगलाई गहन पार्ने र मानव श्रोतको विकासलाई प्रवर्द्धन गर्ने कार्यक्रम पनि रहेको छ।
|