china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    खासाका चिनियाँ भन्सार कार्यालयका अधिकारी नेपाली समकक्षीसँगको नियमित बैठकमा काठमाडौँ जानु भएको छ।
    (GMT+08:00) 2009-11-09 16:52:47    

          नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका खासाको चिनियाँ भन्सार कार्यालयका अधिकारीहरु काठमाडौँ आएका छन्। छ छ महिनामा हुने द्बिपक्षीय बैठकमा भाग लिनका लागि चिनियाँ अधिकारी काठमाडौँ आएका हुन्। चिनियाँ अधिकारीले समकक्षी नेपाली अधिकारीसँग भन्सारलार्इ व्यवस्थित र नियमति बनाउनका लागि छलफल गर्नेछन्।

               नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले सि.आर.आर्इ.लार्इ बताउनु भए अनुसार चिनियाँ भन्सार कार्यालयका अधिकार केही दिन अगाडि काठमाडौँ आएका हुन्। नेपाली र चिनियाँ भन्सार अधिकारीका बीच छ छ महिनामा नियमित बैठक हुने गर्दछ। तातोपानीको खासा दुई देशबीचको सबैभन्दा ठूलो व्यापारिक नाका हो। दुई देशबीचको 90 प्रतिशत व्यापार यही नाकाबाट हुने गर्दछ।

               तातोपानीको नजिकै लार्चामा चिनियाँ सहयोगबाट सुख्खा वन्दरगाह निर्माण भइरहको छ। त्यसैगरी मितेरी पुलको आसपासको बजार विस्तार गर्न पनि चिनियाँ सहयोग जारी रहेको छ।

               चीनले मितेरी पुलदेखि खासाको माथिल्लो बजारसम्मको सडक विस्तार र व्यवस्थित गर्ने काम सम्पन्न भएको छ। त्यसैगरी चिनियाँ भन्सार कार्यालय अत्याधुनिक र व्यवस्थित छ। तर, नेपाली भन्सार कार्यालयलाई व्यवस्थित तथा आधुनिक प्रविधि सुसम्पन्न गराउने कुरामा पनि चालु भन्सार अधिकारीको बैठकमा छलफल हुनेछ। त्यसैगरी नेपालको नेपाली उत्पादनलाई सुलभ तरिकाले चिनियाँ बजारमा निकासी गर्नका लागि भन्सार मिनाहाको नीतिलाई कार्यान्वयन गर्ने कुरामा छलफलको सूचिमा रहेको छ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040