china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शार्मएल शैख--चीन-अफ्रीका सहयोगको नयाँ शुरुआत 
    (GMT+08:00) 2009-11-09 19:21:13    

             इजिप्टको शार्मएल शैखमा हिजो आयोजित चीन-अफ्रीका सहयोग मञ्चको चौथौं मन्त्रीस्तरिय सम्मेलनको उद्धाटन समारोहमा चीनका प्रधानमन्त्री वन च्या पाउले आगामी तीन वर्षमा अफ्रीकासँगको सहयोग सम्बन्धी आठ वुदे नयाँ कदमहरु प्रस्तुत गर्नुभयो। ती कदमहरुमा मौसम, उर्जाश्रोत, अर्थतन्त्र, विज्ञान तथा प्रविधि लगायतका विविध क्षेत्रलाई समावेश गरिएको छ। उहाँले प्रस्तुत गर्नुभएका ती कदमहरुबाट चीन-अफ्रीका बीचको नयाँ खालको रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धमा नयाँ विषय थपिनुका साथै पचास वर्ष पार गरेको चीन-अफ्रीका सहयोगलाई नयाँ चरणमा प्रवेश गराइएको छ।

                 चीन तथा अफ्रीका टाढा भएता पनि आपसी मित्रता प्रगाढ हुँदै आएको छ। यसको कारणमा दुई पक्षको बराबर ऐतिहासिक अनुभव रहेको र बराबर विकास कार्यभारको सामना गरिनु हो। दुई पक्षको साझा हित तथा माँग भएकोले एकले अर्काको समर्थन गर्दै आएका छन्। बितेका वर्षहरुमा चीनले अफ्रीकालाई बिनाशर्त प्रशस्त राजनैतिक उद्धार प्रदान गर्दै आएको छ। संयुक्त राष्ट्र संघमा चीनले अफ्रिकी मुलुकको न्यायोचित धारणा तथा उचित माँगको समर्थन गर्दै विकासोन्मुख मुलुकको साझा हितको संरक्षण गर्दै आएको छ। उता अफ्रीकी मुलुकहरुले संयुक्त राष्ट्र संघमा चीनको स्थानको पुनर्स्थापना, विश्व व्यापार संगठनमा चीनको प्रवेश, ओलम्पिक खेलकूदको संयोजकमा आवेदन गर्दा पैचिङ्गको समर्थन, चीनको स छुआवानमा भएको भयङ्गनाक भूकम्प लगायतका घटनाका वेला मूल्यवान सहयोग तथा समर्थन दिएका थिए।

                 वर्तमान मौद्रिक स‌कटको प्रभावमा चीन तथा अफ्रीकाले मौद्रिक संकटबाट श्रृजना भएका गम्भीर चुनौतीको सामना गरिरहेता पनि चीनका राष्ट्राध्यक्ष हु चिन थाऊले तीन वर्षअघि प्रस्तुत गर्नुभएको अफ्रीकालाई दिने आठ बुँदे कदमलाई व्यवहारमा उतार्दै आएको छ। यसका साथै चीनले "उत्पादन ,रोजगारी तथा लगानीलाई नघटाउने" वचनलाई व्यवहारमा उतारेर चालू वर्षको अन्तसम्ममा सबै वचनलाई साकार तुल्याउने छ। यसबारे चर्चा गर्दै जाम्बियाका राष्ट्रपति रुपिआह बान्दाले चीन साँच्चै साथी हो भन्ने कुरा प्रमाणित भएको विचार व्यक्त गर्नुभयो।

                शार्मएलशैख सम्मेलनमा चीनका प्रधानमन्त्री वन च्या पाउले प्रस्तुत गर्नुभएका आठ बुँदे कदमहरुले चीन तथा अफ्रीका सम्बन्धमा नयाँ जीवन्त शक्ति थप्ने विश्वास व्यक्त गर्नुभयो। ती आठ बुँदे कदमबाट व्यवहारिक भावनालाई प्रतिविम्वित भएकोछ। जस्तै भनौं, चौथौं कदममा अफ्रीकी उत्पादित वस्तुका लागि बजार खुला गरी अफ्रीकाका 95प्रतिशत उत्पादित वस्तुलाई क्रमशः सून्य भन्सार दिने उल्लेख गरिएकोछ। यो चीन-अफ्रीका पैचिङ्ग शिखर सम्मेलनको आधारमा अघि सारिएको ठूलो पाइला हो।

                तीन वर्षअघिको अवस्थासँगको दाँजोमा माथि उल्लेखित आठ बुँदे कदममा नयाँ विषय राखिएकोछः सर्वप्रथम, सहयोगको क्षेत्रलाई अझ विस्तार गरेर आर्थिक क्षेत्रबाट मौसम परिवर्तन, विज्ञान तथा प्रविधिको विकास मानविय आदान-प्रदानसम्म बढाइएको छ। यसबाट चीन तथा अफ्रीकाले युगसँगसँगै सहयोगको क्षेत्रलाई विस्तार गरेर नयाँ खालको रणनैतिक साझेदारी सम्बन्धमा नयाँ विषय थपेको प्रतिविम्वित भएको छ। दोस्रो कुरा, आठ बुँदे सहयोगले अफ्रीकाको दिगो विकास क्षमतालाई महत्व दिदै आएको छ। अफ्रीकाको ऋण लिने क्षमताको बढाव होस वा चीन-अफ्रीका विज्ञान तथा प्रविधि साझेदार योजनाको शुरु होस वा जनश्रोतको विकास तथा शैक्षिक सहयोगको प्रवर्द्धन यी सबै कदमहरुको उद्देश्य अफ्रीकाको आफ्नो विकास क्षमता बढाएर अफ्रीकाको सहायता पाउने स्थानबाट स्वतन्त्र दिगो विकासको दिशातर्फ परिणत गराउन सहयोग दिनु रहेको छ।

                 इतिहास तथा तथ्यबाट प्रमाणित भएको छ कि चीन तथा अफ्रीका राम्रा साथी तथा साझेदार एवम् दाजुभाइ हुन। चीन-अफ्रीका सहयोग मञ्च पैचिङ्ग शिखर सम्मेलन आयोजित भएको तीन वर्षपछि राजनैतिक समानता तथा आपसी विश्वास, आर्थिक सहयोग, सांस्कृतिक आदान-प्रदान गर्ने सम्बन्धलाई यथेष्ट पार्ने नयाँ खालको रणनैतिक साझेदारी सम्बन्धमा नयाँ विषय थप्नका लागि चीन तथा अफ्रीकाले विविध प्रयास गर्दै आएका छन्। चीन तथा अफ्रीकाको जनसंख्या विश्वको कूल जनसंख्याको एक तिहाइ भन्दा बढी पुगेको छ। आपसी सहयोगलाई गहिरो पार्नु दुवै पक्ष लगायत विकासोन्मुख मुलुकको एकता तथा प्रगतिका लागि पनि हितयुक्त भएको छ।

                 शार्मएलशैख सम्मेलन चीन-अफ्रीकाको सहयोग इतिहासको नयाँ कोसेढुँगा हो र चीनद्बारा प्रस्तुत अफ्रीकालाई दिने आठ वुदे सहयोगले आपसी सहयोगलाई नयाँ चरणमा पुर्‍याउने विश्वास गरिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040