china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको ल्हासा र काठमाडौँबीच बन्ध भएको बस सेवा पुन: सञ्चालन हुने भएको छ। 
    (GMT+08:00) 2009-11-10 17:08:22    

          चारवर्ष अगाडि सञ्चालनमा आएको केही समयमै बन्ध भएको काठमाडौँ ल्हासा बस सेवा पुन: सञ्चालन हुने भएको छ। सन् 2005 मा काठमाडौँ र चीनको स्वायत्त प्रदेश तिब्बतको ल्हासासम्म पर्यटक आदानप्रदान गर्नका लागि साझा बस सेवा सञ्चालनमा ल्याइएको थियो।

               नेपाल तिब्बत समन्वय समितिको तेस्रो बैठकमा भाग लिन काठमाडौँ आएको तिब्बती प्रतिनिधिमण्डलका प्रमुख तथा तिब्बत पर्यटन प्रशासनका निर्देशक सोङपाङ वाङले बस सेवा पुन सञ्चालन गर्ने जानकारी दिनुभयो। नेपाल तिब्बत पर्यटन प्रवर्द्ध गर्ने उद्देश्यले तिब्बती प्रतिनिधिमण्डल काठमाडौँ आएको हो।

               आगामी वर्षको फब्रुअरीबाट बस सेवा पुन सञ्चालनमा ल्याउने तयारी भइरहेको हिजो आइतबार काठमाडौँमा बैठक सुरु हुनअघि आयोजित पत्रकार सम्मेलनमा वाङले भन्नुभयो 'यस बारेमा दुवै पक्षबीच छलफल भएपछि मात्र अन्तिम निष्कर्ष आउनेछ।' विगतमा बस सेवा सञ्चालन हुँदा यात्रारत पर्यटकको सुरक्षा मा समस्या देखिएपछि बन्द गरिएको उहाँले बताउनुभयो।

               कार्यक्रममा उहाँले दुवै क्षेत्रमा पर्यटक आवागमन बढाउन बढीभन्दा बढी वायुसेवा कम्पनीले उडान गर्नुपर्ने बताउनुभयो। स्थलमार्गबाट पनि दुवै देशबीचमा पर्यटक आदानप्रदान गर्न सकिने उहाँले बताउनुभयो । उहाँले तिब्बती पर्यटक नेपाल भित्र्‍याउन र पर्यटन प्रवर्द्धनका सहकार्यमा समस्या देखिएका विषयलाई बैठकबाट निकास निकाल्ने जानकारी दिनुभयो। हाल चीनबाट एयर चाइना, चाइना साउर्थन र चाइना इस्टर्न एयरलाइनसले काठमाडोँ उडान गरिरहको छन्। कार्यक्रममा नेपाल पर्यटन बोडर्ठका वरिष्ठ निर्देशक सुवास निरौलाले समन्वय समितिको बैठकबाट निस्कने निष्कर्षले नेपाल पर्यटन वर्ष 2011 मा महत्वपूर्ण सहयोग पुग्ने आशा प्रकट गर्नुभयो।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040