
चीनका उप प्रधानमन्त्री ली ख छ्याङ्गले हिजो ए.एच.वान.एन.वान.फ्लुसम्बन्धी भ्याक्सिनको अनुसन्धान कार्यको निरीक्षण गरेर ए.एच.वान.एन.वान.फ्लुको सामना गर्नेतर्फ संयुक्त रुपमा प्रतिरोध र नियन्त्रण कार्यसम्बन्धी प्रणाली सम्मेलनको आयोजना भएको छ। उन्नति र सुरक्षित भ्याक्सिनको राम्रोसँग उत्पादन गर्दै वैज्ञानिक रुपमा ए.एच.वान.एन.वान.फ्लुको प्रतिरोध र नियन्त्रण कार्य गर्ने कुरा श्री ली ख छ्याङ्गले बताउनुभयो।

उहाँका अनुसार ए.एच.वान.एन.वान.फ्लुको भ्याक्सिनको सुरक्षालाई निश्चित गर्नुका साथै गुणस्तर र सुरक्षालाई पहिलो स्थानमा राखेर सुरक्षित रुपमा भ्याक्सिनको उत्पादन गर्नुपर्ने छ।यसका साथै भ्याक्सिनको उत्पादन,संकलन,ढुवानी र भ्याक्सिनको क्रमको मुणस्तर र सुरक्षालाई निश्चित गर्नुपर्नेमा श्री छ्याङ्गले जोड दिनुभएको छ।
विभिन्न प्रतिरोध र नियन्त्रणको कदमलाई व्यवहारमा उतार्दै जाने कुरा श्री ली ख छ्याङ्गले व्यक्त गर्नुभयो।
|