china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष हु चिन थाउको मलेशिया तथा सिंगापुरको भ्रमण
    (GMT+08:00) 2009-11-10 18:16:58    

           चीनका राष्ट्राध्यक्ष हु चिन थाउ आज विहान पैचिंगबाट छ दिन लामो आशियानका दुई वटा सदस्य मुलुक मलेशिया र सिंगापुरको राजकीय भ्रमण गर्नका लागि प्रस्थान गर्नुभएको छ। सिंगापुरको भ्रमणअवधिमा राष्ट्राध्यक्ष हु चिन थाउले एशिया-प्रशान्त आर्थिक सहयोग संगठनको सत्रौं अनौपचारिक शिखर सम्मेलनमा पनि भाग लिनुहुने छ।

                राष्ट्राध्यक्ष हु चिन थाउको यस पटकको भ्रमणको पहिलो मुकाम मलेशिया रहेको छ। वितेका केही वर्ष यता चीन र मलेशियाका उच्च तहका नेताको भ्रमण धेरै पटक भएका छन्। पाँच महिनाअघि मेलियशाका प्रधानमन्त्री नाजिब तुन राजाकले चीनको भ्रमण गर्नुभएको थियो। चीन-मलेशियाबीच दौत्य सम्बन्ध स्थापना भएको पैतीसौं वार्षिकोत्सवको सम्झनाका लागि दुबै पक्षले "रणनैतिक सहयोगको संयुक्त कार्वाही योजना"जस्ता सहयोगात्मक दस्ताबेजमा हस्ताक्षर गरेका छन्। चीनका सहायक परराष्ट्र मन्त्री हु चंग युइले राष्ट्राध्यक्ष हुको यस पटकको मलेशिया भ्रमणवाट दुई मुलुक बीचको रणनैतिक सहयोगलाई गहिरो पार्ने विषयमा छलफल हुने बताउनुभयो। यसबाट चीन-मलेशिया सम्बन्धको स्वस्थ तथा स्थीर विकासमा वल पुग्ने छ।

               गत शताव्दिको नब्बेको दशकदेखि चीन र सिंगापुरले विभिन्न क्षेत्रको आपसी सहयोगलाई द्रुत गतिले वढाउदै आएका छन्। यस वर्षको जनवरी एक तारिखदेखि चीन- सिंगापुर स्वतन्त्र व्यापारसम्बन्धी सम्झौता पत्रको औपचारिक प्रभाव शुरु भएको छ। चीन र आशियानका मुलुकले हस्ताक्षर गरेको पहिलो स्वतन्त्र व्यापारसम्बन्धी सम्झौता पत्र यो नै हो। चीनको परराष्ट्र मन्त्रालयबाट प्राप्त समाचारअनुसार, राष्ट्राध्यक्ष हु चिन थाउले यस पटकको भ्रमणमा सिंगापुरका धेरै नेताहरुसित भेट-वार्ता गर्नुहुने छ। उहाँहरुले चीन-सिंगापुर मैत्रिपूर्ण आपसी हितसहित सहयोगात्मक सम्बन्धलाई गहिरो पार्नका लागि सकारात्मक रुपमा बैचारिक आदानप्रदान गर्नुहुनेछ। यसबाट यी दुईटा मुलुक बीचको महत्वपूर्ण क्षेत्रको सहयोगलाई बढाउने छ।

               मलेशिया र सिंगापुर दक्षिण-पूर्वी एशियामा पर्दछन्। यसका साथै यी दुई मुलुक आशियानका महत्वपूर्ण सदस्य पनि हुन्। वितेका केही वर्षदेखि यत्ता चीन र आशियानका मुलुकबीचको आपसी सहयोगमा निकै वृद्धि भएको छ। आउदो वर्षको जनवरीमा चीन-आशियान स्वतन्त्र व्यापार क्षेत्रको निर्माण कार्य पूरा हुनेछ। यो चीन-आशियान सहयोगका लागि एउटा ऐतिहासिक पाइला हुनेछ। राष्ट्राध्यक्ष हु चिन थाउको यस पटकको भ्रमणको प्रभावबारे चर्चा गर्दै चीनका सहायक परराष्ट्र मन्त्री हु चंग याउले यसरी जानकारी दिनुभयोः

               राष्ट्राध्यक्ष हुले मलेशिया तथा सिंगापुरको राजकीय भ्रमण गर्नुभएको यो पहिलो पटक हो। यसका साथै वितेको पन्ध्र वर्षमा चीनका राष्ट्राध्यक्षले यी दुई मुलुकको भ्रमण गरेको पनि पहिलो हो। यसबाट चीन र मेलिशया तथा सिंगापुरबीचको सम्बन्ध र चीन-आशियान सम्बन्धको सकारात्मक विकासलाई अघि बढाउन महत्वपूर्ण सहयोग पुग्ने छ।

              मलेशिया तथा सिंगापुरको भ्रमण समाप्त भएपछि राष्ट्राध्यक्ष हुले एशिया-प्रशान्त क्षेत्रको आर्थिक सहयोग संगठनको वार्षिक शिखर सम्मेलनमा भाग लिनुहुने छ। एशिया-प्रशान्त आर्थिक सहयोग संगठनका एकाईस सदस्य मुलुकको कुल आर्थिक परिमाण विश्वव्यापी आर्थिक परमाणको आधाभन्दा बढी छ। त्यसैले यो शिखर सम्मेलन अन्तर्राष्ट्रिय मंचमा सबैभन्दा महत्वपूर्ण सम्मेलन हो। यस महिनाको चौध तारिखदेखि पन्ध्र तारिखसम्म एशिया-प्रशान्त आर्थिक सहयोग संगठनको सत्रौं अनौपचारिक शिखर सम्मेलन सिंगापुरमा आयोजना हुने छ। अन्तर्राष्ट्रिय बैकिङ संकटको सामना गर्ने महत्वपूर्ण बेलामा अन्तर्राष्ट्रिय समाजले यस सम्मेलनप्रति धेरै आशा लिएको छ।

               चीनका परराष्ट्र उप-मन्त्री ह या फैले हालै यस सम्मेलनप्रति चीनको आशा प्रस्तुत गर्नुका साथै यसका लागि विभिन्न पक्षसित संयुक्त प्रयास गर्न इच्छुक रहेको बताउनुभयो।

                एशिया-प्रशान्त आर्थिक सहयोग संगठनमा अन्तर्राष्ट्रिय बैकिङ संकटको सामना, अर्थतन्त्रको पुनःरुत्थान सम्वन्धी योजना प्रस्तुत हुने आशा चीनले लिएको छ। दोस्रो, सम्मेलनले व्यापार तथा लगानीको संरक्षणबादको विरोधी गर्ने र दोहा चरणको सम्झौता वार्ताको समर्थन गर्नका लागि स्पष्ट संकेत सार्वजनिक गर्ने आशा गरिएको छ। तेस्रो, क्षेत्रीय अर्थतन्त्रको एकरुपतालाई बढाएर नयाँ प्रगति हासिल गर्ने आशा पनि गरिएको छ। चौथो, एशिया-प्रशान्त आर्थिक सहयोग संगठनको सुधार तथा प्रणालीको निर्माणलाई प्रगाढ पार्नुका साथै जिवित शक्तिलाई सबल पार्ने आशा पनि रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040