
चिनियाँ कम्युनिष्ट पार्टिको केन्द्रीय समितिका राजनैतिक व्यूरोका सदस्य एवं चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष च्या छिङ्ग लिनले हालै चीनको ज्याङ्ग सु र च च्याङ्ग प्रान्तको निरीक्षण भ्रमण गर्नुभयो।
"श्रेष्ठतामा जोड,अर्थतन्त्रको स्थिर र छिटो विकास कायम राख्नु"श्री च्या छिङ्ग लिनको भ्रमणको मुख्य उदेश्य रहेको थियो। छ तारिखदेखी दश तारिखसम्म उहाँले स्थानीय प्रसिद्ब व्यावसायीमाझ पुगी व्यवसायवाट उत्पादित र बैदेशिक आयात तथा निर्यात सम्बन्धी स्थितिबारे जानकारी लिनुभयो।

सो निरीक्षणका क्रममा श्री च्या छिङ्ग लिनले बोल्दै अर्थतन्त्रको स्थिर र छिटो विकासलाई कायम राख्नु आर्थिक कार्यको मुख्य लक्ष्य हो भन्दै स्वदेश र विदेशको आर्थिक स्थितिको विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
|