चीनका उप-प्रधानमन्त्री चाङ त च्याङले आज पैचिङमा शाङहाई सहयोग संगठनका यातायात मन्त्री स्तरीय चौथो सम्मेलनमा भाग लिन पैचिङ आउनुभएका कजाकिस्तान, किर्किस्तान, रुस, उजबेकिस्तान, भारत, पाकिस्तान र अफगानिस्तानका यातायात मन्त्री तथा मन्त्रीका प्रतिनिधिहरुसँग भेटघाट गर्नुभयो।
यसभन्दा अघि शाङहाई सहयोग संगठनका यातायात मन्त्री स्तरीय चौथो सम्मेलन पैचिङमा आयोजना भयो।
|