china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ जनमुक्ति सेना वायु सेनाको स्थापना भएको साठीऔँ वार्षिकोत्सव
    (GMT+08:00) 2009-11-11 18:21:15    

            आज अर्थात् नोभेम्बर एघार तारिख चिनियाँ जनमुक्ति सेनाको वायु सेना स्थापना भएको साठीऔँ वार्षिकोत्सव हो। चिनियाँ वायुसेनाले आज पैचिङ्गमा भव्यताका साथ एक समारोह आयोजना गरेको छ। यसअघि वायु सेनाले विभिन्न मुलुकका वायु सेना शिखर सम्मेलन, वायु सेनाको अस्त्र तथा प्रबन्ध प्रदर्शनीलगायत विविध कार्यक्रम पनि आयोजना गर्‍यो। ती कार्यक्रमहरुमार्फत विश्वसमक्ष चिनियाँ वायु सेनाको "खुला, आत्म-विश्वास तथा सहयोग" को प्रारुप देखाइएको छ। अब सुनौँ, हाम्रो रेडियोका सम्बाददाताले पठाउनुभएको सम्बन्धित विस्तृत विवरणः

                 आज अर्थात नोभेम्बर एघार तारिख पैचिङ्गमा आयोजना चिनियाँ वायुसेना स्थापना भएको साठी औँ वार्षिकोत्सव मनाइने समारोहमा चिनियाँ वायु सेनाको निर्माण तथा विकासका विविध समयमा उपाधि पाएका एकाइहरु तथा व्यक्तिगत प्रतिनिधिहरु, महिला विमान चालकका प्रतिनिधिहरुलगायत एक हजार एक सय जनाले भाग लिएका छन्। उक्त समारोहमा वायु सेना स्थापना भएयता उपाधि पाएका व्यक्तिहरुलाई'वायु सेना नमुना-आदर्श पदक'पनि वितरण गरिएको छ।

                उक्त समारोहबाहेक, हालै चिनियाँ वायुसेनाले अन्य श्रृ‌खलाबद्ध कार्यक्रमहरुको आयोजना गर्‍यो। तीमध्ये 'शान्ति तथा विकास अन्तर्राष्ट्रिय सम्मेलन'गत छदेखि सात तारिखसम्म पैचिङ्गमा आयोजना भएको थियो। उक्त सम्मेलनमा पैंतीस मुलुकका वायुसेना प्रतिनिधिहरुले भाग लिएका थिए। चिनियाँ वायु सेनाको इतिहासमा यस्तो सम्मेलनको आयोजना भएको यो पहिलो पटक हो। यसका साथै चिनियाँ वायुसेनाले अस्त्र तथा प्रबन्धको प्रदर्शनी पनि आयोजना गरी सर्वसाधारणहरुसमक्ष नयाँ ढाँचाको प्रबन्ध प्रदर्शन गर्‍यो।

                चिनियाँ वायु सेनाको युद्धरत प्रणालीबारे चर्चा गर्दै चिनियाँ वायु सेनाका कमाण्डर जनरल स्यु छी ल्याङले भन्नुभयोः

               "साठी वर्ष पार गरी जनमुक्ति सेना सानोदेखि ठूलोसम्म, कमजोरदेखि बलियोसम्ममा परिणत भई विविध खालका सेनाबाट गठित रणनैतिक सेना बनेको छ। चिनियाँ वायुसेना यन्त्रिकरणदेखि सूचनारत प्रणालीतिर परिणत भएको छ।"

                यस शताब्दीको मध्यकालसम्म चिनियाँ वायुसेना विविध खालका सुरक्षा धम्कीको सामना गर्नसक्ने, चीनको अन्तर्राष्ट्रिय स्थानको समर्थन गर्ने, सूचनारत अवस्थामा आंशिक युद्धमा विजय हुने तथा धेरै किसिमका सैनिक कार्यभारलाई पूरा गर्ने रणनैतिक सेना बन्ने जानकारी जनरल स्युले दिनुभयो।

                विदेशी वायु सेनासँगको आदान-प्रदान एवम् सहयोगबारे चर्चा गर्दै जनरल स्युले चिनियाँ वायुसेना विश्वका विभिन्न मुलुकका वायुसेनासँगसँगै आकाशको मेलमिलापयुक्त वातावरण सिर्जना गर्ने लक्ष्यका लागि प्रयासरत हुँदै आएको बताउनुभयो। यसबारे विस्तृत रुपमा भन्दै उहाँले भन्नुभयोः

               "भविष्यमा चिनियाँ वायुसेनाले अझ खुलस्त, पारदर्शी, आत्म-विश्वास तथा वस्तुगत भावना लिएर विश्वका विभिन्न मुलुकका वायुसेनासँगको आदान-प्रदान तथा सहयोगको चौतर्फी विकास गर्दै जाने छ। हामीले अझ खुला रुपमा मेलमिलापयुक्त व्यवहार गर्नेछौं।"

                प्रसिद्ध चिनियाँ सेना विशेषज्ञ ताइ स्युले खाडी युद्धयता, चिनियाँ सेनाले द्रूत विकास युगमा प्रवेश गरेको विचार व्यक्त गर्नुभयो।

                चिनियाँ वायु सेनाले ठूलो प्रगति हासिल गरेता पनि चीनको आर्थिक तथा सामजिक विकास क्रममा चीनको भौगोल रक्षा कार्य पनि गम्भीर हुँदै आएको छ। वायु सेनाको स्थापना भएको साठी‌‌औँ वार्षिकोत्सवबारे चर्चा गर्दै विशेषज्ञ ताइले भन्नुभयोः

               "हाम्रो समुद्रतटवर्ती क्षेत्र चीनको कूल भूभागको दश प्रतिशत औगटेको छ र चीनको कूल जनसंख्याको चालिस प्रतिशत पुगेको छ। ती क्षेत्रका मानिसहरुले देशको कूल जी.डी.पी.को सत्तरी प्रतिशत उत्पादन गर्दछ। यस दृष्टिकोणबाट हेर्दा चीनको मुटु समुद्रतटवर्ती क्षेत्र हो। तर ती क्षेत्रहरुको रक्षा त्यति बलियो छैन। यस आधारमा हामीले वायु सेनाको भाबि कार्यभार युद्ध सार्वजनिक समुद्र अथवा सार्वजनिक आकाशमा गरिने र युद्ध चीनको भूभाग अथवा आकाश नजिकँदै जान नदिने प्रस्ताव प्रस्तुत गरेका छौँ। यो भविष्यमा चीनको नयाँ ढाँचाको वायुसेना निर्माण गर्ने दिशा हो भन्ने हाम्रो ठहर छ।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040