china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सांघाइ एक्स्पोको चिनियाँ प्रतिनिधिमण्डलले नेपालका संस्कृति मन्त्रीसँग भेट गरेको छ।
    (GMT+08:00) 2009-11-12 17:13:18    

           नेपाल भ्रमणमा रहेको सांघाई वल्र्ड एक्स्पो कोअर्डिनेसनको प्रतिनिधिमण्डलले नेपालका एकजना मन्त्रीसँग भेट गरेको छ। हिजो मंगलबार संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री मीनेन्द्र रिजालसँग चिनियाँ प्रतिनिधिमण्डलले भेट गरेको हो।

               सांघाई एक्स्पोका उपमहानि‍र्देश हुयाङ्ग चियाङ्गछीको नेतृत्वमा 6 सदस्यीय चिनियाँ नेपाल भ्रमणमा रहको छ। हिजो भएको भेटमा नेपाली कला र संस्कृतिको प्रवर्द्धनका अतिरिक्त लुम्बिनीस्थित नेपाली शान्ति दीपलाई आगामी वर्ष चीनको सांघाईमा आयोजना हुने विश्व एक्स्पोको समुद्‍घाटन समारोहमा सांघाई पुर्‍याउने सम्भाव्यताबारे विस्तृत छलफल भएको छ। चिनियाँ जनतामा वुद्धप्रति अगाध आस्था र सद्‍भाव भएकाले प्रदर्शनीमा वुद्धको अस्थिधातु समेत चीन लान चिनियाँ प्रतिनिधिमण्डलले संस्कृति मन्त्री रिजालसमग्र अनुरोध गरेको छ।

              यसैगरी सो चिनियाँ प्रतिनिधिमण्डलले उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला र वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतोसँग भेट गरेर नेपाल र चीनबीचको आपसी सम्बन्ध अझ सुदृढ गर्ने बारेमा छलफल गरेको थियो। छलफलका क्रममा सांघाई एक्स्पोमा नेपालको सहभागितालाई प्रभावकारी बनाउने विषयमा पनि छलपल भएको छ। सांघाई एस्क्पो सन् 2010 को मे 1 देखि अक्टोबर 31 सम्म चीनको सांघाई सहरमा आयोजना हुँदैछ।

    चेतनाथ आचार्य

    सि.आर.आई.

    काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040