
चीनका राष्ट्रध्यक्ष श्री हु चिन थाउले आज बाह्र तारिखका दिन सिङ्गापुरमा त्यहाँका प्रधानमन्त्री श्री लि स्यान लुङसँग भेटघाट गर्नुभयो।
चीनका राष्ट्रध्यक्ष श्री हु चिन थाउले चीन तथा सिङ्गापुरबीचको सहयोग गहन रुपमा सबल पार्नका लागि छ वटा सुझाव प्रस्तुत गर्दै यसवर्ष एशिया प्रशान्त आर्थिक सहयोग सङ्गठनको मन्त्रीस्तरीय अनौपचारिक सम्मेलनबारे विविध धारणा पनि व्यक्त गर्नुभयो।

प्रधानमन्त्री श्री ली स्यान लुङले श्री हु चिन थाउको सुझावको समर्थन गर्नुका साथै दुई मुलुकबीचको सहयोग सबल पार्नका लागि दुई मुलुकले शहरी परियोजना लागुगर्ने, जलस्रोत समस्याको समाधन गर्ने तथा वातावरण संरक्षण गर्ने आदि क्षेत्रमा सहयोग अढि बढाउने इच्छा पनि व्यक्त गर्नुभयो।
|