
चीनका प्रधानमन्त्री वन च्या पाउले आज पैइचिङ्गमा आयोजित सन् 2010 मा आयोजना हुने शाङ्गहाइ एक्सपोको सातौं अन्तर्राष्ट्रिय मञ्चको उदघाटन समारोहमा भाग लिदै शाङ्गहाइ विश्व एक्सपोले आविष्कारलाई जोडनुका साथै संयुक्त विकासलाई अगाडी वढाउने कुरा बताउनुभयो।
प्रधानमन्त्री पाउले शाङ्गहाइ विश्व एक्सपो विश्वका विभिन्न मुलुक,अन्तर्राष्ट्रिय संगठन र व्यवसायीका लागि एक आविष्कार र उपलब्धी प्रदर्शनको साझा मञ्च भएको धारणा व्यक्त गर्नुभयो । साथै उहाँले वर्तमान विश्व विकास र सुधारको चरणमा रहेकाले खुला सहयोग एवं पारस्परिक हितमा जोड दिनु पर्ने वताउनुभयो ।

प्रधानमन्त्री पाउका अनुसार चीनले शान्तिपूर्ण,खुला र सहयोगात्मक विकासलाई उत्प्रेरित गर्नुका साथै व्यापार तथा लगानी संरक्षणवादको ढृढताका साथ विरोध गर्ने छ।
|