
पेशावरमा आज भएको गोलीकाण्डमा परी पाकिस्तानस्थित इरानी वाणिज्य दूताबासका प्रवक्ता आबुल हासान जाफ्फरीको मृत्यु भएको छ।
पाकिस्तानी प्रहरीका अनुसार श्री आबुल गोली लागेर गम्भीर घाइते भएका थिए। उनलाई सैनिक अस्पतालमा पुर्याएपछि उनको मृत्यु भएको थियो। यस घटनाको हालसम्म कुनै पनि संगठन वा व्यक्तिले जिम्मेवारी लिएका छैनन्।

हालै पाकिस्तानी सैनिक पक्षले तालिवानको बाँकी शक्तिलाई सखाप पार्ने गरि कार्वाही अगाडी वढाए पनि तालिवान समूहले पाकिस्तानको उत्तर-पश्चमी क्षेत्रमा आक्रमण गर्दा गतहप्ता मात्रै चालीसभन्दा बढी मानिसको मृत्यु भएको थियो।
इरानी कूटनैतिज्ञ पाकिस्तानमा आक्रमणमा परेको यो पहिलो पटक होइन। सन् 2008 को नभेम्बरमा पेशावारका लागि इरानी वाणिज्य दूतावासका एक जना वाणिज्य दूतलाई सशस्त्र समुहले अपहरण गरि हालसम्म बेपत्ता वनाएका छन्।
|