
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङले आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै दलाईले विश्वमा राजनीतिक गतिबिध गर्न तथा विदेशका राजनीतिज्ञले कुनै पनि नाउँ अथवा तरिकामार्फत दलाईसँग सम्पर्क गर्ने कुराको चीनले दृढ विरोध गर्ने वताउनुभयो। चीनको उक्त अडान स्थायी तथा स्पष्ट रहेको कुरा पनि उहाँले वताउनुभयो।
प्रवक्ता छिन काङका अनुसार, दलाई पूरानो तिब्बतको सामन्दवादी भूदास व्यवस्थाका नाइने हुन्। उनले गरेको कार्य मातृभूमिलाई अलग पार्ने तथा चीनको प्रादेशिक अक्षुणतालाई ध्वास्त पार्ने गतिबिधि हो। राष्ट्रिय सार्वभौमिकता तथा प्रादेशिक अक्षुणताको संरक्षण गर्ने चीनको अडान अमेरिकी राष्ट्रपति ओबामाले अरु विदेशी राजनीतिज्ञहरुको तुलनामा अरु राम्रो तथा गहन रुपमा बुझ्ने आशा चीनको रहेको छ।
|