china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    रुसको एउटा रात्री बारमा भएको आतशबाजीबाट उत्पन्न विस्फोटको घटनाबाट कम्तीमा एक सयजनाको मृत्यु
    (GMT+08:00) 2009-12-05 14:20:14    

             रुसको पर्म सीमावर्ती क्षेत्रको सदरमुकाम पर्म शहरको एउटा रात्री बारमा पाँच तारिख बिहान सबेरै भएको एक विस्फोटबाट कम्तीमा एक सयजनाको मृत्यु हुनुका साथै एक सय एकतीसजना घाइते भएका छन्। प्रारम्भिक छानबिनबाट नियम अनुसार आतशबाजी गर्नन नसकेर उक्त विस्फोट भएको हो। रुसी जरुरी स्थिति मन्त्रालयले पाँच तारिखका दिन उक्त खबर सार्वजनिक गरेको हो।

                   मन्त्रालयअन्तर्गत पर्म सीमावर्ती क्षेत्रीय शाखाका अधिकृतका अनुसार रुसको सम्बन्धित विभागले घटनास्थलमा उद्धार र सरसफाई कार्य गर्न एक सय बीसजना मानिसलाई पठाइसकेको अनि बीस थान यन्त्रहरुको समेत प्रयोग गरेको छ। घाइतेहरुलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ। सुरक्षा र न्याय विभागका कर्मचारीहरुले सो दुर्घटना उत्पन्न हुनुको कारणबारे छानबीन गरिरहेका छन्। हालसम्म उक्त विस्फोटको घटनामा आतङ्ककारीहरूको हात रहेको कुनै पनि प्रमाण प्राप्त भएको छैन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040