china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अमेरिका र रुसद्बारा यथाशक्य चाँडै आणविक अस्त्रमा कटौती गर्ने नयाँ सन्धि सम्पन्न गर्ने बचन
    (GMT+08:00) 2009-12-05 16:21:17    

            अमेरिकी राष्ट्रपति बाराक ओबामा र रुसी राष्ट्रपति दमिट्री मेदभेदेभले चार तारिखका दिन "विनाशक आणविक अस्त्रमा कटौती र सीमित विषयक सन्धि"को म्याद सकिन लागेको विषयलाई लिएर एक संयुक्त वक्तव्य जारी गर्नुभएको छ। उहाँहरु दुवैले दुई मुलुकबीच सामरिक स्थिरता कायम राख्न समर्थन दिँदै यथाशक्य चाँडै अस्त्रमा गरिने कटौतीसम्बन्धी नयाँ सन्धि सम्पन्न हुने विचार व्यक्त गर्नुभएको छ।

                   उक्त संयुक्त वक्तव्यमा उक्त सन्धिको म्याद सकिएपछि पनि दुवै पक्षले यथावत रुपमा सो सन्धिको भावनाअनुसार सहयोग गर्नुका साथै सामरिक अस्त्रसम्बन्धी नयाँ सन्धि छिटोभन्दा छिटो लागु हुने कुरा पनि प्रकट गरेका छन्।

                अमेरिकी विद्बानले यसै सन्दर्भमा कुराकानी गर्दै पुरानो सन्धिको सट्टा नयाँ सन्धि सम्पन्न हुने कुरा अमेरिका र रुस दुवै मुलुकको हितका लागि अनुकूल रहेको र विश्वव्यापी आणविक निशस्त्रीकरणलाई सवल पार्न दुवै मुलुकले चालेको महत्वपूर्ण पाइला भएको ठहर लिनुभएको छ।

                रुस र अमेरिकाबीच जेनेभामा आणविक अस्त्रमा कटौती गर्नेसम्बन्धी नयाँ सन्धि बारे सम्झौता वार्ता भइरहेको समाचार रुसी तास समाचार समितिले विदेश मन्त्रालयका एकजना विज्ञलाई उद्धृत गर्दै जनाएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040