china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पाकिस्तानमा भएको विस्फोटमा परी दुई जनाको मृत्यु
    (GMT+08:00) 2009-12-05 17:26:05    
            पाकिस्तानको उत्तर-पश्चिमी भागमा पर्ने पेशावर शहरको एउटा रेस्टुराँअगाडि आज बम विस्फोट गराइएको छ। यसबाट दुई जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएका छन्।

              स्थानीय टेलिभिजन स्टेशनले जनाएअनुसार सो विस्फोटबाट उक्त रेस्टुराँ नजिकको एउटा कार्यालय भवनमा आगो लागेको छ भने वरिपरिका बीसभन्दा बढी पसलहरु पनि ध्वस्त भएका छन्। यसअतिरिक्त केही गाडी पनि क्षतिग्रस्त भएका छन्। विस्फोटपछि केही सर्वसाधारणहरू आगलागी भएको भवनमा परेका छन्। स्थानीय बासिन्दा र उद्धारकर्ताले तत्स्थान गएर ती सर्वसाधारणलाई मुक्त गरेका छन्।

                यस विस्फोटको कारण हालसम्म स्पष्ट पारिएको छैन। उक्त रेस्टुराँ नजिकै रोकेर राखिएको एउटा गाडीमा भएको विस्फोटबाट सो दुर्घटना भएको कुरा केही प्रत्यक्षदर्शीले बताएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040