
पाकिस्तानको राजधानी इस्लामावाद नजिकमा पर्ने महत्वपूर्ण सैनिक शहर रावल्पिन्दीमा हिजो बम आक्रमण गरिएको छ। त्यसपछि पाकिस्तानको सुरक्षा सेना र सशस्त्र तत्वबीच गोली हानाहान भयो। यसबाट 32 जनाको मृत्यु हुनुका साथै सत्तरी भन्दा बढी घाइते भएका छन्।
पाकिस्तानको सैनिक प्रवक्ताका अनुसार उक्त आक्रमण रावल्पिन्दीको एउटा मस्जिदमा गरिएको हो। दर्शकका अनुसार छदेखि आठजना सशस्त्र तत्वले उक्त मस्जिद नजिकतर्फ हातेबम प्रहार गरेका थिए भने आत्मघाती हमलाकारीले पनि आफ्नो जीउमा बाँधिएको बम विस्फोट गराएको थियो। त्यसपछि सशस्त्र तत्व र सुरक्षा सेनाबीच भीषण गोली हानाहान भएको खबर छ। सो दुर्घटना भएको मस्जिदमा धेरै धर्मावलम्बीहरु पूजाआजा गरिरहेका कारणले गर्दा यसबाट हताहत भएकाहरुको संख्या अझ बढ्ने सम्भावना रहेको छ।
पाकिस्तानका राष्ट्रपति असिफ जर्दारी र प्रधानमन्त्री साएद युसुफ राजा गिलानीले छुट्टाछुट्टै रुपमा सो आक्रमणको निन्दा गरी पाकिस्तान सरकारले आतंकवादी गतिविधिमाथि अवश्य नै प्रहार गर्ने कुरामा जोड दिनुभएको छ।
|