china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पारा ओलम्पिक खेलकुद शुरु
    (GMT+08:00) 2008-09-06 21:33:55    
                पैचिङ्ग समयअनुसार आज बेलुका आठ बजेतिर अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिको गीत चीनको राजधानी पैचिङ्गस्थित राष्ट्रिय रंगशाला चरा गुँडमा बजाइयो। यसबाट एघार दिनसम्म चल्ने पैचिङ्ग पारा ओलम्पिक खेलकुद, 2008 औपचारिक रुपमा शुरु भयो।

               विश्वका एक सय चालिसभन्दा बढी मुलुक तथा क्षेत्रबाट आउनुभएका चार हजारभन्दा बढी विकलाङ्ग खेलाडीले आजको उद्‍घाटन समारोहमा भेला भई आफूलाई सवालाङ्ग जस्तै गरी अथक प्रयास गर्ने भावना देखाउनुका साथै विकलाङ्ग र सवालाङ्ग एउटा विश्वमा रही भविष्यको सँयुक्त रुपमा सिर्जना गर्ने महत्वपूर्ण धारणालाई प्रकाश पारी ओलम्पिक खेलकुदको विशाल खुशीयालीको सह-उपभोग गर्नुभएको छ।

                यो चिनियाँ जनताको हार्दिक प्रतीक्षा र सारा विश्वका विभिन्न देशको ध्यानाकर्षणमा रहेको हर्षोलास बखत हो। सारा विश्वमा विकलाङ्गलाई हेरचाह तथा मायाममता गर्ने मित्रहरु पैचिङ्ग पारा ओलम्पिक खेलकुदको ठूलो प्रतीक्षामा रहेका छन। चीनको विकलाङ्ग संघका अध्यक्ष तंग फु फांगले पारा ओलम्पिक खेलकुदको शुभकामना तथा प्रतीक्षाबारे चर्चा गर्दै यसरी भन्नुभयोः "पारा ओलम्पिक खेलकुद सारा विश्वका जनताको साझा उत्सव हो। यो मानवजातिको भेद र गलत विचारलाई पन्छाएर आयोजना गरिएको समान तथा मेलमिलापयुक्त भव्य समारोह हो। हामी यो महान उत्सवको हार्दिक प्रतीक्षामा छौं। हामीले सारा विश्वका जनतासँग मिलेर एउटा विश्व एउटै सपना भन्ने झण्डामा मानवजाति वीच रहेको समाजको शान्ति, प्रगति, मित्रता र मानवताका लागि उद्गार व्यक्त गछौं।"

                  अन्तर्राष्ट्रिय पारा ओलम्पिक खेलकुद समितिका अध्यक्ष फिलिफ क्राभेनले पैचिङ्ग पारा ओलम्पिक खेलकुद भर्खरै सम्पन्न भएको पैचिङ्ग ओलम्पिक खेलकुद जस्तै रमाइलो हुने विश्वास व्यक्त गर्दै भन्नुभयोः "चीनका राष्ट्राध्यक्ष हु चिन थाउले पैचिङ्ग पारा ओलम्पिक खेलकुद र पैचिङ्ग ओलम्पिक खेलकुद उस्तै रमाइलो पार्ने प्रतिबद्धतालाई पालना गर्न वास्तविक कदम चाल्ने कुरा बताउनुभएको थियो। हाल हामीले हरेक दिन देखेका सम्बन्धित वास्तविक कदमबाट यी दुइटा ओलम्पिक खेलकुद उस्तै रमाइलो हुने कुराबारे हामीलाई सुनाइएको छ।"

                 दुइटा ओलम्पिक खेलकुद उस्तै रमाइलो हुने कुरा सर्वप्रथम आजको उद्‍घाटन समारोहमा प्रदर्शन गरिएको विविध कार्यक्रमले देखाएको छ। पैचिङ्ग पारा ओलम्पिक खेलकुदको उद्‍घाटन समारोहका प्रमुख संगीत निर्देशक फांग मिंगले पारा ओलम्पिक खेलकुदमा मानवीय हेरचाहबारे प्रदर्शित गरिने कुरा बताउँदै भन्नुभयोः "पारा ओलम्पिक खेलकुदको धारणामा मानवीय भावना र हेरचाहबारे अझ महत्वपूर्ण रुपमा जोड दिइन्छ। यो एउटा निकै चाखलाग्दो बनौट हो। संगीतको रचनाका लागि यो उपयोगी रहेको छ। पारा ओलम्पिक खेलकुदको उद्‍घाटन समारोहमा चिनियाँ विशेषता देखाइनुका साथै चर्चित फेशिन विशेषताबारे पनि हामीले विचार गरेका छौं।"

                  पैचिङ्ग पारा ओलम्पिक खेलकुदको उद्‍घाटन समारोह पैचिङ्ग समयअनुसार आज बेलुका आठ बजेतिर औपचारिक रुपमा शुरु भयो। लगभग दुइ घण्टा पचास मिनेटसम्म चल्ने समारोह शुरु भएपछि विभिन्न देश र क्षेत्रबाट आउनुभएका खेलाडीको मार्चपास सिद्ध्याएपछि सांस्कृतिक अभिनय देखाइएको छ। तीन भागमा विभाजित सो सांस्कृतिक अभिनयमा "ज्यान" भन्ने बिषयबारे महत्वपूर्ण रुपमा प्रकाश पारिएको छ।

                   ओलम्पिक खेलकुदको उद्‍घाटन समारोहमा जस्तै मुख्य ज्योतिलाई प्रज्ज्वलन गर्ने तरिका सबैभन्दा आकर्षित देखिन्छ। यो उद्‍घाटन समारोहको सबैभन्दा ठूलो गोप्यता पनि हो।

                   यस पटकको पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा धेरै नयाँ कीर्तिमान सिर्जना गरिएको छ।

                   पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा सहभागि प्रतिनिधि मण्डलको संख्या सबैभन्दा बढी रहेको छ। विश्वका एक सय चालिसभन्दा बढी मुलुक तथा क्षेत्रबाट आउनुभएका चार हजारभन्दा बढी विकलाङ्ग खेलाडी तथा दुइ हजार पाँच सयभन्दा बढी प्रशिक्षक तथा सम्बन्धित अधिकारीले यस पटकको पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा भाग लिनुभएको छ। पारा ओलम्पिक खेलकुदको इतिहासमा सहभागि भएका मुलुक तथा क्षेत्रहरुको संख्या सबैभन्दा बढी भएको यो पैचिङ्ग पारा ओलम्पिक खेकलुद नै हो।

                  पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा पहिलो पटक साँकेतिक-भाषामार्फत सूचना प्रणालीको प्रयोग गरिएको छ। हाल सारा विश्वमा विकलाङ्गहरुको संख्या साठी करोडभन्दा बढी छ भने चीनमा विकलाङ्गहरुको जनसंख्या आठ करोड तीस लाखभन्दा बढी पुगेको छ। विकलाङ्गलाई खेलकुदको अवलोकन गर्नका लागि सुविधा दिने उद्देश्यले पैचिङ्ग पारा ओलम्पिक खेकलुदमा पहिलो पटक साँकेतिक-भाषामार्फत सूचना प्रणालीको प्रयोग गरिएको छ। विकलाङ्ग मित्रले पैचिङ्ग पारा ओलम्पिक खेलकुदको सरकारी वेभसाइटमा कार्टुन चलचित्रद्बारा देखाइएको साँकेतिक-भाषामार्फत सम्बन्धित सूचनाबारे जानकारी लिन पाउँछन। पहिलेको पारा ओलम्पिक खेलकुदमा कहिल्यै पनि यस्तो प्रक्रिया चालिएको थिएन।

                   पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा पहिलो पटक सँयुक्त राष्ट्र संघको सन्धि भन्ने मुख्य बिषयमा स्मृति पर्खालको निर्माण गरिएको छ। गत अगष्ट तीस तारिखका दिन पैचिङ्ग पारा ओलम्पिक ग्राममा "विकलाङ्गको हक-अधिकार सम्बन्त्धी सन्धि" स्मृति पर्खालको निर्माण गरिएको छ। पारा ओलम्पिक खेलकुदको इतिहासमा सँयुक्त राष्ट्र संघको सन्धि भन्ने मुख्य बिषय रहेको स्मृति पर्खाल निर्माण गरिएको यो पहिलो अवसर हो। यसको उद्देश्य चाहिं "विकलाङ्गको हक-अधिकार सन्धि" को पालना गर्न मानिसहरुलाई ताकिता तुल्याउनु हो। सो सन्धि नै सँयुक्त राष्ट्र संघको इतिहासमा विकलाङ्गको हक-अधिकारको चौतर्फी रुपमा संरक्षण गर्ने पहिलो अन्तर्राष्ट्रिय कानूनी दस्तावेज पनि हो।

                     सन 1960 मा आयोजित पहिलो पारा ओलम्पिक खेलकुददेखि पारा ओलम्पिक खेलकुदको इतिहास अठचालिस वर्ष भइसक्यो। पारा ओलम्पिक खेलकुदको प्रस्तुतिबारे जानकारी दिंदै पैचिङ्ग ओलम्पिक खेलकुदको संयोजन समितिअन्तर्गत पारा ओलम्पिक खेलकुद विभागका उप-प्रमुख वांग पिंग यांगले भन्नुभयोः "दोस्रो विश्व युद्धमा धेरै जनाको इष्टमित्रको मृत्यु भएको थियो भने धेरै जना विकलाङ्ग भएका थिए। सन 1948 मा जर्मनीका डाक्टर लुत्विग गुटमान र विकलाङ्ग कार्यमा आसक्त केही व्यक्तिहरुले केही शारिरिक विकलाङ्ग सैनिकलाई भेला गराएर ह्वील चेयर बास्केटबल प्रतियोगिताको आयोजना गरेका थिए। यसलाई स्टोक मान्देभिल खेलकुद भनिएको थियो। सन 1960 मा रोमामा आयोजित सत्रौं ओलम्पिक खेलकुद सम्पन्न भएको दुइ सातापछि विश्वका तेईस वटा मुलुकबाट आएका चार सय जना विकलाङ्ग खेलाडीले रोमामा आयोजित नवौं स्टोक मान्देभिल खेलकुदमा भाग लिएका थिए। त्यसपछि सो खेलकुदलाई अन्तर्राष्ट्रिय ओलम्पिक समितिले पहिलो पारा ओलम्पिक खेलकुद भएको कुराको औपचारिक रुपमा स्वीकार गरेको थियो।"

                    सन 1960 देखि हरेक चार वर्षमा एक पटक पारा ओलम्पिक खेलकुदको आयोजना गरिन्छ। सन 1988 मा गणतन्त्र कोरियाको सिउलमा आयोजित आठौं पारा ओलम्पिक खेलकुदपछि हरेक पटकको पारा ओलम्पिक खेलकुद र ओलम्पिक खेलकुद एउटा शहरमा आयोजना गरिने नियम लागु गरियो। सन 1989 मा अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिको औपचारिक रुपमा गठन गरियो।

                   गत अगष्ट अठाईस तारिखका दिन अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिको गीत बजाइँदा चीनको पारा विकलाङ्ग कलाकार मण्डलकी बोलीविहिन सञ्चालिका च्यांग सिन थेनले पैचिङ्गमा पारा ओलम्पिक खेलकुदको पवित्र ज्योतिलाई संकलन गर्नुभयो। त्यसपछि चीनका प्रधानमन्त्री वन च्या पाउले घोषणा गर्दै भन्नुभयोः "सन 2008 को पारा ओलम्पिक खेलकुदको ज्योति रिले कार्यक्रम अब शुरु भयो।"

                  गत अगष्ट अठाईसदेखि आजसम्म पारा ओलम्पिक खेलकुदको ज्योतिलाई चीनका एघार वटा शहरमा घुमाइएको छ। यसबाट "पार, मेलमिलाप तथा उपभोग" भन्ने तीन वटा मुख्य धारणाबारे प्रकाश पारिएको छ।

                  पार गर्नु नै पैचिङ्ग पारा ओलम्पिक खेलकुदका तीन वटा धारणाहरुमध्येको एक हो। त्यसको केन्द्रिय बिषय भनेको आफूलाई सक्षम देखाएर आफ्नो हृदयलाई पार गर्नु भन्ने हो। यसबाट "अझ छिटो, अझ अग्लो र अझ बलिया" भन्ने ओलम्पिक खेलकुदको लक्ष्य र पारा ओलम्पिक खेलकुदको केन्द्रिय बिषयबारे प्रतिबिम्बित भएको देखिन्छ।

                 पार गर्नु भन्ने धारणाले विकलाङ्ग खेलाडीले आफ्नो जीउमा रहेको बाधालाई पार गर्ने बहादुरी तथा विश्वासलाई देखाइनुका साथै तिनीहरुको अथक प्रयास गर्ने भावना पनि प्रदर्शित गरिन्छ।

                 सन 2004 मा चीनका उत्तम दृष्टिबिहीन खेलाडी ली तोनले लङ जम्प र ट्रिपल जम्प दुइटा खेलमा चीनका लागि दुइटा स्वर्ण पदक पाउनुभएको थियो। यस्तो उपलव्धी हासिल गर्न उहाँले धेरै कठिनाईको सामना गर्नुपरेको थियो। देख्न नसकेका कारणले गर्दा उहाँले अन्ध्यारोमा शिक्षकको बोलीबमोजिम दौड्नु र उफ्रनुपर्ने थियो। अभ्यासका क्रममा उहाँलाई सधैं नै चोट लगीरहन्थ्यो।

                 हुन त विकलाङ्ग खेलाडीले आफ्नो शरिरमा रहेको बाधालाई सामना गर्नुका साथै आफ्नो चेतनाको पनि पार गर्नुपर्दछ। चीनको विकलाङ्ग संघका अध्यक्ष तंग फु फांगले यस्तो कुरा बताउनुभएको थियोः विकलाङ्ग खेलकुद शुरु भएपछि त्यसको विशेष अर्थ रहेको थियो। यसले बाधालाई नाघेर आफ्तो चेतना, क्षमता र शक्तिमार्फत ज्यानमा रहेको निहित शक्तिसामु देखा पर्ने चुनौतिको सामना गरेर मानिसहरुलाई सिर्जनाको शक्ति तथा मूल्य प्रदर्शित गर्दछ। यसका साथै यसबाट उपचारको प्रवर्द्धन गरिएर विश्वासलाई बढाइन्छ। यसले समान सहभागितालाई अगाडि बढाएको छ।

                पैचिङ्ग पारा ओलम्पिक खेकलुदका तीन वटा धारणामा मेलमिलाप भन्ने धारणाले एकता, शान्ति र मेलमिलाप भन्ने ओलम्पिकको मूल धारणाबारे प्रकाश पारेको छ। यसमा मानिसहरुबीच, मानिस र समाजबीच तथा मानिस र प्रकृतिबीचको मेलमिलाप भन्ने तीन क्षेत्रका बिषय समावेश छन।

                गत केही वर्षदेखि यता चीनको समाजले विभिन्न तरिकामार्फत विकलाङ्गलाई मायाममता गरेको छ भने चीनमा विकलाङ्ग कार्यमा पनि ठूलो प्रगति हासिल भएको देखिन्छ। विकलाङ्गहरुको जीवनलाई सुधार पार्न तिनीहरुको हक-अधिकारको संरक्षण गर्ने उद्देश्यले चीन सरकारले थुप्रै रकम पठाउनुका साथै अनेकन नीतिहरु पनि कार्यन्वयन गरेको छ। उदाहरणका लागि पैचिङ्गमा विकलाङ्गलाई सहायता उपलव्ध गराइने नीति विकलाङ्गहरुको जीवनका विभिन्न क्षेत्रमा समावेश छन। यसबारे जानकारी दिंदै पैचिङ्गको विकलाङ्ग संघका जिम्मेवार व्यक्ति श्रीमती चाउ छुन ल्वानले भन्नुभयोः "यी नीतिहरुमा सामाजिक सुनिश्चितता नीति, विकलाङ्गको रोजगारीको प्रवर्द्धन नीति र सामाजिक जीवनमा विकलाङ्गको समान सहभागिताको प्रत्याभूत नीति आदि समावेश छन।"

                 यस वर्षको अप्रिल महिनामा चीनको कानून निर्माण संस्थाले "विकलाङ्गको प्रत्याभूत कानून" को संशोधन गरी विकलाङ्गको सामाजिक सुनिश्चिततालाई अझ सबल पारेको छ। संशोधित नयाँ कानून गत जुलाई एक तारिखदेखि लागू भइसकेको छ। यस वर्षको जुन महिनामा चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिले सँयुक्त राष्ट्र संघको "विकलाङ्गको हक-अधिकार सन्धि" को अनुमोदन गरेको छ। यो नै सँयुक्त राष्ट्र संघको इतिहासमा विकलाङ्गको हक-अधिकारको चौतर्फी रुपमा संरक्षण गरिएको पहिलो अन्तर्राष्ट्रिय कानूनी दस्तावेज हो। यसबारे चर्चा गर्दै चीनका उप-परराष्ट्र मन्त्री ऊ ता वैले भन्नुभयोः "सो सन्धिको अनुमोदन चीनको सारा समाजमा विकलाङ्गको हक-अधिकार तथा प्रतिष्ठाको कदर गर्ने राम्रो वातावरणको अझ सिर्जना र चीनमा विकलाङ्गको प्रत्याभूत कार्यको विकासका लागि सहयोगी रहेको छ।"

                  पेचिङ्ग पारा ओलम्पिक खेलकुदका तीन वटा धारणामा उपभोग भन्ने बिषयबारे विकलाङ्ग र सवालाङ्गले एउटै विश्वमा भविष्यको सँयुक्त रुपमा सिर्जना गर्ने महत्वपूर्ण धारणा प्रतिबिम्बित भएको देखिन्छ। यसबाट विकलाङ्गले ओलम्पिक खेलकुद र सामाजिक जीवनमा सवालाङ्गको जस्तै हक-अधिकारको समानताका साथ उपभोग गर्न प्रत्याभूत गरिएको छ।

                   सवालाङ्ग जस्तै ओलम्पिकको खुशीलायीको उपभोग गर्न विकलाङ्गलाई सहयोग दिने उद्देश्यले पैचिङ्ग पारा ओलम्पिक खेलकुदका रंगलाशा, सञ्चार सेवा, आबास तथा यातयात आदि विभिन्न क्षेत्रमा निर्बाध प्रबन्धको निर्माण गरिएको छ। तीन पटक पारा ओलम्पिक खेलकुदमा भाग लिनुभएका उक्रेनका ह्वील चेयर बास्केटबल खेलाडी भिक्टोर सेर्पोभले पैचिङ्ग पारा ओलम्पिक खेलकुदको रंगशालाले आफूमा गहिरो छाप पारेको कुरा बताउँदै भन्नुभयोः "गत दुइ दिनमा मैले खेल्ने रंगशालामा दुइ चोटी गएको थिएँ। त्यहाँको वातावरण र शर्त निकै राम्रो छ। साथै सुविधा पनि छ। मैले भाग लिएको पारा ओलम्पिक खेलकुदका रंगशालाहरुमध्ये सबैभन्दा ठूलो छाप पारिइएको रंगशाला यो नै हो। यहाँ खेल्न पाएकाले आफूलाई निकै सौभाग्यशाली भएको मलाई लाग्छ।"

                    विकलाङ्ग मित्रले आफ्ना लागि समाजद्बारा उपलव्ध गराइएका विभिन्न सुविधाको उपभोग गर्नुका साथै आफ्नो तरिकामार्फत ओलम्पिकमा भाग लिएका छन। यसबारे चर्चा गर्दै पैचिङ्गको विकलाङ्ग कार्य समितिको कार्यालयका प्रमुख ली छाई माउले भन्नुभयोः "पेचिङ्गमा बाह्र हजार जति विकलाङ्गले स्वयँ सेवकका रुपमा पारा ओलम्पिक खेलकुदका लागि सेवा गर्ने कार्यक्रम छ। पारा ओलम्पिक खेलकुदको उद्‍घाटन र समापन समारोहको अभिनयमा भाग लिने पैचिङ्गका विकलाङ्ग अभिनय-अभिनेत्रीको संख्या छ सय असी पुगको छ। पैचिङ्ग शहरले ओलम्पिक र पारा ओलम्पिकका लागि दश हजारभन्दा बढी उपहारहरु प्रदान गरेको छ। यी सबै उपहार पैचिङ्ग शहरमा विकलाङ्ग मित्रले बनाएका हुन। यसबाट तिनीहरुले ओलम्पिकमा भाग लिने खुशीलायीको उपभोग गर्न पाएका छन।"

                   आजको उद्‍घाटन समारोहपछि पैचिङ्ग पारा ओलम्पिक खेलकुदका विभिन्न खेल क्रमशः शुरु हुने भएको छ। अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिका अध्यक्ष फिलिप क्राभेनले पारा ओलम्पिक खेलकुदका खेल हेर्न सबैलाई स्वागत गर्दै भन्नुभयोः "म एक जना ह्वील चेयर बास्केटबल खेलाडी थिएँ। यो विश्वमा सबैभन्दा गाह्रो खेल हो। चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका श्रोतालाई मैले के कुरा भन्न चाहन्छु भने तपाईंहरु आफ्ना आँखाले पारा ओलाम्पिक खेलकुदको खेल हेर्न स्वयम रङ्गशालामा उपस्थित हुनुभएमा त्यसबाट अपार खुशी पाउन सक्नुहुन्छ। यसका लागि तपाईंले राम्ररी तयारी गर्नुहोस्।"

                    विश्वका विभिन्न देशका खेलाडी पैचिङ्ग पारा ओलम्पिक खेलकुदको प्रतीक्षामा रहेका छन। यस पटकको पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा सहभागि सबैभन्दा ठूलो परिमाणको प्रतिनिधि मण्डल चिनियाँ प्रतिनिधि मण्डल नै हो। चिनियाँ पारा ओलम्पिक खेलकुदको प्रतिनिधि मण्डलका प्रमुख वांग सिन सेनले पारा ओलम्पिक खेलकुदका हरेक खेलमा चिनियाँ विकलाङ्ग खेलाडीले सशक्त रुपमा प्रयास गर्ने कुरा बताउँदै भन्नुभयोः "सबै खेलमा हामीले प्रयास गर्नुपर्छ र राम्रो उपलव्ध हासिल गर्नुपर्छ। यस पटकको पारा ओलम्पिक खेलकुद एउटा निकै मेलमिलापयुक्त तथा रमाइलो भव्य समारोह हो। विकलाङ्ग खेलकुदले पनि सबैलाई खुशीलायीको सह-उपभोग गराउँछ।"

                    पारा ओलम्पिक खेलकुद सारा विश्वका विकलाङ्गको एउटा खेलकुद समारोह मात्र नभई बरु विकलाङ्ग मित्रको सपनालाई साकार तुल्याउने, विकलाङ्ग मित्रले आफूलाई नाघ्ने, विकलाङ्ग र सवालाङ्ग एउटा विश्वमा सँयुक्त रुपमा खुशीलायीको उपभोग गर्ने धारणालाई देखाउने मञ्च पनि हो।

                   एउटै विश्व एउटै सपना!को उद्घोष गर्दै आज पैचिङ्ग पारा ओलम्पिक खेलकुद शुरु भयो। आगामी दश दिनभन्दा बढी समयमा विश्वका पाँच महादेशबाट आउनुभएका विकलाङ्ग खेलाडीले पैचिङ्गमा आफ्नो वास्तविक कारवाहीमार्फत आफूलाई सवालाङ्ग जस्तै सम्झेर आफ्नो हृदयलाई दर्‍हो पार्ने भावनाबारे प्रकाश पार्नुहुने कार्यक्रम छ। यसबाट एकता, शान्ति र मेलमिलाप भन्ने धारणाबारे प्रतिबिम्बित हुनुका साथै विकलाङ्ग र सवालाङ्गहरुको मनलाई घनिष्ठ रुपमा जोडेर पैचिङ्ग पारा ओलम्पिक खेलकुदको धुनलाई सँयुक्त रुपमा मीठो रुपमा बजाइने भएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040