china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ्ग पारा ओलम्पिक खेलकुद सम्पन्न
    (GMT+08:00) 2008-09-17 21:57:38    

            आज बेलुका अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिको गीत चीनको राजधानी पैचिङ्गस्थित राष्ट्रिय रंगशाला बर्ड नेस्टमा पुनः बजाइयो। यसरी नै एघार दिनसम्म चलेको पैचिङ्ग पारा ओलम्पिक खेलकुद, 2008 सम्पन्न भएको छ।

            गत एघार दिनयता विश्वका एक सय सतचालिस वटा मुलुक तथा क्षेत्रबाट आउनुभएका चार हजारभन्दा बढी विकलाङ्ग खेलाडीहरुले "पार, मेलमिलाप तथा सह-उपभोग" भन्ने मुख्य बिषयमा अथक प्रयास गरी जीवनलाई मन पराउने भावनालाई देखाउनुका साथै खेलकुदबाट सिर्जना गरिएको उत्साह तथा खुशीयालीको उपभोग गर्नुभएको  छ। उहाँहरुको प्रयासले सवालाङ्गको मनलाई पनि छोएको छ। यसबाट विकलाङ्गले पनि सवालाङ्गले पनि आ-आफ्नो प्रतिष्ठाको कदर गरी मानव जातिको प्रतिभाको उच्च मूल्याँकन गरेका छन।

             आजको समापन समारोहलाई पैचिङ्ग ओलम्पिक खेलकुदको संयोजन समितिका अध्यक्ष लीउ छीले सम्बोधन गर्नुभएको छ। अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिका अध्यक्ष फिलिप क्रेभिनले पनि "भविश्यतर्फ उन्मुख पत्र" भन्ने शिर्षकको भाषण दिनुभएको छ।

              आजको समापन समारोहमा पैचिङ्ग शहरका मेयर को चिन लुंगले अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिको झण्डालाई अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिका अध्यक्ष फिलिप क्रेभिनलाई हस्तान्तरण गर्नुभएको छ। श्री क्रेभिनले सो झण्डालाई अर्को पारा ओलम्पिक खेलकुदको आयोजना गर्ने शहर लण्डनका मेयर बोरिस जोसोनलाई हस्तान्तरण गर्नुभएको छ।

              आजको समापन समारोहमा उपस्थित नब्बे हजारभन्दा बढी दर्शकको माझमा एक जना श्रवण शक्ती गुमाएकी दश वर्षिय वालिका वाङ इ मेइले मुख्य ज्योतितर्फ नजर पुर्‍याउँदै आफ्नो शाङ्केतिक भाषामार्फत ज्योतिसंग कुराकानी गरिन। उन्ले भनिन ज्योति तपाईले हेर्नुभएको छ की? तपाई मेरो मनामा प्रज्वलित भईरहनुभएको छ। ज्योति तपाईले सुन्नुभएको छ की? मैले तपाईँका लागि गीत गाइ रहेकी छु। प्रज्वलित भईरहेको मुख्य ज्योतिले ती वालिकाको भाषा बुझेको जस्तै गरेर पारा ओलम्पिक खेलकुदको ज्योति सम्पुर्ण विकलाङ्ग खेलाडीहरुको उज्वल भविश्यका लागि जीवन्त शक्तिको रुपमा रहिरहने शंकेत गर्दै अहिले पेचिङ्गबाट विदा लिएको छ। यसका साथसाथै एघार दिनसम्म प्रज्ज्वलन गरिएको पारा ओलम्पिक खेलकुदको मुख्य ज्योतिलाई पनि क्रमशः सम्पन्न गरिएको छ। यसरी पैचिङ्ग पारा ओलम्पिक खेलकुद पनि सम्पन्न भएको छ।

             चीनका राष्ट्राध्यक्ष हु चिन थाउले भन्नुभए जस्तै अन्तर्राष्ट्रिय पारा ओलम्पिक खेलकुदले सारा विश्वको विशाल परिवारमा विकलाङ्ग र सवालाङ्गको मेलमिलापलाई उत्तेजित पार्नुका साथै सामाजिक हक-अधिकारको सह-उपभोग गराएर मिलमिलापयुक्त विश्वको सँयुक्त निर्माण गरेको छ। यसबारे चर्चा गर्दै चीनका राष्ट्राध्यक्ष हु चिन थाउले भन्नुभयोः

             "भावनालाई खेलकुदमा मिलाइदिनु भन्ने अन्तर्राष्ट्रिय पारा ओलम्पिक खेलकुदको उखान बनेको छ। पारा ओलम्पिक खेलकुदमा भाग लिएबाट विभिन्न देशका विकलाङ्ग खेलाडीहरुले आत्म-कदर, आत्म-विश्वास र आत्म-प्रयासलाई देखाउनुका साथै खुशीयाली, मित्रता, सपना र सफलताको अनुभव गरी आफ्नो जीवनको लक्ष्यलाई साकार तुल्याउन पाएका छन। अन्तर्राष्ट्रिय पारा ओलम्पिक खेलकुदबाट विकलाङ्ग र सवालाङ्गले सारा विश्वको विशाल परिवारमा मेलमिलापको भावना लिएर सामाजिक हक-अधिकारको सँयुक्त रुपमा सह-उपभोग गरी सँयुक्त रुपमा मेलमिलापयुक्त समाजको निर्माण गरेका छन।"

              आज बेलुका आयोजित पारा ओलम्पिक खेलकुदको आनन्ददायी समापन समारोहबाट हामीले गत एघार दिनको पुनः अवलोकन गर्न पाएका छौं। आज बेलुका आठ बजेतिर औपचारिक रुपमा शुरु भएको यस पैचिङ्ग पारा ओलम्पिक खेलकुदको समापन समारोहले पैचिङ्ग ओलम्पिक खेलकुद र पैचिङ्ग पारा ओलम्पिक खेलकुदलाई विदाइ गरेको छ। यस पटकको समापन समारोहमा भविश्यतर्फ उन्मुख चेतना छर्लंग देखिन्छ। यो समारोहमा मानिसहरुले न्यानो, प्राकृतिक तथा ताजा अनुभव गर्न पाएका छन। आजको समापन समारोहमा देखाइएको अभिनयमा पैचिङ्गको विशेषता पनि छर्लंग देखिएको छ। यस क्रममा सन 2012 मा आयोजना गरिने पारा ओलम्पिक खेलकुदको संयोजन शहर लण्डनले पैचिङ्गबाट अन्तर्राष्ट्रय पारा ओलम्पिक समितिको झण्डालाई लिएर आठ मिनेटको सांस्कृतिक अभिनय पनि देखाएको छ।

              गत एघार दिनयता विश्वका विभिन्न ठाउँबाट आएका चार हजारभन्दा बढी विकलाङ्ग खेलाडीले बीस वटा प्रतियोगितामा भाग लिएका थिए। यस क्रममा विभिन्न खेलाडीहरुले चार सय एकहत्तर वटा स्वर्ण पदक पाएका छन्। ती विकलाङ्ग खेलाडीले आफ्नो प्रयासमार्फत "पार, मेलमिलाप तथा सह-उपभोग" भन्ने पैचिङ्ग पारा ओलम्पिक खेलकुदको भावनालाई प्रकाश पार्नुभएको छ।

              पैचिङ्ग पारा ओलम्पिक खेलकुद शुरु भएको पहिलो दिनमा बेलायतको साइकल टोलीले पैचिङ्गस्थित लाउ शान साइकल रंगशालामा तीन वटा स्वर्ण पदक पाएर तीन पटक नयाँ विश्व किर्तीमानको सिर्जना गरेको छ। यसमा एउटा स्वर्ण पदक पाउनुभएका खेलाडी दाभिड सिमोनले पनि नयाँ विश्व किर्तीमानको सिर्जन गर्नुभएको छ। उहाँले आश्चर्यजनक उपलव्धी भएको भन्दै भन्नुभयोः

             "स्वर्ण पदक पाएबाट मलाई आश्चर्य लागेको थियो। मैले दौडेर पुरस्कार मञ्चमा उभिने आशा लिएर यहाँ आएको हुँ। यो सुखद बखत वास्तविक रुपमा आएपछि मैले गरेको अनुभव पहिलेको संकल्पको तुलनामा अझ राम्रो छ।"

               पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा धेरै जना खेलाडीले नयाँ किर्तीमानको सिर्जना गर्नुभएको छ। स्लोभाकियाबाट आउनुभएका ह्वील चेयर खेलाडी भेरोनिका भादोभिकोभाले शुटिंग खेलमा यस पटकको पैचिङ्ग पारा ओलम्पिक खेलकुदको पहिलो स्वर्ण पदक पाउनुभएको थियो। लाओसका खेलाडी सिमाई एआईले भारत्तोलन खेलमा काँस्य पदक पाउनुभएको थियो। पारा ओलम्पिक खेलकुदको इतिहासमा लाओसले पदक पाएको यो पहिलो हो। जापानको दृष्टिबिहीन खेलाडी फुचिमोटो साटोशीले भन्नुभएको "सवालङ्गको तुलनामा तीन गुणा बढीको प्रयास गर्नुपर्छ" भन्ने वाक्यबाट यी पदक पाउनका लागि विकलाङ्ग खेलाडीले गर्नुभएको अथक प्रयास प्रतिबिम्बित भएको देखिन्छ। यसबारे चर्चा गर्दै श्री फुचिमोटो साटोशीले भन्नुभयोः

            "सवालाङ्ग जस्तै प्रयास गरेर आफ्नो प्रतिद्बिलाई जित्न सकिंदैन। सवालङ्गको तुलनामा दुइ गुणा बढी प्रयास गरेर आफ्नो प्रतिद्बिसँग एउटै तहमा पुग्न सकिन्छ। सवालाङ्गको तुलनामा तीन गुणा बढीको प्रयास गरे मात्रै आफ्नो प्रतिद्बिलाई जित्न सकिन्छ।"

              दृष्टिबिहीन गायक यांग हाई थाउले पैचिङ्ग पारा ओलम्पिक खेलकुदको उद्‍घाटन समारोहमा गाउनुभएको यो गीतबाट विकलाङ्ग र सवालाङ्गबीचको मेलमिलापबारे गाइएको छ। पारा ओलम्पिक खेलकुदमा सवालाङ्ग र विकलाङ्गबीचको पारस्परिक सहयोग जतातत्तै देख्न सकिन्छ। दृष्टिबिहीन जुडो खेलमा हातमा हात मिलाउनु नै आदान-प्रदानको सबैभन्दा उपयोगी तरिका हो। स्वयँ सेवक, शिक्षक र निरीक्षकले आफ्नो हातबाट दृष्टिबिहीन खेलाडीलाई खेल्नका लागि निर्दशन गर्नुभएको छ।

                पारा ओलम्पिक खेलकुदको खेलमा विकलाङ्ग खेलाडीले प्रतिद्बिन्तीको सट्टामा खेलबाट सिर्जना गरिएको खुशीयालीको अझ उपभोग गर्नुभएको छ। पैचिङ्ग पारा ओलम्पिक खेलकुदको एउटा बसेर खेल्ने भलिबलको खेलमा दर्शकहरुले विफल भएको इराक टीमलाई सबैभन्दा उत्साहजनक ताली बजाएका थिए। इराकले राम्रो उपलव्धिका लागि मात्र नभई आफ्नो संकल्पलाई साकार तुल्याउन र खेलकुदबाट सिर्जना गरिएको खुशीयालीको उपभोग गर्नका लागि पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा भाग लिन यहाँ आएको हो। इराक टीमका प्रमुख साएद हामिदले पैचिङ्गका दर्शकलाई धन्यवाद दिंदै भन्नुभयोः

            "यहाँ हामीलाई प्रेरित गर्ने सबैलाई मैले धन्यवाद ज्ञापन गर्न चाहन्छु। तिनीहरुले इराकी जनता र इराकी टीमलाई आफ्नो देशका जनताका रुपमा प्रेरित गरेका छन। तिनीहरुले उत्साहजनक तवरले हामीलाई प्रोत्साहन गरेका छन। तिनीहरुलाई हामीले पनि शुभकामना दिनुपर्छ। मैले हाम्रा टीमका सम्पूर्ण सदस्यको तर्फबाट यहाँका दर्शक र चिनियाँ जनतालई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।"

              खेलकुदले विकलाङ्गलाई स्वर्ण पदक र गौरबता मात्र पुर्‍याएको होइन, यसले तिनीहरुलाई विश्वास पनि दिलाएको छ। यस वर्षको मै महिनाको शुरुवातमा नार्गिक नामक हुरी-बतासले म्यान्मारमा आक्रमण गर्‍यो। पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा भाग लिनुभएका म्यान्मारका खलाडी विन नांगको घर पनि उक्त प्रकोपमा परेको थियो। उहाँका दशभन्दा बढी इष्टमित्रहरुले उक्त प्रकोपमा ज्यान गुमाएका थिए। उहाँ आफू पनि घाइते हुनुभएको छ। आफूले थुप्रै कठिनाईको सामना गरी पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा भाग लिनुका कारण चाहिं खेलकुदबाट विश्वास र बहादुरी पनको पुनः स्थापना गर्नु रहेको कुरा बताउँदै उहाँले भन्नुभयोः

             "म भाग्यमानी रहेको जस्तो लाग्यो मलाई। खेलकुदबाट मलाई लागेको खुशीयाली र सन्तोषको गणना गर्न सकिदैन। यसबाट मैले अझ बाँच्ने विश्वास र बहादुरीको अझ प्रवर्द्धन गर्ने अठोट लिएको छु। मैले आफ्नो मात्रृभूमिको गौरबका लागि पदक पाउनुपर्छ र आफ्नो संकल्पका लागि पनि प्रयास गर्नुपर्छ। खेलमा भाग लिन सकेको खण्डमा म सदा सर्वदा अभ्यास गर्ने भएको छु"

               चेकको प्रतिनिधि मण्डलका प्रमुख क्रेसेक चारोस्लाभले विकलाङ्ग खेलाडीका लागि पारा ओलम्पिक खेलकुदको महत्व खेलकुद क्षेत्रको मात्र होइन भन्दै बताउनुभयोः

              "मेरो विचारमा खेलकुदमा प्रतिद्बन्दिता चाहिं पारा ओलम्पिक खेलकुदको एक भाग मात्र हो। यसबाट विकलाङ्ग खेलाडीले अझ फराकिलो विश्वसितको सम्पर्कलाई कायमै राख्न पाएका छन, विभिन्न किसिमको संस्कृतिबारे जानकारी लिन पाएका छन, अझ बढी साथी बनाउन पाएका छन र आफ्नो मनलाई खुलस्त पार्न पाएका छन। खेलकुदबाट विकलाङ्गहरुले पारस्परिक रुपमा उपभोग गर्नुका साथै सँयुक्त रुपमा प्रयास गर्न पाएका छन।"

                सात वर्षअघि पैचिङ्गले सारा विश्वसमक्ष "एकै साथमा दुइटा ओलम्पिक खेलकुदको तयारी गरी दुवै ओलम्पिक खेलकुदलाई उस्तै रमाइलो पार्नु" भन्ने प्रतिबद्धता दिएको थियो। सात वर्षपछि पैचिङ्गले आफ्नो वास्तविक कारवाहीमार्फत यो प्रतिबद्धतालाई पूरा गरेको छ। आज सम्पन्न भएको पेचिङ्ग पारा ओलम्पि खेलकुदबारे मूल्याँकन गर्दै अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिका अध्यक्ष फिलिप क्रेभिनले भन्नुभयोः

              "पारा ओलम्पिक खेलको इतिहासमा यो एउटा कोसे ढुँगा हो। यसका लागि हामी निकै गौरवान्वित छौं।"

                गत सेप्टेबर छ तारिख बेलुका पैचिङ्गले पारा ओलम्पिक खेलकुदको भव्य उद्‍घाटन समारोहमार्फत विकलाङ्गले अथक प्रयास गर्ने भावनाबारे देखाएको थियो। जर्मनीका राष्ट्रपति होसर्ट कोएलेरले गत सात तारिखका दिन बोल्दै पैचिङ्ग पारा ओलम्पिक खेलकुदको उद्‍घाटन समारोहबाट चीन सरकारको उत्तम सञ्चालन क्षमता र विकलाङ्गको कदर तथा माया ममता प्रतिबिम्बित भएको कुरा बताउनुभएको छ। उहाँले अगाडि भन्नुभयोः

             "हिजो बेलुका मैले पारा ओलम्पिक खेलकुदको उद्‍घाटन समारोहमा भाग लिने अवसर पाएको छु। मैले के कुरा पुनः एक पटक भन्नुपर्छ भनेः पैचिङ्ग पारा ओलम्पिक खेलकुदको उद्‍घाटन समारोहबाट चीन सरकारले विकलाङ्ग खेलाडीलाई महत्व दिनुका साथै तिनीहरुलाई सहायता उपलव्ध गराउने धारणाबारे प्रतिबिम्बित भएको देखिन्छ।"

                पारा ओलम्पिक खेलकुदको सफल आयोजनाका लागि पैचिङ्गले आधारभूत प्रबन्ध र निर्बाध यातायातको निर्माणमा धेरै प्रभावकारी कदम चालेको छ। उदाहरणका लागि पैचिङ्गका भूमिगत रेल स्टेशनमा लिफ्ट र साँकेतिक चिन्हको निर्माण गरिएको छ, विभिन्न दृश्य स्थलमा विकलाङ्गका लागि दृष्टिबिहीन बाटो र लिफ्ट आदि प्रबन्धको निर्माण गरिएको छ, विश्वका सताईस वटा मुलुक तथा क्षेत्रबाट आएका सत्र लाख स्वयँ सेवकले विकलाङ्ग मित्रका लागि हार्दिक रुपमा सेवा गरेका छन। यी कदमबाट "पार, मेलमिलाप, सह-उपभोग" भन्ने तीन वटा धारणालाई व्यवहारमा उतार्नका लागि पैचिङ्गले गरेको प्रयासबारे प्रतिबिम्बित भएको देखिन्छ।

               अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिका अध्यक्ष फिलिप क्रेभिनले पैचिङ्ग पारा ओलम्पिक खेलकुदका विभिन्न प्रबन्ध तथा रंशगालाको निर्माण अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिको मापदण्ड पुगेको र त्योभन्दा बढी राम्रो भएको कुरा औंल्याउनुभएको छ। उहाँले भगाडि भन्नुभयोः

             "यी प्रबन्धको निर्माण अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिको मांगसित सम्पूर्ण रुपमा पूरा भइसकेको छ। केही सूक्ष्म कुराबाट हेर्दा हाम्रो मांगको तुलनामा यी प्रबन्धको निर्माण अझ राम्रो देखिन्छ। तपाईं पारा ओलम्पिक ग्राममा गएर विकलाङ्ग खेलाडीसँग कुराकानी गर्नु वा तिनीहरुको बसाईबारे निरीक्षण गर्नुभएपछि ती निर्बाध प्रबन्ध, खाने कुरा र यातायातबारे ती विकलाङ्ग खेलाडी निकै सन्तुष्ठ भएको कुरा थाहा पाउन सक्नुहुन्छ।"

                पैचिङ्ग पारा ओलम्पिक खेलकुद भर्खरै सम्पन्न भयो। त्यसको प्रभाव अझ गहन र व्यापक हुँदै जाने छ। पैचिङ्ग पारा ओलम्पिक खेलकुद, 2008 को सफल आयोजनाले पैचिङ्ग र सम्पूर्ण चीनमा निकै बढी अमूल्य सम्पदा पुर्‍याउने कुरा बताउँदै अन्तर्राष्ट्रिय पारा ओलम्पिक समितिका अध्यक्ष फिलिप क्रेभिनले भन्नुभयोः

              "सर्वप्रथम पैचिङ्ग पारा ओलम्पिक खेलकुदबाट विकलाङ्ग खेलाडीले प्रयोग गर्न सक्ने धेरै रंगशाला र खेलकुद उपचार केन्द्रको निर्माण गरिएको छ। यसबाहेक पैचिङ्ग पारा ओलम्पिक खेलकुदले पैचिङ्ग र सम्पूर्ण चीनमा निर्बाध प्रबन्धको निर्माणलाई अघि बढाएर विकलाङ्गलाई बाहिर निस्कन अझ सुविधा पुर्‍याउने भएको छ।"

               प्राप्त तथ्याँकअनुसार सन 2001 यता पैचिङ्गले चौध हजारभन्दा बढी निर्बाध प्रबन्धको परियोजना सम्पन्न गरेको छ। पैचिङ्ग ओलम्पिक खेलकुदको संयोजन समितिका कार्याकारी उपाध्यक्ष थांग स्याउ छ्युआनले पैचिङ्गमा निर्बाध प्रबन्धको पूर्णताबाट विकलाङ्ग मित्र लामो पर्खाल घुम्न जाने सुविधाको सिर्जना गरिएको कुरा बताउँदै भन्नुभयोः

              "सन 1994 को सुदूर दक्षिण खेलकुदमा केही विकलाङ्ग खेलाडीले लामो पर्खाल घुम्न जाने इच्छा लिनुभएको थियो। चिनियाँ मुक्ति सेनाका जवानले उहाँहरुलाई बोकेर लामो पर्खालमा पुर्‍याएका हुन। यस वर्षमा यसो गर्नुपरेन। पैचिङ्गले सारा विश्वका विकलाङ्ग मित्र र खेलाडीहरुलाई निर्बाध रुपमा शयर गर्ने शहरको निर्माण गरेको छ।"

               सारा विश्वका लागि पैचिङ्ग पारा ओलम्पिक खेलकुद एउटा शान्तिपूर्ण आदान-प्रदानको भव्य समारोह हो। यसबाट जानकारीको प्रवर्द्धन गरिनुका साथै मित्रतालाई पनि अझ विस्तार पारिएको छ। यसबारे चर्चा गर्दै इरानको पारा ओलम्पिक प्रतिनिधि मण्डलका प्रमुख काफुर कार्गारीले भन्नुभयोः

             "मेरो विचारमा पारा ओलम्पिक खेलकुद सारा विश्वसमक्ष मानवतावादी भावनालाई देखाइने भव्य समारोह हो। यसबाट विभिन्न जाति र विभिन्न देशका जनताबीचको जानकारीलाई बढाइनुका साथै तिनीहरुबीचको सम्पर्कलाई पनि घनिष्ठ पारिएको छ। ओलम्पिक खेलकुद जस्तै पारा ओलम्पिक खेलकुद पनि शान्ति र मित्रताको भव्य समारोह हो। यसबाट मानव जातिलाई कस्तो धारणाको प्रचार-प्रसार गरिएको छ भनेः पारस्परिक रुपमा कदर गरी युद्ध, हिमपात र भिडन्तलाई टाढा पार्नु हो।"

                 पैचिङ्ग पारा ओलम्पिक खेलकुदले सवालाङ्गहरुको मन पनि छोएको छ। यसबाट सारा मानव जातिको भावनालाई अझ सफा पारिएको छ। यसबारे चर्चा गर्दै इजरेलको विकलाङ्ग खेलकुद परिषदका प्रवक्ता श्रीमती लेह स्नेदेरले भन्नुभयोः

              "हामी हरेक मान्छेले कदरको दृष्टिबाट पारा ओलम्पिक खेलकुद हेर्नुपर्छ। संकल्प लिएर प्रयास गरेमा कुनै पनि काम पूरा गर्न सकिन्छ। यी विकलाङ्ग मित्रले गर्न सक्ने काम अन्य मानिसले अझ गर्न सक्छन्।"

               ओलम्पिक खेलकुदका लागि पैचिङ्ग पारा ओलम्पिक खेलकुदको उस्तै महत्वपूर्ण अर्थ हुन्छ। एक सय सतचालिस वटा मुलुक तथा क्षेत्रबाट आउनुभएका चार हजारभन्दा बढी विकलाङ्ग खेलाडीले यस पटकको पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा भाग लिनुभएको छ। सो संख्या पारा ओलम्पिक खेलकुदको इतिहासमा सबैभन्दा बढी देखिएको छ। यस पटकको पैचिङ्ग पारा ओलम्पिक खेलकुदमा पहिलो पटक साँकेतिक भाषामार्फत सूचना सार्वजनिक गरिएको छ। पारा ओलम्पिक खेलकुदको इतिहासमा सँयुक्त राष्ट्र संघको "विकलाङ्ग हक-अधिकार सन्धि" को बिषयमा स्मृति पर्खालको निर्माण गरिएको छ। यी सबै कदमबाट पारा ओलम्पिक खेलकुदको प्रभावलाई अझ ठूलो पारिएको छ भने ओलम्पिक खेलकुदमा नयाँ जीवन्त शक्ति थपिएको छ।

               पारा ओलम्पिक खेलकुदको इतिहास नै मानव जातिले जीवनलाई कदर तथा माया गर्ने सभ्यताको इतिहास हो। विकलाङ्गको कदर गर्ने, माया गर्ने र सहयोग गर्ने सामाजिक सभ्यताको प्रगतिको महत्वपूर्ण प्रतीक हो। पैचिङ्ग पारा ओलम्पिक खेलकुदले सारा विश्वका विकलाङ्गका लागि आफ्नो संकल्पलाई साकार तुल्याउने नयाँ मञ्चको सिर्जना गरेको छ। यसबारे चर्चा गर्दै चीनका राष्ट्राध्यक्ष हु चिन थाउले भन्नुभयोः

              "हामीले पैचिङ्ग पारा ओलम्पिक खेलकुदका अवसरमा मानवतावादी भावनालाई अझ प्रचार-प्रसार गरी विकलाङ्गको हक-अधिकारको संरक्षण गरेर विकलाङ्ग मित्रलाई समाजिक जीवनमा समानताका साथ सहभागी गराउनुका साथै तिनीहरुले आर्थिक तथा सामाजिक विकासबाट प्राप्त प्रगतिको सह-उपभोग गराउनका लागि प्रत्याभूत गर्नुपर्छ। पैचिङ्ग पार ओलम्पिक खेलकुदले विभिन्न देशका विकलाङ्ग मित्रबीच पारस्परिक जानकारी तथा मित्रताको प्रवर्द्धन गर्ने मञ्च बन्ने विश्वास मैले गरेको छु। यसबाट सारा विश्वका विकलाङ्ग खेलकुद कार्यमा निकै महत्वपूर्ण मानसिक सम्पदाको सिर्जना गरिने भएको छ।"

                पैचिङ्ग पारा ओलम्पिक खेलकुदका लागि पवित्र आगोको संकलन गर्ने दूत च्यांग सिन थेनले पारा ओलम्पिक खेलकुद सम्पन्न भएपछि सारा समाजले अझ पनि विकलाङ्ग मित्रहरुमा महत्व दिनसक्ने आशा व्यक्त गर्दै साँकेतिक भाषामार्फत प्रकट गर्नुभयोः

              "जीवनमा सुख पनि हुन्छ दुख पनि हुन्छ। हामी अभागी होइनौ। हामीसामु केही कठिनाई देखा परेको मात्र हो। हरेक मानिसले जस्तै हामीले पनि आफ्नो संकल्पका लागि प्रयास गरेका छौं। पारा ओलम्पिक खेलकुद सम्पन्न भएपछि पनि समाजले पारा ओलम्पिक खेलकुदका अवधिमा जस्तै हामी विकलाङ्गमा महत्व दिन सक्ने मेरो आशा छ।"

               हामीले एउटै विश्वमा रमणीय संकल्पका लागि प्रयास गरिरहेका छौं। आज पैचिङ्ग पारा ओलम्पिक खेलकुद सम्पन्न भयो। बेलायतको लण्डनले अर्को पारा ओलम्पिक खेलकुदको आयोजना गर्ने भएको छ। एउटै विश्वको एउटै संकल्पका लागि हामी लण्डनमा भेटौंला! सन 2012 मा भेटौंला! ओलम्पिकमा भेटौंला! हामी चार वर्षपछि भेटौंला!

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040