
पैचिङ्ग ओलम्पिक खेलकुदमा भाग लिन नेपाली खेलकुद प्रतिनिधि मण्डल नेपालका संस्कृति, खेलकुद तथा शिक्षा मन्त्री प्रदिप नेपालको नेतृत्वमा आज पैचिङ्गमा आइपुगेको छ।

सो प्रतिनिधि मण्डलका सेभ द मिसन सिताराम मास्केले पैचिङ्गस्थित राजधानी विमान स्थलमा हाम्रा सम्वाददातासँग कुराकानी गर्नुभएको छ। उहाँका अनुसार तीस जनाको प्रतिनिधि मण्डलमा आठ जना खेलाडी हुनुहुन्छ। उहाँहरुले पौडी लगाएत विभिन्न खेलमा भाग लिहुने कार्यक्रम छ।

पैचिङ्ग ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा भाग लिन आउनुभएका नेपालका संस्कृति, खेलकुद तथा शिक्षा मन्त्री प्रदिप नेपालले यस पटकको पैचिङ्ग ओलम्पिक खेलकुदमा सहभागि विभिन्ने देश र क्षेत्रबाट आउने खेलाडीले राम्रो उपलव्ध हासिल गर्ने शुभकामना व्यक्त गर्दै उहाँले नेपाली खेलाडीले पहिलेको रिकर्डलाई तोड्न सक्ने आशा व्यक्त गर्नुभएको छ।

|